बुटवल, रुपेन्देही । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) सञ्चालक समितिको ३३६औं बैठक रुपन्देहीको बुटवलमा आज जारी छ । रुपन्देहीको बुटवलमा भोलिदेखि सुरु हुने ३३औं वार्षिक साधारणसभाको अन्तिम तयारीमा रहेको संघको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको संयुक्त बैठक बुटवलमा जारी रहेको हो ।
आजको बैठक मुख्यतयाः भोलि र पर्सि आयोजना हुने साधारणसभा केन्द्रीत रहेको छ । संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित बैठकमा संघका बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारी, उपाध्यक्ष शान्ती अधिकारी, महासचिव घनश्याम अधिकारी, कोषाध्यक्ष दिपक थापा, लेखा सुपरिक्षण समिति संयोजक इन्द्रराज ज्योति पौडेलसँगै संघको सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिका साथै प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाको सहभागिता छ ।
आजको बैठकमा ३३औं वार्षिक साधारण सभा तयारी व्यवस्थापन उपसमितिमार्फत हालसम्म भएका कामकारवाहीको जानकारीसमावेश भएको प्रतिवेदन समितिले छलफलसहित अनुमोदन गर्ने कार्यक्रम छ । उपसमितिको संयोजक संघका बरिष्ठ उपाध्यक्ष अधिकारी रहनुभएको छ ।
संघ सञ्चालक समितिको ३३३औं बैठकले साधारण सभा तयारीका लागि संघका बरिष्ठ उपाध्यक्ष एवम् प्रवक्ता दामोदर अधिकारीको संयोजकत्वमा साधारण सभा तयारी व्यवस्थापन उपसमिति गठन गरेको थियो ।
उपसमिति सदस्यहरुमा संघका सञ्चालकहरु कमलादेवी गिरी, ज्ञानु पौड्याल, दिप्ती शाही र गोपालप्रसाद गौतम रहनुभएको छ भने लुम्बिनी प्रदेश बचत संघका अध्यक्ष कृष्ण नेपाल, रूपन्देही बचत संघका अध्यक्ष वसन्त ढकाल, नवलपरासी बचत संघका अध्यक्ष राजन कुमार आचार्य र पाल्पा बचत संघका अध्यक्ष जगदीश भट्टराईलाइ संघको सञ्चालक समितिको ३३४औँ बैठकले उपसमिति सदस्य मनोनयन गरेको थियो ।
यसैगरी, आजको बैठकमा सभाको समग्र तयारीसँगै प्रोवेसन ब्राण्डको अन्तिम परिक्षण निर्णयको अनुमोदन पनि हुने बताइएको छ ।
२ दिन अगाडि
३ दिन अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
५ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
७ दिन अगाडि
१५ दिन अगाडि
७ दिन अगाडि
५ दिन अगाडि
१३ दिन अगाडि