अन्तर्राष्ट्रिय सम्बन्ध गाँस्दै पोखरा रोयल, मुख्य प्रबन्धक ढकालसहितको टोली रोचडेल म्यूजियममा
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
अन्तर्राष्ट्रिय सम्बन्ध गाँस्दै पोखरा रोयल, मुख्य प्रबन्धक ढकालसहितको टोली रोचडेल म्यूजियममा

काठमाडौं । बेलातय भ्रमणमा रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका मुख्य प्रबन्धक मीलन ढकाल नेतृत्वको संस्थाका सदस्यहरु सम्मिलित टोलीले बेलायतको ग्रेटर म्यानचेष्टर शहरस्थित ३१ टोडलेन अवस्थित  ऐतिहासिक एवम् पर्यटकीय महत्व बोकेको रोचडेल सहकारी म्युजियमको अध्ययन अवलोकन भ्रमण गर्नुका साथै अन्तर सहकारी सम्बन्धका विषयमा छलफल गरेको छ । 

अन्तर्राष्ट्रिय सहकारी महासंघ (आईसीए) र संयुक्त राष्ट्रसंघको संयुक्त आव्हानमा सन् २०२५ लाई दोस्रो अन्तर्राष्ट्रिय सहकारी वर्षको रुपमा मनाउने घोषणा गरिए बमोजिम रोचडेल म्युजियम भ्रमण गर्ने अवसर मिलेको मुख्य प्रबन्धक मीलन ढकाले जानकारी गराउनुभयो ।

सन् २०१२ मा पहिलो पटक अन्तर्राष्ट्रिय सहकारी वर्ष मनाउदै गर्दा संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ्ग लगायत दर्जनौं नेपाली सहकारीकर्मीहरुले बेलायतमा रहेको रोचडेल म्यूजियमको भ्रमण गर्ने अवसर प्राप्त गर्नुभएको थियो । 

सहकारीको उद्गम स्थल, पवित्र भूमिको रुपमा परिचित रोचडेल म्यूजियम प्रत्येक सहकारीकर्मीको पहिलो छनौटको विषय बन्दै आएको छ । सन् १८४४ मा बेलायतको  ग्रेटर म्यानचेष्टर शहरको ३१ टोडलेनमा स्थापना भएको रोचडेल पायनियर इक्विटेवल सोसाईटीको पदचाप पच्छ्याउँदै हाल विश्वभर लाखौं सहकारीमा १ अर्ब बढी सदस्य र २८ करोड बढी कर्मचारी आवद्ध भएका छन् ।

यसै क्रममा मूख्य प्रवन्धक ढकालले ब्राडफोर्ड स्थित ब्राडफोर्ड डिस्ट्रिक्ट क्रेडिट युनियनको समेत अवलोकन गरि पोखरा रोयल सहकारी र त्यहाँको क्रेडिट युनियन बीच आपसी सम्बन्ध कायम गर्ने विषयमा छलफल गर्नुभएको छ ।

संस्थाका शेयर सदस्य तथा नटीङ्हम शहर निवासी ब्रिटिस आर्मीबाट सेवानिवृत्त समाजसेवी अनरेरी लेफ्टिनेन्ट ओमप्रकास गुरुङको समन्वयमा ब्राडफोर्ड र बेडवर्थ बोरोह काउन्सिलका मेयरहरु बेभर्ली मुलानी र बिल हानकुकसँग भेटी अनुभव आदानप्रदान भएको मुख्य प्रबन्धक ढकालले बताउनुभयो ।

पोखरा रोयल सहकारीमा धेरै सदस्यहरु लाहुरे पृष्ठभूमिको रहेको र हालका अध्यक्ष समेत बेलायती सेनाको सेवानिबृत्त ब्रिटिस सेनाका परिवार भएको सुनाउदा मेयरहरु निकै उत्साहित भएको र छिट्टै नै नेपाल भ्रमण गरि संस्थाको गतिविधि हेर्न चाहेको शेयर सदस्य ओमप्रकास गुरुङले बताउनुभयो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप