हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हामीले सधै साकोस अभियानलाई साक्षी राखेर काम गरेका छौं : नेफ्स्कून महासचिव अधिकारी

काठमाडौं । नेफ्स्कूनका महासचिव घनश्याम अधिकारीले संघ सञ्चालक समितिले सधै साकोस अभियानको हितका खातिर अभियानलाई नै साक्षी राखेर हरेक काम र निर्णयहरु गर्दै आएको बताउनुभएको छ ।

संघका सन्दर्भमा जोडिएर सञ्चारमाध्यममा आएका कतिपय विषयले मुलुकभरका सदस्य संघ संस्था तथा सरोकारवालाहरुलाई भ्रमित गरेको भन्दै उहाँले आज साकोस आवाजमार्फत आशंकाहरु निवारण गर्दै सबैलाई विश्वस्त तुल्याउनुभएको हो ।

‘नेफ्स्कून वित्तीय रुपमा सबल बन्दै गएको छ, नियामक निकायहरुको निर्देशन र सुझावहरु क्रमशः कार्यान्वयनमा लगेको छ, परिस्थितिजन्य प्रतिकूलताहरुलाई बिस्तारै अनुकूलतामा बदलिदैं लगेको  छ,’ महासचिव अधिकारीले भन्नुभयो, ‘यो समय आत्तिनुपर्ने, आशंका गर्नुपर्ने र समाचारको सनसनीपूर्ण शीर्षककै भरमा संशकित हुनुपर्ने होइन । संघको महासचिवको रुपमा म देशभरका सबै सदस्य संघ संस्था र सरोकारवालाहरुलाई विनम्र आग्रह गर्दछु ।’

उहाँले भन्नुभयो, ‘हामीले संघको नीति कार्यक्रम मार्फत बुटवलमा भएको ३३औं वार्षिक साधारण सभामा आम सदस्यहरुलाई वास्तविक वित्तीय स्थिति उजागर गरेका हौं । सभाले प्रतिनिधिहरुमार्फत ओनरशीप पनि लिएको हो । त्यति हुँदाहुँदै पनि विभागको निर्देशन अनुसार प्रर्याप्त प्रोभिजन नहुँदा सम्म लाभांश वितरण स्थगन गर्नु भनिएकोले हामी सोही प्रक्रिया भित्र रहेका छौं । हामी सधैं अभियानको हितमा अभियानलाई साक्षी राखेर काम गर्छौं । त्यससबाहेक एक इन्च पनि तलमाथि दायाँबायाँ हुँदैन । परिस्थितजन्य घटनाक्रम र परिवेशले परेको अफ्ठ्यारो हामी सुधार्दै छौं ।’

महासचिव अधिकारीले थप्नुभयो, ‘बाहिर आएका विषयले सदस्यलाई हतोत्साही गरेको अनुभूति गरेका छौं । सञ्चालकहरुलाई कैदको कुरा केवल अतिरञ्जना हो ।’ 

उहाँले संघ सदस्यहरुको भावना प्रतिविम्बित गर्दै बचत सुरक्षा, सुरक्षित लगानी र उचित प्रतिफल, बहसपैरवी र निरन्तर तालिम शिक्षालाई प्रभावकारी बनाउने सही ट्रयाकमै हिडिरहेको दाबी गर्नुभयो ।

संघले अन्तर्राष्ट्रिय सम्बन्धहरुलाई प्रगाढ बनाउँदै लगेको र घरेलु वातावरण पनि साकोस अभियानको सबलीकरण र सुदृढीकरणतर्फ बिस्तारै अनुकूल हुँदै गएको अवस्थामा यस्ता भ्रमपूर्ण समाचार आउनु अर्थपूर्ण हुने समेत महासचिव अधिकारीले बताउनुभयो ।
 
भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१६ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप