भ्रममा नपर्न आग्रह
नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनले वित्तीय विवरणमा कुनै छेडखानी नगरेको कोषाध्यक्ष थापाको स्पष्टोक्ति

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का कोषाध्यक्ष दिपक थापाले संघले आफ्ना वित्तीय विवरणहरुमा कुनै छेडखानी नगरेको स्पष्ट पार्नुभएको छ ।

संघका देशभरका सदस्य संघ संस्थाहरुलाई गुमराहमा राख्ने, भ्रमित पार्ने र आशंकाहरु उब्जाउने गरी आएका समाचारहरुका सम्बन्धमा स्पष्ट पार्दै सहकारी अभियानका दीर्घ अनुभवी कोषाध्यक्ष थापाले साकोस आवाजसँग भन्नुभयो, ‘संघले आफ्नो वित्तीय विवरणमा केरमेट गर्ने, नक्कली हिसाब प्रस्तुत गरी किर्ते गर्ने, मिति, अंक वा बेहोरा जालसाझी गर्ने काम गरेको छैन । कुनै किसिमको धाँधलीपूर्ण काम भएको छैन । अनि, कुनै पनि सञ्चालक वा कर्मचारीले संघको सम्पत्ति दुरुपयोग गर्ने काम पनि गरेका छैनन् । यसमा सतप्रतिशत विश्वस्त हुन म सबैलाई आग्रह गर्दछु ।’

कोषाध्यक्ष थापाले भन्नुभयो, ‘जहाँसम्म संघले नाफा बाँडिसकेको भन्ने कुरा छ, हामीले सेयर सदस्य संस्थाहरुको अपेक्षालाई केही हदसम्म भएपनि सम्बोधन गर्न सकिन्छ कि भन्ने हिसाबले बुटवलमा सम्पन्न ३३औं वार्षिक साधारणसभामा थोरै लाभांश प्रस्ताव गरेका थियौं । त्यो विषय सम्मानित र सर्वोच्च सभासमक्ष खुलारुपमा गरेका थियौं । त्यहाँ कुनै दायाँबायाँ गरेको, विषयहरु ढाकछोप गरेको वा वित्तीय विवरण केरमेट गरेको, अंक थपघट गरेको इत्यादि केही होइन । हामीले प्रस्ताव राख्दा सदस्य संघ संस्थाका प्रतिनिधिहरुले पनि समर्थन गरेको अवस्था हो । यद्यपि, लाभांश बाढीसकेको अवस्था होइन । एड्जस्टमेन्ट गरिसकेको पनि होइन ।’ 

यसबीच संघको १९ सदस्यीय सिङ्गो सञ्चालक समिति तथा सम्पूर्ण व्यवस्थापनले आफ्नो जिम्मेवारीलाई संवेदनशील रुपमा लिई ऋण असुलीलाई तीब्रता दिएको उहाँले प्रष्ट पार्नुभयो । ‘हाम्रा सदस्य संघ संस्थाहरु पनि यसबारे पर्याप्त जानकार हुनुहुन्छ । यसैक्रममा गैरबैंकिङ सम्पत्तिमा आउने तथा आएकालाई बिक्री वितरणको प्रक्रिया अहोरात्र र द्रुततर गतिमा बढेको छ,’ कोषाध्यक्ष थापाले थप्नुभयो, ‘यो आर्थिक वर्षान्त आउन अझै ५ महिना बाँकी छ, उक्त अवधिसम्म हामी संघको वित्तीय सूचकहरुमा अझै धेरै प्रगति भएको संकेत दिन्छौं । त्यस अवस्थामा मात्र हामीले छुट्टाएको बाँडौला । र, मलाई पूर्ण विश्वास छ, संघको कोषाध्यक्ष भएर यी विषयमा जिम्मेवारीबोध सहित अनवरत सबै मिलेर लागिपर्दा हामी नियाकम निकायलाई विश्वस्त पार्दै सदस्यहरुलाई लाभको अंश वितरण गर्न सफल हुनेछौं ।’ 

नेफ्स्कूनको तर्फबाट साकोस अभियानको ब्यालेन्स सीटमा सही गर्ने एक जिम्मेवार पदाधिकारीको हैसियतले लेखा परिक्षकले दिएको विवरणमा कुनै म्यानिपुलेट गरेर तथ्याङ्क तोडमतोड नगरिएको प्रतिबद्धता कोषाध्यक्ष थापाले व्यक्त गर्नुभयो । उहाँले यस्ता भ्रममा नपर्न पनि सबैलाई आग्रह गर्नुभयो ।

कोषाध्यक्ष थापाले भन्नुभयो, ‘हामीले समाचारमा भनिएजस्तो कैद सजायँ नै भोग्नुपर्ने, जरिवाना तिर्नुपर्ने वा मुन्टो लुकाएर हिड्नुपर्ने अवस्था कुनै हालतमा पनि छैन ।’

यस्तो छ नेफ्स्कूनको पछिल्लो वित्तीय अवस्था:

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप