स्थानीय तह र सहकारी अभियानबीच अन्योन्याश्रित सम्बन्धले सार्थक परिणाम दिन्छ: नेफ्स्कून अध्यक्ष ढकाल
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थानीय तह र सहकारी अभियानबीच अन्योन्याश्रित सम्बन्धले सार्थक परिणाम दिन्छ: नेफ्स्कून अध्यक्ष ढकाल

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का अध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारी क्षेत्रमा विद्यमान चुनौतीहरुलाई अवसरमा बदल्न स्थानीय सरकारसँगको सहकार्य र समन्वयलाई संघले विशेष महत्व दिएको बताउनुभएको छ । 

'सहकारी क्षेत्रमा पछिल्लो समय देखिएका समस्याहरुको सहजीकरणमा स्थानीय तहहरुको भूमिका एकदमै महत्वपूर्ण हुन्छ,' बर्दघाट नगरपालिकाको कार्यालय नवलपरासी (ब.सु.प) ले आज आयोजना गरेको नगरपालिकाको सहकारीसम्बन्धी अर्धवार्षिक समीक्षा तथा अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेफ्स्कून अध्यक्ष ढकालले भन्नुभयो, 'सहकारीहरुलाई सुशासित, मर्यादित, मूल्य र मान्यताप्रति प्रतिबद्ध बनाउँदै सदस्यहरुको जीवनस्तर परिवर्तनका सारथी बन्ने गरी कानूनी, नीतिगत तथा प्रवर्धनात्मक प्रबन्धको काम स्थानीय तहहरुको हुन्छ । स्थानीय तहहरुसँगको सहकारीको संख्या सबैभन्दा अधिक भएको वर्तमान परिवेश पनि हो । त्यसैकारण नेफ्स्कूनले स्थानीय तहहरुसँग मिलेर सहकारीहरुको सक्षमता विकासका लागि काम गरिरहेको छ ।'

उहाँले स्थानीय सरकारले सहकारीहरुको दर्तादेखि नियमन, अनुगमन तथा सुपरिवेक्षणमा नेफ्स्कूनको प्राविधिक विज्ञताको उपयोग गर्न सक्ने भन्दै संघका स्थानीय प्रतिनिधिहरुमार्फत यस्तो काम गर्न सकिने सम्भावना व्यक्त गर्नुभयो ।

अध्यक्ष ढकालले भन्नभुयो, स्थानीय तह र नेफ्स्कून मिलेर काम गर्दा सहकारीहरुको संस्थागत विकास, सुशासन र सञ्चालन पद्धतिमा प्रभावकारिता अभिवृद्धि हुन्छ । पाइलट परियोजनाका रुपमा हाल साझेदारी भैरहेका जिल्लाहरुको रिजल्ट अत्यन्त सकारात्मक रहेको समेत अध्यक्ष ढकालले उक्त अन्तरक्रियामा जानकारी गराउनुभयो ।

उहाँले स्थानीय तहहरुले सहकारीहरुलाई पनि उनीहरुको उद्देश्य र प्रकृतिको आधारमाा विकास निर्माण, स्थानीय लघु परियोजना सञ्चालन र आर्थिक समृद्धिका कार्यक्रमहरुमा सँगै लिएर अघि बढाउँदा उपयुक्त हुने बताउनुभयो ।

स्मरणीय छ, नेफ्स्कून अध्यक्ष ढकाल नगरपालिकाको सहकारी विज्ञ समेत हुनुहुन्छ । उहाँलाई २ वर्षअघि नगरपालिकाले सहकारी विज्ञका रुप मनोनित गरेको थियो । कार्यक्रममा नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठ, उप प्रमुख रुद्र प्रकाश उपाध्याय लगायत ४३ वटा सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप