'प्रथम बागमती प्रदेश सहकारी सम्मेलन' आयोजना गरिदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'प्रथम बागमती प्रदेश सहकारी सम्मेलन' आयोजना गरिदै

काठमाडौं । सहकारी अभियानका सम्भावना, चुनौती र भावी दिशा तय गर्न बागमती प्रदेश सहकारी संघले सहकारी सम्मेलन’ गर्ने भएको छ । बागमती प्रदेश सरकारको सहयोगमा ललितपुरको हेरिटेज गार्डेन होटलमा चैत ८ र ९ गते दुई दिन आयोजना हुने सम्मेलनको थिम “सहकारीको विकासका लागि तहगत समन्वय र सहकार्यको मार्गदर्शन” रहेको छ । प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मी र स्थानीय निकायका प्रतिनिधिहरुको सहभागिता रहने संघले जनाएको छ । सम्मेलनमा सहभागिताका लागि खल्ती एपमार्फत रजिष्ट्रेशन गर्न सकिने छ।

सहकारीको संख्यात्मक अधिकतासँगै समस्या पनि अधिक नै भएकाले सबै सरोकारवालाहरुलाई एकै ठाउँमा राखेर समाधानका उपाए खोज्न सम्मेलन आयोजना गर्न लागिएको संघका अध्यक्ष रामशरण शर्मा घिमिरेले जानकारी गराउनुभयो । उहाँले बागमती प्रदेश सहकारी संघले आयोजना गर्न लागेको यो अहिलेसम्मकै ठूलो र महत्वपूर्ण कार्यक्रम हुने दाबी गर्नुभयो ।

प्रत्येक ४ वर्षमा आयोजना गरी बागमती प्रदेशको सहकारी अभियानलाई गति दिने, मार्गदर्शन गर्ने र अभियानमा भएका त्रुटीहरुलाई सुधार गर्ने योजना रहको अध्यक्ष घिमिरेको भनाइ छ ।

प्रादेशिक अभिभावक संघको रुपमा रहेर सहकारीका असल अभ्यासहरुको जानकारी गराएर सरकार र आम मानिसहरुको सहकारीप्रतिको बुझाइलाई सकारात्मक रुपमा ग्रहण गर्न सक्ने वातावरणको निर्माण गर्न सम्मेलन आयोजना गरिएको अध्यक्ष घिमिरले बताउनुभयो ।

सम्मेलनबाट सहकारीका वर्तमान समस्या समाधानका विषयमा साझा धारणा निर्माण गर्ने संघ, प्रदेश र स्थानीय तीनै तहका सरकार र अभियानको बिचमा सहकार्यको मार्गदर्शन निर्माण हुने, सहकारी मार्फत् उत्पादनका क्षेत्रहरुको पहिचान र परिचालनमा जोड पुग्ने, बागमती प्रदेशको सहकारी अभियानको मार्गचित्र निर्माण हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा प्रदेशका १३ वटै जिल्लाका संघ, प्रदेश विषयगत सहकारी संघ, जिल्ला सहकारी संघ तथा जिल्ला विषयगत सहकारी संघहरु र प्रारम्भिक सहकारी संस्थाहरुका पदाधिकारी र उच्च व्यवस्थापनमा संलग्न व्यक्तिहरु तथा पालिकामा कार्यरत सहकारी शाखामा कार्यरत कर्मचारीहरु लाई सहभागी गराइने जनाइएको छ ।

सम्मेलनमा प्रदेश तथा स्थानिय तहका सहकारीको विकासमा सरकारको भूमिका, वित्तीय सहकारीमा व्यवस्थापकीय सवाल, सहकारी नियमनको चुनौती र अबको कार्यदिशा, उत्पादनमा सहकारीको योगदान, भूमिका र सम्भावनाहरु, सेवा प्रभावकारीताको लागि उत्प्रेरणात्मक वातावरणको निर्माण जस्ता विषयमा विषय विज्ञले कार्यपत्र प्रस्तुतीकरण र छलफल हुने जनाइएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप