३२औं स्थापना दिवस
५७ हजार बढी सदस्यको जीवनस्तर उन्नत बनाउने विन्धवासिनी साकोसको प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
५७ हजार बढी सदस्यको जीवनस्तर उन्नत बनाउने विन्धवासिनी साकोसको प्रतिबद्धता

काठमाडौं । काभ्रे जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ५७ हजार बढी सदस्यहरुलाई विभेदरहित अझ गुणस्तरीय अत्याधुनिक प्रविधियुक्त सबल, सुरक्षित, दिगो, र प्रतिस्पर्धी वित्तीय तथा गैरवित्तीय सेवाहरु निरन्तर प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाको ३२ औं स्थापना दिवसको उपलक्ष्यमा सदस्य र सरोकारवालाहरुको नाममा प्रतिबद्धतामा जारी गर्दै विन्धवासिनी साकोसले समयको माग र सदस्यहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी सेवाहरुमा स्तरीयता र गुणस्तरीयता ल्याउने वचनवद्धता व्यक्त गरको हो । गुणस्तरीय, व्यावसायिक एवम् दिगो वित्तीय सहकारीको परिकल्पना, सदस्य समृद्धि अभियान, विन्धवासिनीको पहिचानको नारासँगै मूलतः सहकारीका विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै प्रविधिको प्रयोगमार्फत सदस्यहरुको जीवनमा सकारात्मक रुपान्तरणका लागि उत्कृष्ट वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्ने उसले जनाएको हो ।

 २०५० साल फागुन ६ गते तत्कालिन खोपासी र चलाल दुई गाविसलाई कार्यक्षेत्र बनाएर सानो पुँजीबाट शुरू भएको संस्थाले यस अविधमा काभ्रे जिल्लासँगै उपत्यकाका ३ वटा जिल्लाभर कार्यक्षेत्र विस्तार गरी सदस्यलाइ वित्तीय सेवा प्रदान गरिरहेको छ । २०५२ सालमा राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको अनुमति लिएसँगै संस्थाप्रतिको आकर्षण बढेर गएको दाबी प्रमुख कार्यकारी अधिकृत के वि लामा स्याङ्तानको छ ।

त्यसयता संस्थाको कार्यक्षेत्र बिस्तार गरी जिल्लाभर बनाइएको छ । सदस्यको माग बमोजिम अहिले उपत्यकामा समेत सेवा विस्तार गरिएको छ । संस्थाले वित्तीय पारदर्शिता र आर्थिक अनुशासनलाई पालना गरेकाले सदस्यहरूको विश्वास बढेर गरेको सीइओ लामाले बताउनुभयो । साकोसले सदस्यहरूलाइ पहिलो प्राथमिकतामा राखेर वित्तीय तथा अन्य सेवाहरू प्रदान गर्दै आएको छ । संस्थाको ख्याति जिल्लामा मात्र नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेको छ ।  सहकारी मूल्य, मान्यता र सिद्धान्तका साथै नियामक निकायले जारी गरेका निर्देशन तथा मापदण्डलाइ अक्षरशः पालना गर्दै संस्था अघि बढेकाले वित्तीय अनुशासन कायम गर्न सकिएको उहाँको भनाइ छ ।

संस्थामा हाल ५७ हजार ५ सय ८९ सदस्य पुगेका छन् । ११ हजार ७७९ सय बाल बचतकर्ता छन् । संस्था राम्रो हुनुमा सञ्चालक समिति, कर्मचारी र सदस्यहरुको त्रिपक्षीय भूमिका रहने भन्दै विन्धवासिनी साकोसले १ सय ५ मिहेनती कर्मचारीमार्फत सदस्यहरुलाई सेवारत छ ।  संस्थाको ५४ करोडको हाराहारीमा शेयरपुँजी पुगेको छ । ३ अर्ब ९० करोड बचत संकलन भएको छ भने विभिन्न कोषमा ५७ करोड रुपैयाँ जम्मा भएको छ । संस्थाको कुल सम्पत्ति ५ अर्ब २२ करोड पुगेको छ । संस्था सुरक्षित रहेको प्रमाणिकरण आन्तरिक नियन्त्रण प्रणालीमार्फत मात्र नभइ बाह्य रुपमा पनि भएको दाबी उसले गरेको छ । एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्था वित्तीय रूपमा सुरक्षित छ भन्ने कुरा प्रमाणित गरेको दाबी सिईओ लामाले गर्नुभयो । 

संस्थाले एक्सेस ब्राण्डिङ कार्यक्रममा २०६५ सालदेखि आवद्धता जनाएको छ । सिल्भर ब्राण्डसम्म पाएर बिन्धवासिनी वित्तीय रुपमा स्वस्थ छ, सदस्यलाई दिने सेवा सुविधा गुणस्तरयुक्त छ र संस्थाको हरेक क्रियाकलाप नीति, विधि र प्रविधिमा आधारित छ भन्ने उहाँको भनाइ रहेको छ । संस्थासँगै व्यवस्थापन प्रमुखका रुपमा सिईओ लामाले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । 

२०५० साल कार्तिक २९ गते काभ्रे जिल्लाको खोपासीका स्थानीय गुरागाईंहरुले कुल देवताको पुजाको दिन एउटा संस्था स्थापना गर्ने विषयमा छलफल चलाउँदा त्यस समयमा बनेपा र धुलिखेलमा मात्रै बैंक तथा वित्तीय संस्था रहेकाले खोपासीमा वित्तीय संस्था आवश्यकता महसूस गरी सोही वर्षको पौष १२ गते एउटा विधान तयार गरेर संस्था स्थापनाको प्रक्रिया अगाडि बढाइएको इतिहास छ । ५५ जना सदस्यबाट संस्थाको शुरुवात भएको थियो । विधिवत् रुपमा २०५० साल फागुन ६ गते संस्था दर्ता गरिएको थियो । सोही दिनलाई बिन्धवासिनी साकोसले आधिकारिक रुपमा स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएकाले त्यहाँका जनतालाई बचत गर्न सिकाउने र ससानो ऋण लगानी गरी उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ संस्था स्थापना भएको थियो ।

भर्खरै
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

१३ घण्टा अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

७ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

पाठकबाट थप