३२औं स्थापना दिवस
५७ हजार बढी सदस्यको जीवनस्तर उन्नत बनाउने विन्धवासिनी साकोसको प्रतिबद्धता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
५७ हजार बढी सदस्यको जीवनस्तर उन्नत बनाउने विन्धवासिनी साकोसको प्रतिबद्धता

काठमाडौं । काभ्रे जिल्लाको बनेपामा मुख्य कार्यालय रहेको बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाले ५७ हजार बढी सदस्यहरुलाई विभेदरहित अझ गुणस्तरीय अत्याधुनिक प्रविधियुक्त सबल, सुरक्षित, दिगो, र प्रतिस्पर्धी वित्तीय तथा गैरवित्तीय सेवाहरु निरन्तर प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । संस्थाको ३२ औं स्थापना दिवसको उपलक्ष्यमा सदस्य र सरोकारवालाहरुको नाममा प्रतिबद्धतामा जारी गर्दै विन्धवासिनी साकोसले समयको माग र सदस्यहरुको आवश्यकतालाई सम्बोधन गर्ने गरी सेवाहरुमा स्तरीयता र गुणस्तरीयता ल्याउने वचनवद्धता व्यक्त गरको हो । गुणस्तरीय, व्यावसायिक एवम् दिगो वित्तीय सहकारीको परिकल्पना, सदस्य समृद्धि अभियान, विन्धवासिनीको पहिचानको नारासँगै मूलतः सहकारीका विश्वव्यापी मूल्य, मान्यता र सिद्धान्तलाई शिरोपर गर्दै प्रविधिको प्रयोगमार्फत सदस्यहरुको जीवनमा सकारात्मक रुपान्तरणका लागि उत्कृष्ट वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्ने उसले जनाएको हो ।

 २०५० साल फागुन ६ गते तत्कालिन खोपासी र चलाल दुई गाविसलाई कार्यक्षेत्र बनाएर सानो पुँजीबाट शुरू भएको संस्थाले यस अविधमा काभ्रे जिल्लासँगै उपत्यकाका ३ वटा जिल्लाभर कार्यक्षेत्र विस्तार गरी सदस्यलाइ वित्तीय सेवा प्रदान गरिरहेको छ । २०५२ सालमा राष्ट्र बैंकबाट सीमित बैंकिङ कारोबारको अनुमति लिएसँगै संस्थाप्रतिको आकर्षण बढेर गएको दाबी प्रमुख कार्यकारी अधिकृत के वि लामा स्याङ्तानको छ ।

त्यसयता संस्थाको कार्यक्षेत्र बिस्तार गरी जिल्लाभर बनाइएको छ । सदस्यको माग बमोजिम अहिले उपत्यकामा समेत सेवा विस्तार गरिएको छ । संस्थाले वित्तीय पारदर्शिता र आर्थिक अनुशासनलाई पालना गरेकाले सदस्यहरूको विश्वास बढेर गरेको सीइओ लामाले बताउनुभयो । साकोसले सदस्यहरूलाइ पहिलो प्राथमिकतामा राखेर वित्तीय तथा अन्य सेवाहरू प्रदान गर्दै आएको छ । संस्थाको ख्याति जिल्लामा मात्र नभइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत पुगेको छ ।  सहकारी मूल्य, मान्यता र सिद्धान्तका साथै नियामक निकायले जारी गरेका निर्देशन तथा मापदण्डलाइ अक्षरशः पालना गर्दै संस्था अघि बढेकाले वित्तीय अनुशासन कायम गर्न सकिएको उहाँको भनाइ छ ।

संस्थामा हाल ५७ हजार ५ सय ८९ सदस्य पुगेका छन् । ११ हजार ७७९ सय बाल बचतकर्ता छन् । संस्था राम्रो हुनुमा सञ्चालक समिति, कर्मचारी र सदस्यहरुको त्रिपक्षीय भूमिका रहने भन्दै विन्धवासिनी साकोसले १ सय ५ मिहेनती कर्मचारीमार्फत सदस्यहरुलाई सेवारत छ ।  संस्थाको ५४ करोडको हाराहारीमा शेयरपुँजी पुगेको छ । ३ अर्ब ९० करोड बचत संकलन भएको छ भने विभिन्न कोषमा ५७ करोड रुपैयाँ जम्मा भएको छ । संस्थाको कुल सम्पत्ति ५ अर्ब २२ करोड पुगेको छ । संस्था सुरक्षित रहेको प्रमाणिकरण आन्तरिक नियन्त्रण प्रणालीमार्फत मात्र नभइ बाह्य रुपमा पनि भएको दाबी उसले गरेको छ । एशियाली ऋण महासंघ (अकू) को प्राविधिक सहयोगमा नेफ्स्कूनले सञ्चालन गरेको एक्सेस ब्राण्डिङ कार्यक्रमले संस्था वित्तीय रूपमा सुरक्षित छ भन्ने कुरा प्रमाणित गरेको दाबी सिईओ लामाले गर्नुभयो । 

संस्थाले एक्सेस ब्राण्डिङ कार्यक्रममा २०६५ सालदेखि आवद्धता जनाएको छ । सिल्भर ब्राण्डसम्म पाएर बिन्धवासिनी वित्तीय रुपमा स्वस्थ छ, सदस्यलाई दिने सेवा सुविधा गुणस्तरयुक्त छ र संस्थाको हरेक क्रियाकलाप नीति, विधि र प्रविधिमा आधारित छ भन्ने उहाँको भनाइ रहेको छ । संस्थासँगै व्यवस्थापन प्रमुखका रुपमा सिईओ लामाले पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार तथा सम्मान प्राप्त गरिसक्नुभएको छ । 

२०५० साल कार्तिक २९ गते काभ्रे जिल्लाको खोपासीका स्थानीय गुरागाईंहरुले कुल देवताको पुजाको दिन एउटा संस्था स्थापना गर्ने विषयमा छलफल चलाउँदा त्यस समयमा बनेपा र धुलिखेलमा मात्रै बैंक तथा वित्तीय संस्था रहेकाले खोपासीमा वित्तीय संस्था आवश्यकता महसूस गरी सोही वर्षको पौष १२ गते एउटा विधान तयार गरेर संस्था स्थापनाको प्रक्रिया अगाडि बढाइएको इतिहास छ । ५५ जना सदस्यबाट संस्थाको शुरुवात भएको थियो । विधिवत् रुपमा २०५० साल फागुन ६ गते संस्था दर्ता गरिएको थियो । सोही दिनलाई बिन्धवासिनी साकोसले आधिकारिक रुपमा स्थापना दिवसको रुपमा मनाउँदै आएको छ । बैंक तथा वित्तीय संस्थाको उपस्थिति नभएकाले त्यहाँका जनतालाई बचत गर्न सिकाउने र ससानो ऋण लगानी गरी उद्यमशीलता विकास गर्ने उद्देश्यका साथ संस्था स्थापना भएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

८ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप