स्वस्तिक साकोसको बाल सम्मेलन सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्वस्तिक साकोसको बाल सम्मेलन सम्पन्न

रौतहट । चन्द्रपुर–४ स्थित स्वस्तिक बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो १३औं स्थापना दिवसको अवसरमा आज बाल सम्मेलन आयोजना गरेको छ । हातेमालो सामुदायिक बन समूहको सभाहलमा आयोजना गरिएको सम्मेलनमा १० वर्ष भन्दा माथिका ३ सय ११ बालबालिका सहभागी थिए । चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख शेख नसरे आलमको प्रमुख आतिथ्यतामा भएको उक्त सम्मेलनको अध्यक्षता संस्थाका अध्यक्ष नरेन्द्रबहादुर रानाले गर्नु भएको थियो । बाल सम्मेलनमा हाजिरी जवाफ प्रतियोगिता र नृत्य प्रतियोगिता आयोजना गरिएको थियो । हाजिरी जवाफ प्रतियोगितामा जागरण बाल क्लव, चन्द्रपुर–३ बाट ऋषि जर्घा मगर, स्वस्तिका दर्लामी मगर र प्रविण राउतको सहभागिता रहेको थियो ।  

त्यस्तै, सूर्योदय बाल क्लव, चन्द्रपुर–४ बाट हिमांशु मगर, खुसी राई र सन्दीप वि।क। को सहभागिता रह्यो भने  उपासना बाल क्लव चन्द्रपुर–५ बाट सुदिना पौडेल, उपासना पौडेल र सामुयल लामिछाने, समृद्धि बाल क्लव,चन्द्रपुर–६ बाट चार्लिन्स कुश्वार, रौनक वि।क। र आयुष चौधरी, सहनशील बाल क्लव, चन्द्रपुर–६ बाट रम्भा कुमारी गुप्ता, प्रकृति श्रेष्ठ र सिजल रिजाल र डावरी बाल क्लव, चन्द्रपुर–६बाट सम्पन्न के।सी।, एलेन तिमल्सिना र निशा सिंह कुश्वाहा सहभागी थिए । हाजिरीजवाफ प्रतियोगितामा जागरण बाल क्लव, चन्द्रपुर–३ प्रथम, सहनशील बाल क्लव, चन्द्रपुर–६ द्वितीय र उपासना बाल क्लव, चन्द्रपुर–५ त्रितीय भएका थिए ।  

त्यस्तै, एकल नृत्य प्रतियोगितामा चन्द्रपुर–६ की जया लामिछाने प्रथम, सोही वडाकी आरोही गौतम र मिरा राई क्रमशः द्वितीय र त्रितीय भए । सामूहिक नृत्य तर्फ उपासना बाल क्लवका निर्मला वि।क। र निर्जला वि।क। प्रथम, सोही क्लवका ऋतिका सुवेदी, युनिशा विक, आयुष्का खड्का र ऋतिका विकको टोली द्वितीय र जागरण बाल क्लवका कृतिका खत्री र कृष्टिना खत्रीको टोली तृतीय भएका थिए । 

प्रतियोगितामा विजयी बालबालिकालाई संस्थाको १३ स्थापना दिवसको दिन २०८१ फागुन ९ गते पुरस्कार प्रदान गरिने छ । चन्द्रपुर नगरपालिकाभर कार्यक्षेत्र रहेको स्वस्तिक साकोसमा १ सय ५४ वटा बचत समूह, ६ वटा बाल क्लव, ४,६४४ जना शेयर सदस्य र १९७० जना बालबचतकर्ताहरु रहेका छन भने संस्थाको कुल सम्पत्ति २५ करोड बढी रहेको छ । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप