सहकारी अध्यादेश प्रतिस्थापन विधेयक संसदमा दर्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी अध्यादेश प्रतिस्थापन विधेयक संसदमा दर्ता

काठमाडौं । संघीय संसद्का दुवै सदनबाट सहकारी अध्यादेश स्वीकृत भएसँगै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सहकारी सम्बन्धी अध्यादेश प्रतिस्थापन विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ । 

अध्यादेशमा आएका केही व्यवस्थाले सहकारी क्षेत्रलाई समस्या बनाए प्रतिस्थापन विधेयक मार्फत संशोधन गर्ने भनाई अभियानमाझ राख्दै आउनुभएका भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारी अभियानका नेतृत्वदायी पक्ष र सहकारी विज्ञको राय एवं अन्तर्राष्ट्रिय मूल्य मान्यतामा आधारित भएर प्रतिस्थापन विधेयक फराकिलो बनाईएको र अध्यादेशमा समावेश केही व्यवस्था हटाईएको जानकारी दिनुभयो ।  

प्रतिनिधि सभामा दर्ता विधेयक संवैधानिक व्यवस्था अनुसार ६० दिन अर्थात् चैत १८ गतेसम्म दुवै सदनबाट पारित र प्रमाणीकरणको प्रक्रिया पूरा गर्नुपर्छ । संसद् अधिवेशन प्रारम्भकै दिन माघ १८ गते अध्यादेश दुवै सभामा पेस भएका थिए । अध्यादेश प्रतिनिधि सभाबाट बुधबार र माथिल्लो सदनबाट बिहीबार स्वीकृतलगत्तै सरकारले प्रतिस्थापन विधेयक संसदमा पठाएको हो ।
प्रतिस्थापन विधेयकमा कार्यक्षेत्रको आधारमा व्यक्तिगत बचतको सीमा हटाईएको छ । उक्त व्यवस्था हटाएर व्यक्तिगत बचतको सीमा प्राथमिक पुँजीकोषको १० प्रतिशत कायम गरिएको छ । यस अघि व्यक्तिगत बचतको सीमा कार्यक्षेत्रको आधारमा ५०, २५ र १० लाख रुपैयाँ सम्म थियो ।

त्यसैगरि कुनै पनि व्यक्ति कुनै एक तहको सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, लेखा समिति संयोजक पदमा दुई कार्यकालभन्दा बढी अवधिको लागि निर्वाचित हुन नसक्ने व्यवस्था गरेको छ । सहकारी सम्बन्धी अध्यादेश पुस १४ गते जारी भएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप