साकोस सदस्यहरुलाई SAVINGS GAME तालिम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस सदस्यहरुलाई SAVINGS GAME तालिम सञ्चालन

नवलपरासी । सरावल गाउँपालिका १, तिलकपुरमा सञ्चालित तिलकपुर महिला बचत तथा ऋण सहकरी संस्था लिमिटेडको बचत खेल सम्बन्धी तालिम बुधबार सम्पन्न भएको छ । 

बचत खेल तालिम (SAVINGS GAME) लाई साकोसका सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान सँगै बचत अभियान मार्फत सुनिश्चित भविष्य निर्माण र गुणस्तर जीवन बृद्धिका लागि बहुउपयोगी तालिमको रुपमा लिईन्छ । खेलको माध्यमबाट सदस्यहरुमा आम्दानी र बचतबिचको सन्तुलन मिलाउन व्यवहारिक ज्ञानको विकासमा तालिमले जोड दिन्छ । नेफ्स्कूनले जर्मन बचत बैंकसँगको साझेदारीमा सदस्यहरुलाई निशुल्क उपलब्ध गराउँदै आएको यस तालिमले सदस्यहरुको समृद्ध र गुणस्तरयुक्त जीवन निर्माणका लागि लक्ष्य निर्धारण गर्न सिकाउँछ । 

तिलकपुर महिला साकोसको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) र जर्मनी बचत बैंक (German Sparkassenstiftung For International Cooperation) को साझेदारीमा चैत्र ५ र ६ गते तालिम सञ्चालन भएको थियो । तालिममा तिलकपुर महिला साकोसकी अध्यक्ष  सत्यदेवी चौधरी, सञ्चालक, सेयर सदस्यहरु र कर्मचारी गरि २७ जनाको सहभागिता रहेको थियो ।

नेफ्स्कूनद्वारा नियमित बचतको महत्वलाई वैज्ञानिक खेल मार्फत सिकाउने उद्देश्यसहित निशुल्क प्रदान गरिएको तालिम अत्यन्त प्रभावकारी रहेको भन्दै साकोसकी अध्यक्ष चौधरी लगायत सहभागी प्रतिनिधिहरुले खुसी व्यक्त गरेका थिए । 

बचत खेल तालिमको सहजीकरण नेफ्स्कूनकी कार्यक्रम अधिकृत रिता सुवेदी र सन्दीपराज ढकालले गर्नुभएको थियो । तालिमले सदस्यहरुमा खेल मार्फत बचतको महत्व सिकाउँदै समृद्ध जीवन निर्माण र वित्तीय सशक्तीकरणका लागि क्षमता अभिवृद्धि गर्ने अपेक्षा गरिएको तालिम अधिकृत सुवेदीले जानकारी गराउनुभयो ।  स्पार्कासेन्स्टिफ्टुङद्वारा बनाइएका व्यावसायिक खेलहरू एक नवीन अन्तरक्रियात्मक सिकाइ अनुभवको लागि अन्तर्राष्ट्रिय ब्रान्ड बनेका छन्।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप