ग्लोबल मनी विकः सिको साकोसद्वारा सदस्यहरुलाई SAVINGS GAME तालिम सञ्चालन 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
ग्लोबल मनी विकः सिको साकोसद्वारा सदस्यहरुलाई SAVINGS GAME तालिम सञ्चालन 

बर्दिया । ठाकुरबाबा नगरपालिका १, भुरीगाउँमा रहेको सिको बचत तथा ऋण सहकारी संस्था लिमिटेडले संस्थाका सदस्य साथै जीविकोपार्जन क्लबका सदस्यहरुका लागि बचत गरेर कमाउन सिक्ने तालिम अन्तर्गत पहिलो दिनको कक्षा सञ्चालन गरेको छ । 

"Global Money Week २०२५" को अवसर पारेर"Think before you follow, wise money tomorrow" को थिमलाई पूरा गर्ने उद्देश्यका साथ सिको साकोसको आयोजना र नेफ्स्कूनको प्राविधिक सहयोगमा संस्थाका जीविकोपार्जन क्लबका सदस्यहरू एंव अन्य सदस्यसहित ३० जनाको सहभागितामा बचत गरेर कमाउन सिक्ने (Learn, Save, Earn) बचत खेल तालिम सञ्चालन गरेको हो । 

नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष एवं साकोसका अध्यक्ष दामोदर अधिकारीले तालिमको औपचारिक उद्घाटन गर्नुभएको थियो । उहाँले साकोसले आफ्ना सदस्यहरुलाई जीविकोपार्जन क्लबमार्फत विविध गतिविधि साथै तालिम शिक्षाको माध्यमबाट उद्यमशिल बनाउँदै लगिरहेको र  सदस्यहरुलाई गुणस्तर जीवन निर्माणको लक्ष्यमा अगाडि बढ्न प्रेरित गरेको बताउनुभयो ।

बचत खेल तालिम (SAVINGS GAME) लाई साकोसका सदस्यहरुमा वित्तीय साक्षरताको ज्ञान सँगै बचत अभियान मार्फत सुनिश्चित भविष्य निर्माण र गुणस्तर जीवन बृद्धिका लागि बहुउपयोगी तालिमको रुपमा लिईन्छ । खेलको माध्यमबाट सदस्यहरुमा आम्दानी र बचतबिचको सन्तुलन मिलाउन व्यवहारिक ज्ञानको विकासमा तालिमले जोड दिन्छ । नेफ्स्कूनले जर्मन बचत बैंकसँगको साझेदारीमा सदस्यहरुलाई निशुल्क उपलब्ध गराउँदै आएको यस तालिमले सदस्यहरुको समृद्ध र गुणस्तरयुक्त जीवन निर्माणका लागि लक्ष्य निर्धारण गर्न सिकाउँछ । 

बचत खेल तालिमको सहजीकरण नेफ्स्कूनका तालिम अधिकृत श्यामराजा तिमिल्सिना र प्रशासन अधिकृत राम सापकोटाले गर्नुभएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप