नेफ्स्कूनका सिइओ सापकोटाद्वारा मकवानपुरका दुई साकोसको स्थलगत भ्रमण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सिइओ सापकोटाद्वारा मकवानपुरका दुई साकोसको स्थलगत भ्रमण

मकवानपुर ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौंडा उपमानगरपालिका २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.को आज, चैत्र ८ गते स्थलगत अवालोकन गर्नुभएको छ । गत चैत्र ४ गतेदेखि सदस्य संस्थाहरुको स्थलगत अवलोकन भ्रमणमा रहनुभएका सिइओ सापकोटाले कोशी प्रदेश अन्तर्गतका जिल्लामा सञ्चालित केही सहकारीहरुको भ्रमण गरि मधेश प्रदेशको सर्लाही र धनुषाका सहकारीहरुको भ्रमण सकेर आज बागमती प्रदेश अन्तर्गत मकवानपुरका दुई सहकारी भ्रमण गर्नुभएको हो । 

एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आबद्ध जागरण साकोसले राष्ट्रिय प्रमाणीकरण कार्यक्रम प्रोबेशन मार्फत तीन पटक ब्राण्ड प्राप्त गर्न सफल भएको छ । घर घरमा वित्तीय सेवा पहुँच पुर्याउन सफल जागरण साकोसमा हाल ३ हजार ९ सय ५६ जना सदस्य आबद्ध छन् । सदस्यहरुलाई मोबाईल बैंकिङ सेवा समेत उपलब्ध गराएको साकोसले यही चैत्र २८ गते २६ औं स्थापना दिवसको समेत तयारी गरिरहेको छ । भ्रमणका क्रममा नेफ्स्कूनका सिइओ सापकोटा सहित नेफ्स्कून कर्मचारी र साकोसको तर्फबाट सचिव सरिना विश्वकर्मा र व्यवस्थापक मेनका दाहालसँग संक्षिप्त कुराकानी तथा समसामयिक विषयमा छलफल भएको थियो ।  

त्यसैगरि हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनमा आबद्ध छ । २०७६ सालमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स मा आबद्ध साकोस, दुई बर्षपछि २०७८ मा प्रोबेशन कार्यक्रममा सहभागी भएको हो । २ हजार ९ सय ५ सदस्यहरुमाझ वित्तीय सेवा प्रदान गर्दै आइरहेको हातेमालो साकोस वित्तीय सुशासनमा अब्बल सहकारीको रुपमा परिचित छ । भ्रमणका क्रममा संघका सिईओ सहित नेफ्स्कून कर्मचारी टीम र साकोसका कोषाध्यक्ष दिपक दाहाल, सचिव सिताराम दाहाल, सञ्चालक सानीकान्छी बडुवाल, प्रमिला अर्याल र व्यवस्थापक रमला सापकोटाबिच संक्षिप्त कुराकानी साथै सहकारीका समसामयिक विषयमा छलफल भएको थियो । 
  

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

३ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

५ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

७ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

७ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१३ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१४ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२० दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२३ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

३६ दिन अगाडि

पाठकबाट थप