नेफ्स्कूनका सिइओ सापकोटाद्वारा मकवानपुरका दुई साकोसको स्थलगत भ्रमण
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनका सिइओ सापकोटाद्वारा मकवानपुरका दुई साकोसको स्थलगत भ्रमण

मकवानपुर ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले मकवानपुरगढी गाउँपालिका–३, मक्रान्चुलीस्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड र हेटौंडा उपमानगरपालिका २ मा रहेको हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.को आज, चैत्र ८ गते स्थलगत अवालोकन गर्नुभएको छ । गत चैत्र ४ गतेदेखि सदस्य संस्थाहरुको स्थलगत अवलोकन भ्रमणमा रहनुभएका सिइओ सापकोटाले कोशी प्रदेश अन्तर्गतका जिल्लामा सञ्चालित केही सहकारीहरुको भ्रमण गरि मधेश प्रदेशको सर्लाही र धनुषाका सहकारीहरुको भ्रमण सकेर आज बागमती प्रदेश अन्तर्गत मकवानपुरका दुई सहकारी भ्रमण गर्नुभएको हो । 

एशियाली स्तरको गुणस्तर सुनिश्चितताको कार्यक्रम एक्सेसमा आबद्ध जागरण साकोसले राष्ट्रिय प्रमाणीकरण कार्यक्रम प्रोबेशन मार्फत तीन पटक ब्राण्ड प्राप्त गर्न सफल भएको छ । घर घरमा वित्तीय सेवा पहुँच पुर्याउन सफल जागरण साकोसमा हाल ३ हजार ९ सय ५६ जना सदस्य आबद्ध छन् । सदस्यहरुलाई मोबाईल बैंकिङ सेवा समेत उपलब्ध गराएको साकोसले यही चैत्र २८ गते २६ औं स्थापना दिवसको समेत तयारी गरिरहेको छ । भ्रमणका क्रममा नेफ्स्कूनका सिइओ सापकोटा सहित नेफ्स्कून कर्मचारी र साकोसको तर्फबाट सचिव सरिना विश्वकर्मा र व्यवस्थापक मेनका दाहालसँग संक्षिप्त कुराकानी तथा समसामयिक विषयमा छलफल भएको थियो ।  

त्यसैगरि हातेमालो बचत तथा ऋण सहकारी संस्था लिमिटेड साकोस गुणस्तर सुनिश्चितताको कार्यक्रम प्रोबेशनमा आबद्ध छ । २०७६ सालमा जोखिममा आधारित साकोस सुपरिवेक्षण कार्यक्रम कर्ब्स मा आबद्ध साकोस, दुई बर्षपछि २०७८ मा प्रोबेशन कार्यक्रममा सहभागी भएको हो । २ हजार ९ सय ५ सदस्यहरुमाझ वित्तीय सेवा प्रदान गर्दै आइरहेको हातेमालो साकोस वित्तीय सुशासनमा अब्बल सहकारीको रुपमा परिचित छ । भ्रमणका क्रममा संघका सिईओ सहित नेफ्स्कून कर्मचारी टीम र साकोसका कोषाध्यक्ष दिपक दाहाल, सचिव सिताराम दाहाल, सञ्चालक सानीकान्छी बडुवाल, प्रमिला अर्याल र व्यवस्थापक रमला सापकोटाबिच संक्षिप्त कुराकानी साथै सहकारीका समसामयिक विषयमा छलफल भएको थियो । 
  
भर्खरै
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

६ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

७ दिन अगाडि

लोकप्रिय
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

३ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२० घण्टा अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२० घण्टा अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

९ दिन अगाडि

पाठकबाट थप