भक्तपुरमा साकोसहरुबीच जोखिम विश्लेषण कार्यशाला सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भक्तपुरमा साकोसहरुबीच जोखिम विश्लेषण कार्यशाला सञ्चालन

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरको आयोजना र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.को साझेदारी कार्यक्रम अन्तर्गत साकोसमा जोखिम विश्लेषण कार्यशाला (SACCOS Risk Analysis Workshop-SARAW), रोयल थाई हस्पिटालिट, राधेराधेमा बिहीबार सम्पन्न भएको छ ।  कार्यशालाको उद्घाटन गर्दै भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष कृष्णगोविन्द लाखाजुले आर्थिक मन्दीको कारण सहकारीमा ऋण लगानी, साँवा व्याज असुली नहुँदा सहकारीमा बचत र ऋणको सन्तुलन कायम गर्न चुनौती थपेको उहाँको भनाइ थियो । उहाँले हालै पारित विद्येयकले सहकारी संस्था सञ्चालनमा कानुनी जोखिम बढेकोले कानुन पालनाका लागि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले समाजिक कार्य गरेको छ भन्दैमा आर्थिक पाटोमा गरेको अनियमितताको गल्ती माफ नहुने बताउनुभयो । संस्था सञ्चालनमा समस्या देखिएमा संस्थाको श्वेत पत्र जारी गर्नुपर्ने उहाँले बताउनुभयो ।

र्काक्रममा भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का लेखा सुपरिवेक्षण समिति संयोजक बालमुकुन्द उपाध्यायले कार्यक्रममा उपलब्ध भएको जोखिम प्रतिवेदनको बारेमा संस्थामा छलफल गर्नुपर्ने विचार राख्नुभयो ।

संघका प्रमुख कार्यकारी अधिकृत बालकृष्ण धोजूले संघले पहिलो पटक साकोस जोखिम विश्लेषण कार्यशालाको आयोजना गरिएको र यो कार्यशाला कर्ब्स, प्रोवेसन, एक्सेस जस्तै स्तरीकरण कार्यक्रमको पहिलो खुड्किलोको रुपमा रहेको विचार राख्नुभयो । साथै चैत्र २० गते  भक्तपुरको चार वटै नगरपालिकामा प्रभातफेरी कार्यक्रम सहीत ६८ औं राष्ट्रिय सहकारी दिवस मनाउन लागिरहेको समेत जानकारी गराउनुभयो ।

नेफ्स्कूनका कार्यक्रम अधिकृत सोबिता मैनालीले साकोसमा जोखिम विश्लेषण कार्यशाला सञ्चालन गर्नुका साथै पर्ल्स विश्लेषण सम्बन्धमा पनि प्रशिक्षण गर्नुभएको थियो । कार्यशाला गोष्ठीमा नेफ्स्कूनका बरिष्ठ कार्यक्रम सहायक चन्द्रदेब जोशी र सूचना प्रविधि सहायक मिलन कोइरालाको सहयोगमा सहभागी ४२ वटा संस्थाहरुको वित्तीय विश्लेषण गरी जोखिम प्रतिवेदन समेत संस्थाहरुलाई वितरण गरिएको थियो । कार्यक्रममा संघमा आवद्ध संस्थाहरुका पदाधिकारी, व्यवस्थापक तथा उच्च तहका कर्मचारीहरु गरी ७५ जनाको सहभागिता रहेको थियो । कार्यशालाको औपचारिक कार्यक्रम सञ्चालन संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभएको थियो । 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप