‘सहकारीका समस्या समाधानको साझा प्रयास’ विषयक बागमती प्रदेशस्तरीय गोष्ठी सम्पन्न, तीन बुँदे घोषणा पत्र जारी
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारीका समस्या समाधानको साझा प्रयास’ विषयक बागमती प्रदेशस्तरीय गोष्ठी सम्पन्न, तीन बुँदे घोषणा पत्र जारी

काठमाडौं । बमगती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.(प्रोस्कून) र प्रदेश मन्त्रालयको संयुक्त आयोजनामा आज ‘बागमती प्रदेशका सहकारी संस्थाहरुको समस्या सामाधानका लागि साझा प्रयास’ विषयक एक दिवसीय अन्तरक्रिया गोष्ठी सम्पन्न भएको छ । काठमाडौंमा आयोजित उक्त अन्तरक्रिया गोष्ठीमा बागमती प्रदेशभित्रका १३ वटै जिल्लाका बचत तथा ऋण सहकारी संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता बागमती प्रोस्कूनका अध्यक्ष उद्धव सापकोटाले गर्नुभएको थियो भने कार्यक्रम उद्घाटन प्रमुख अतिथि बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठले गर्नुभएको थियो । 

प्रोस्कूनका अध्यक्ष सापकोटाले गोष्ठी आयोजनाको उद्देश्यबारे प्रकाश पार्दै बागमती प्रदेशमा रहेका सहकारीहरुको समस्या समाधानको प्रयास स्वरुप गोष्ठी आयोजना गरिएको बताउनुभयो । 

कार्यक्रम सम्बोधनका क्रममा प्रमुख अतिथि मन्त्री श्रेष्ठले सहकारीको ऋण नतिर्नेलाई कडा कानुन बनाएर कारवाही गर्नुपर्ने बताउनुभयो । ऋणीले ऋण तिरे न बचतकर्ताले बचत फिर्ता पाउँछन्,  सहकारीको ऋण नतिर्ने ऋणीलाई सर्वप्रथम स्थानीय निकायले प्रदान गर्ने सुविधाहरु रोक्नुपर्छ, उहाँले भन्नुभयो । सदस्यलाई ऋण दिने क्रममा सहकारीले धितो राखेको सम्पत्ती लिलामी प्रक्रियामा जाँदा सम्बन्धित वडा अध्यक्षले सिफारिस नदिएको विषय सुन्नमा आएको भन्दै मन्त्री श्रेष्ठले कानुन सम्बत विषयलाई वडाअध्यक्षले रोक्न नहुने विचार व्यक्त गर्नुभयो । मन्त्री श्रेष्ठले सहकारी मार्फत भएका राम्रा र नराम्रा पक्षहरु सुनेर भन्दा हेरेर प्राप्त गरिने जानकारी बढी प्रभावकारी हुने भन्दै सहकारीका विषयलाई समेटेर चलचित्र निर्माण गर्ने लागेको बताउनुभयो । 

गोष्ठीको पहिलो सत्रमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का  प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले वित्तीय सहकारीमा Fit and Proper test को आवश्यता र औचित्यताका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त सत्रमा प्रोस्कूनका अध्यक्ष उद्धप सापकोटा सहजकर्ताको भूमिकामा हुनुहुन्थ्यो भने कार्यपत्रमाथि टिप्पणी बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रूद्रप्रसाद लामिछानेले गर्नुभएको थियो ।  

त्यसैगरि दोस्रो सत्रमा समस्या समाधानमा सहकारी संस्थाहरुको वर्गीकरणको आवश्यकता, औचित्य र महत्व बारे कार्यपत्र प्रस्तुती बागमती प्रोस्कूनका प्रमुख कार्यकारी अधिकृत केशव दाहालले गर्नुभएको थियो । सत्रको अध्यक्षता संघका वरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेशका १३ वटै जिल्लाका बचत तथा ऋण सहकारी संघबाट पनि जिल्लाको बचत अभियानको बारेमा प्रस्तुतीकरण गरिएको थियो ।

कुल ४ हजार ९ सय बचत तथा ऋण सहकारी संस्थाहरु र १३ जिल्ला बचत संघ सञ्चलनमा रहेको बागमती प्रदेशभित्र प्रोस्कूनले स्थापनाकाल देखि सहकारी संघ संस्थाको विकास र प्रवद्र्धनका लागि काम गर्दै आईरहेको प्रोस्कूनका अध्यक्ष सापकोटाले बताउनुभयो । उहाँले सरकारले सहकारी अध्यादेशमार्फत वित्तीय कारोबारमा अंकुश लगाउन खोजेको विषयलाई उदृत गर्दै बचत तथा ऋण सहकारी अभियानको ऐक्यबद्ध आवाज आवश्यक रहेको विचार राख्नुभयो । सहकारीका विद्यमान समस्या समाधान गर्न अभियान र राज्यको भूमिका के हुने भन्ने विषयमा सर्वप्रथम प्रष्ट हुनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रदेशमा देखिएका समस्याको गहन छलफल गरी समस्या समाधान गर्न गोष्ठी उपयोगी हुन्छ भन्नेमा विश्वस्त रहेको विचार उहाँले व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम सञ्चालन बागमती प्रोस्कूनका महासचिव गोविन्दप्रसाद काफ्लेले गर्नुभएको थियो भने सचिव ठाकुर प्रसाद बास्कोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा १३ वटै जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष एवम् प्रतिनिधि पदाधिकारी सदस्य, प्रमुख कार्यकारी अधिकृत व्यवस्थापक, ७४ वटा बचत तथा ऋण सहकारी संस्थावाट अध्यक्ष लगायत पदाधिकारी, सदस्य, व्यवस्थापक, बागमती प्रोस्कूनका पदाधिकारी, प्रमुख कार्यकारी अधिकृत, कर्मचारी लगायत १२६ जनाको उपस्थिति रहेको थियो । 

गोष्ठीको तेस्रो चरणमा प्रोस्कूनका उपाध्यक्ष कल्पना श्रेष्ठ बचत तथा ऋण सहकारी संघहरूले समस्या समाधानमा खेलेको भूमिका बिषयक ग‍ोलमेच छलफल (Round Table Discussion) सत्रको सहजकर्ताको भूमिकामा हुनुहुन्थ्यो भने टिप्पणीकारका रुपमा कास्कुनका अध्यक्ष दिपक पनेरू र ललितपुर जिल्ला बचत संघका अध्यक्ष रामहरि बजगाँई रहनु भएको थियो । गोष्ठीमा १३ वटै जिल्ला बचत संघका प्रमुख कार्यकारी अधिकृत व्यवस्थापक एवम्  उपलब्ध प्रतिनिधिहरूले जिल्लागत प्रस्तुतीकरण मार्फत अन्तरक्रियामा सहभागी हुनुभएको थियो ।

तीन बुँदे घोषणा पत्र 
१. सञ्जालमा आवद्ध सदस्य सहकारी संस्थाहरुलाई सर्वमान्य मानकहरुको आधारमा वर्गिकरण गरी सेवा प्रदान गर्ने बागमती प्रदेश भित्रका सबै बचत संघहरुले आगामी आ.व बाट आवश्यक प्रबन्ध मिलाउने प्रतिवद्धता गर्दछौं । 

२. वित्तीय सहकारी संस्थाको सञ्चालक हुन न्यूनतम योग्यता तोक्नका लागि प्रत्येक संस्थाले Fit and Proper Test को विधि निर्माण गरी कानुनी रुपमा वैधता प्राप्त गर्नका लागि नियामक निकायसँग पैरवी गर्नुका साथै अभियानमा अभ्यास आरम्भ गर्न प्रतिवद्ध छौं ।

३. संघको साझा कार्यसूचीहरु निर्माण गरी सोही कार्यसूचीका आधारमा सेवाको विविधीकरण गर्नेछौं ।

भर्खरै
बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२२ घण्टा अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

२ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न
श्री नवदुर्गा साकोसको २३औँ वार्षिक साधारण सभा सम्पन्न

५ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धनुषामा कृषक व्यवसाय खेल तालिम सञ्चालन 

७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

३ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

५ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

६ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१४ दिन अगाडि

वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
वारा स्थित बरदान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

११ दिन अगाडि

पाठकबाट थप