तालिमबाट पहिलो दिन सिकेको विषय पहिलो दिनबाटै व्यवहारमा लागु गरिसकें
प्रभात दिदीबहिनी साकोसका दिदीबहिनीहरुलाई बचत खेल तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
प्रभात दिदीबहिनी साकोसका दिदीबहिनीहरुलाई बचत खेल तालिम 

भरतपुर । प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लि., चितवनका दिदीबहिनी सदस्यहरुलाई बचत खेल तालिम Savings Game प्रदान गरिएको छ । साकोसको आयोजना र German Sparkassentiftung for international cooperation को सहयोगमा चैत्र १८ र १९ गते सञ्चालन भएको तालिम नेफ्स्कूनको प्राविधिक सहजीकरणमा भएको थियो । प्रभात दिदीबहिनी साकोसकी अध्यक्ष साधना श्रेष्ठ पोखरेलको अध्यक्षतामा आयोजित तालिमको प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारी हुनुहुन्थ्यो । अधिकारी प्रभात दिदीबहिनी साकोसको प्रतिनिधित्व गर्दै नेफ्स्कूनको उपाध्यक्षमा हुनुहुन्छ ।  

तालिममा ४५ जनाको सहभागिता थियो । तालिम सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमल राज अधिकारी र अधिकृत राजन सुवेदीले गर्नुभएको थियो । तालिम सिमुलेशन (खेल माध्यम) विधिबाट गरिएको थियो । 

तालिमका अवसरमा बोल्दै प्रमुख अतिथि नेफ्स्कूनकी उपाध्यक्ष शान्ति अधिकारीले सदस्यहरुको पारिवारिक स्थायित्व कायम गर्न पारिवारिक बजेट बनाएर खर्चगर्ने बानीको विकास गर्नुपर्ने सुझाउनुभयो । अहिलेको बचतले भविष्यको समस्या समधानको लागि काम गर्ने भएको हुँदा बचतलाई प्राथमिकता दिई कार्य गर्न उहाँले अनुरोध गर्नुभयो । आफ्नो फुर्सदको समयको सदुपयोग गरेर कुनै पनि किसिमको लघु तथा घरेलु व्यवसायको माध्यमबाट  वित्तीय अवस्थामा सुधार ल्याउन सकिने र त्यसबाटै आफु कुनै न कुनै व्यवसायमा दिगो रुपमा लाग्न सकिने भएकोले समयमै घरधन्दाको कामबाट केही समय निकालेर पनि व्यावसायिक काममा अगाडि बढ्न उपाध्यक्ष अधिकारीले सहभागीहरुलाई अनुरोध गर्नुभयो । 

तालिम सदस्यहरुलाई वित्तीय साक्षरताका माध्यबाट जिवनस्तरमा सुधार गर्न सहयोग गर्ने उद्देश्य सहित सञ्चालित थियो । तालिमले सदस्यहरुको जिवनमा अप्रत्यासित घटना घट्दा सहि निर्णय लिन, पारिवारिक वित्तीय स्थायित्व काम गर्न, जीवनको गुणस्तर वृद्धि गर्न, पारिवारीक बजेट निर्माण तथा कार्यान्वयन गर्न, वर्तमान र भविष्यको आवयश्कता र चाहना पहिचान तथा सन्तुलन गरेर पुरा गर्न सहयोग पुर्याउँदछ ।

तालिमका सहभागीहरुको प्रतिनिधित्व गर्दै साकोसकी सदस्य मिना उप्रेतिले तालिम अत्यन्त राम्रो, जीवनोपयोगी रहेको र तालिमको पहिलो दिन सिकेको कुराहरु पहिलो दिनबाटै आफ्नो वित्तीय व्यवहारमा लागु गरिसकेको बताउनुभयो । 
 
लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप