राष्ट्र बैंकको निर्देशन संशोधनको माग गर्दै सहकारी अभियानको टोलीद्वारा भेटवार्ता
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
राष्ट्र बैंकको निर्देशन संशोधनको माग गर्दै सहकारी अभियानको टोलीद्वारा भेटवार्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको निर्देशन तथा मापदण्ड २०८१ का केही बुँदाहरूले सहकारी अभियानमा प्रतिकूल प्रभाव पार्ने देखिएको भन्दै, राष्ट्रिय सहकारी महासंघको नेतृत्वमा सहकारी क्षेत्रका सरोकारवालाहरूले नेपाल राष्ट्र बैंकसँग औपचारिक भेटवार्ता गरेका छन् । महासंघकी अध्यक्ष ओमदेवी मल्लको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले राष्ट्र बैंकसँग आज भएको छलफलमा निर्देशनका केही बुँदाहरूको संशोधन तथा पुनरावलोकन गर्नुपर्ने माग राखेको हो ।

छलफलका क्रममा अध्यक्ष मल्लले निर्देशनका कारण सहकारी संघसंस्थाको व्यवस्थापन, सदस्यको सेवा प्रवाह, तथा वित्तीय परिचालनमा आएको असरबारे विस्तृत जानकारी गराउँदै सहकारीहरूको विशिष्ट स्वरूपलाई बुझेर नीतिगत निर्णय लिन आग्रह गर्नुभयो । प्रतिनिधिमण्डलसँगको छलफलमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना पूर्ण सहभागि हुन नसकेपछि सुझाव संकलनको जिम्मा कार्यकारी निर्देशक गुरु प्रसाद पौडेललाई दिनुभएको थियो ।

छलफलमा सहभागी सहकारी अभियन्ताहरूले निर्देशनले सहकारी संस्थामा वित्तीय असन्तुलन, सदस्यको विश्वासमा गिरावट र सेवा प्रवाहमा अवरोध ल्याउन सक्ने चिन्ता व्यक्त गरेका थिए । कार्यकारी निर्देशक पौडेलले सहकारी क्षेत्रको चासो र सरोकारप्रति आफू सकारात्मक रहेको स्पष्ट पार्दै, न्यायोचित रूपमा सम्बोधन गरिने आश्वासन दिनुभयो । उहाँले सहकारी अभियानलाई सम्मान गर्दै, व्यावहारिक समाधानतर्फ राष्ट्र बैंक अघि बढ्ने बताउनुभयो ।

छलफलमा महासंघका उपाध्यक्ष डिवी बस्नेत, इन्दिरा पन्त, टेकप्रसाद चौलागाईं, साथै नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, राष्ट्रिय सहकारी बैंक, प्रोस्कून, तथा विभिन्न जिल्लास्तरीय सहकारी संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । सहकारी क्षेत्रलाई सुदृढ, दिगो र समाजमैत्री बनाउने उद्देश्यका साथ सहकार्यको वातावरण निर्माण गर्न राष्ट्र बैंक सकारात्मक बन्नुपर्ने धारणा कार्यक्रममा व्यक्त भएको थियो ।
 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१९ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३६ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२८ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

४१ दिन अगाडि

पाठकबाट थप