सदस्य केन्द्रित सेवा प्रवाहको प्रतिबद्धता सहित चन्द्रागिरि साकोसले मनायो २४औं बार्षिकोत्सव
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सदस्य केन्द्रित सेवा प्रवाहको प्रतिबद्धता सहित चन्द्रागिरि साकोसले मनायो २४औं बार्षिकोत्सव

काठमाण्डौं । चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाले आफ्नो स्थापनाको २४ औं वर्ष पुरा गरेको अवसरमा बैशाख ६ गते शनिवारबाट गोदावरी न.पा.१४, ठैबमा थप एक सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । निवर्तमान अध्यक्ष एवं विश्व श्रम संगठन (ILO)को गभर्निङ कमिटीका सदस्य योगेन्द्रकुमार कुँवरको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा गोदावरी न.पा. वडा नं ३ को वडाध्यक्ष सानुराजा घिमिरे र वडा नं १४ का वडाध्यक्ष निरोज बज्राचार्य लगायत स्थानीय संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । सो अवसरमा सेवाकेन्द्र उद्घाटन तथा स्टार हस्पिटल सानेपा ललितपुरको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रमको अयोजना गरिएको थियो ।

ललितपुरको पुल्चोकमा अवस्थित साविक पाटन बहुउद्देश्यीय सहकारी संस्था र चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाविच एकीकरण भई उक्त संस्थाको एक सेवाकेन्द्र गोदावरी न.पा.को बाडेगाउँमा सञ्चालनमा रहेकोमा बैशाख ६ गते ठैबमा एक सेवाकेन्द्र स्थापना गरिएको सो सेवाकेन्द्रबाट सेवा सञ्चालन गरिएको हो । उक्त सेवाकेन्द्रको उद्घाटन गर्ने क्रममा प्रमुख अतिथि योगेन्द्रकुमार कुँवरले सहकारीको छवी खस्कँदो अवस्थामा रहेको वर्तमान समय चन्द्रागिरिले समुदामुखी र सहकारी सिद्धान्त र मुल्य अनुरुपको सेवा प्रवाह गर्दै सहकारीले बैंक भन्दा बढि सेवा दिन सक्ने कुरा पुष्टी हुने गरी अगाडी बढ्न सुझाव दिनु भएको थियो । त्यसै गरी गोदावरी न.पा. वडा नं ३ का वडाअध्यक्ष सानुराजा घिमिरेले चन्द्रागिरि साकोसले सदस्य र समुदायको लागि आवश्यक पर्ने विविध पक्ष सहित सेवा प्रदान गरेको कुरा आफूले बुझेको र सहकारी कार्यक्रममा आउन सोच विचार गर्नुपर्ने अवस्था भएपनि चन्द्रागिरिको कार्यक्रममा उपस्थित हुँदा आफु ढुक्क भएको विचार राख्नुभयो ।

त्यसैगरी गोदावरी न.पा. वडा नं १४ का वडाध्यक्ष निरोज बज्राचार्यले १४ नं वडामा चन्द्रागिरिको सेवाकेन्द्र स्थापना भएको खुशी व्यक्त गर्दै समुदायमुखी कार्य गर्नको लागि संस्थालाई आवश्यक पर्ने सहयोग पुर्याउन आफु तत्पर रहेको कुरा व्यक्त गर्नुभयो । संस्थाका अध्यक्ष शिवशंकर मानन्धरले २४ औं स्थापना दिवस तथा सेवाकेन्द्र उद्घाटनको अवसरमा संस्थाका सदस्य, संस्थापक, पूर्वसञ्चालक, कर्मचारी व्यवस्थापन लगायत नेफ्स्कुन, राष्ट्रिय सहकारी बैंक र प्रदेश तथा जिल्ला तहका छातासंघहरु, नियामक निकाय, सञ्चारजगत र सरोकारवालाहरु प्रति धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दै संस्थालाई सुरक्षित र भरपर्दो सहकारी गन्तव्य बनाउने प्रतिवद्धता व्यक्त गर्नुभयो र सबै सहकारी संस्थाहरूलाई एउटै दृष्टिकोणबाट मूल्यांकन गर्नु न्यायोचित नहुने भन्दै सिद्धान्त अनुरूप संचालित सहकारीहरूको पहिचान, संरक्षण र प्रवर्द्धनमा राज्यको गम्भीर भूमिका निर्वाह गर्न सरकारसँग आग्रह समेत गर्नुभयो । 

संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठका अनुसार वि.स. २०५८ साल बैशाख ६ गते २५ जना सदस्य र २५ हजार रकम सहित तत्कालिन महादेवस्थान गा.वि.स. र आसपास गा.वि.सहरुमा कार्य गर्दै सुरु भएको चन्द्रागिरिको सेवा हाल २१ हजारको ९ सय सदस्य, ३ अर्ब ६३ करोड रुपैयाँको कुल सम्पत्ति, ३ अर्ब रुपैयाँ बचत, २ अर्ब ३० करोड रुयौयाँ ऋण लगानी र २१ करोड रुपैया संस्थागत तथा अन्य पुँजी सहित सदस्यरुलाई ७ प्रकारका सामाजिक सुरक्षा सम्बन्धी सुविधा, ४ प्रकार अन्य सेवाहरु र ५ प्रकारका डिजिटल बैंकिङ सेवाहरु प्रदान गर्दै आईरहेको छ । हाल संस्थाले काठमाण्डौं, ललितपुर र धादिङको धुनीबेसी न.पा. र थाक्रे गा.पा.का जनसमुदायलाई सेवा प्रवाह गरिरहेको छ ।

 

 

 

 

 

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

९ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

१० दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

११ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

११ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१७ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१८ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३५ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३३ दिन अगाडि

पाठकबाट थप