जनप्रतिनिधि र सहकारीका प्रतिनिधिहरुलाई एकसाथ क्षमता अभिवृद्धि गर्दै दशरथचन्द नगरपालिका  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
जनप्रतिनिधि र सहकारीका प्रतिनिधिहरुलाई एकसाथ क्षमता अभिवृद्धि गर्दै दशरथचन्द नगरपालिका  

बैतडी । दशरथचन्द नगरपालिकाका जनप्रतिनिधि र सरोकारवालाहरुका लागि क्षमता अभिवृद्धि तालिम प्रदान गरिएको छ । दशरथचन्द नगरपालिकाको आयोजना, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को प्राविधिक सहयोग र जीवनज्योती बचत तथा ऋण सहकारी संस्था लि.को समन्वयवमा जनप्रतिनिधि, सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापक र सरोकारवालाहरुका लागि क्षमता अभिवृद्धि तालिम आयोजना गरिएको हो । वैशाख १० देखि १२ गतेसम्म नगरपालिकाको सभाहलमा सञ्चालन हुने त्री दिवसीय तालिमको पहिलो दिन आज नगरपालिकाका जनप्रतिनिधिहरु र सरोकारवालाहरुका लागि तालिम प्रदान गरिएको हो । 

नगरपालिकाका नगर प्रमुख पुष्कर राज जोशीको अध्यक्षतामा तालिमको शुभारम्भ भएको थियो । तालिम कार्यक्रममा नगर उप प्रमुख कौशिला चन्द, नगरका कार्यपालिकाका सदस्यहरु, वडाका सचिवहरु, नेफ्स्कूनका तालिम प्राचार्य बल्लभ तिमिल्सीना, स्थानीय सरोकारवालाहरु सहित ५० जनाभन्दा बढीको सहभागिता रहेको थियो । तालिमको सहजीकरण नेफ्स्कूनका तालिम प्राचार्य बल्लभ तिमिल्सीनाले गर्नुभएको छ । 

नगर प्रमुख जोशीले व्यानरमा हस्ताक्षर गरि तालिम कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख जोशीले सहकारीका सरोकारवालाहरुको क्षमता अभिवृद्धि लगायत सहकारी प्रवर्द्धनात्मक कार्यक्रमहरु पालिकाको नीति तथा कार्यक्रममा समावेश भएअनुरुप सञ्चालन भएको जानकारी गराउनुभएको थियो । उहाँले आगामी आर्थिक वर्षमा पालिकाका सवै वडा कार्यालयहरु मार्फत कृषि क्षेत्र प्रवर्द्धनात्मक कार्यक्रम ल्याई जनताको आर्थिक जीवनस्तर सुधारका क्षेत्रमा काम गर्ने गरि बजेट विनियोजनको तयारी भएको बताउनुभयो । स्थानीय सरकारलाई सहकारी नियमन र दर्ताको अख्तियारी दिएको भएपनि जनशक्ति अभावका कारण काममा कठिनाई भएको उहाँको भनाई थियो । 

कार्यक्रममा बोल्दै नगर उप प्रमुख कौशिला चन्दले पालिकाले पहिलो पटक सहकारी सम्बन्धी महत्वपूर्ण तालिम आयोजना गरेको र यसले सहकारीका अध्यक्ष, पदाधिकारी, सञ्चालक तथा व्यवस्थापकहरुमा सहकारीप्रतिको धारणामा स्पष्टता ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । 

कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नविन चन्द पाण्डेयले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन सहकारी शाखा प्रमुख अम्बा दत्त बोगटीले गर्नुभएको थियो । कार्यक्रमको व्यवस्थापन सहयोग नेफ्स्कून डडेलधुरा सदस्य सेवा कार्यालयका प्रमुख योगेश बोहराले गर्नुभएको थियो । 

तालिमको दोस्रो र तेस्रो दिन नगरपालिकाभित्र सञ्चालित सहकारीका अध्यक्ष र व्यवस्थापकहरुको क्षमता अभिवृद्धि गर्ने कार्यक्रम रहेको नेफ्स्कून डडेलधुरा सदस्य सेवा कार्यालयका प्रमुख योगेश बोहराले साकोस आवाजलाई जानकारी  गराउनुभयो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप