सबैको साकोसद्वारा जेष्ठ सदस्य सम्मान तथा भ्रमण कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सबैको साकोसद्वारा जेष्ठ सदस्य सम्मान तथा भ्रमण कार्यक्रम सञ्चालन

तिलोत्तमा । सबैको बचत तथा ऋण सहकारी संस्था लि.को चौथो एकीकरण दिवशको सन्दर्भमा बैशाख १० गते संस्थाका ७५ वर्ष माथीका जेष्ठ सदस्यहरुलाई भ्रमण तथा सम्मान र मानव सेवा आश्रम मोक्षधाममा अक्षय कोष स्थापनार्थ सहयोग रकम हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । 

संस्थामा क्रियाशिल ७५ बर्ष पार भएका सदस्यहरुलाई केवलकारबाट पाल्पा स्थित बसन्तपुर भ्रमण गराइएको थियो । विगत बर्षमा जस्तै संस्थाले यस बर्ष पनि जेष्ठ सदस्य भ्रमणको आयोजना गरेको हो ।

जेष्ठ सदस्यहरुको भ्रमण पश्चात संस्थामा आयोजित कार्यक्रममा जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो । संस्था र समाजमा लामो योगदान दिएका जेष्ठ सदस्यहरुलाई सम्मान गरिएको हो । यस बर्ष ७५ बर्ष पार भएका १३ जना मध्ये १० सदस्यहरु भ्रमण तथा सम्मान कार्यक्रममा सहभागी हुनु भएको थियो । 

संस्थाका अध्यक्ष भरतराज भूसालको अध्यक्षता तथा संस्थाका बरिष्ठ सदस्य प्राध्यापक डाक्टर गणेश पाठकको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । जेष्ठ सदस्यहरुलाई संस्थाका सल्लाहकारहरु प्रा.डा.रामचन्द्र आचार्य, रामचन्द्र ढकाल, प्रोस्कुन लुम्बिनीका अध्यक्ष कृष्णप्रसाद नेपाल, राजेन्द्र सुवेदी, गायत्री पाण्डेयले दोसल्ला, रुद्राक्ष माला र कदर पत्र सहित सम्मान गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष भूसालले समाज र परिवार एकांकी हुदै गएको अवस्थामा परिवारका जेष्ठ सदस्यहरुले एक्लो महसुस गर्नु परेको छ, जेष्ठ सदस्यहरु लामो अनुभव, ज्ञान र ब्यवहारको संग्रह हुनुहुन्छ, उहाँहरुको ज्ञान र अनुभवले समाजलाई अग्रगति दिन निर्देशित गर्ने हुदा उहाँहरुप्रति सम्मान आवश्यक रहेको बताउनुभयो । संस्थाले एकीकरण दिवसको सन्दर्भमा हरेक बर्ष जेष्ठ सदस्यहरुलाई सम्मान गर्ने कार्यक्रम आयोजना गर्ने गरेको छ ।

प्रमुख अतिथि प्रा.डा. गणेश पाठकले जेष्ठ सदस्यहरु परिवारको असल परम्परा र संस्कारका प्रवर्द्धक भएकाले उहाँहरुको सम्मान गर्ने कार्य छाड्न नहुने बताउनु भयो । संस्थाका सल्लाहकार रामचन्द्र ढकालले संयुक्त परिवारमा हजुरबा र हजुर आमाले नाति नातिनीहरुलाई समाज, संस्कृति र परम्पराको ज्ञान हस्तान्तरण गर्ने हुँदा संस्कृति र परम्पराको जगेर्ना गर्न पनि पाको पुस्ताको सम्मान र उहाँहरु परिवार संगै रहनुपर्ने आवश्यकबारे बताउनु भयो ।

सम्मानित जेष्ठ सदस्य देवि प्रसाद पाण्डेयले सहकारीले पाको पुस्तालाई सम्मानित गरेर आफुहरुलाई उत्साहित गराएको बताउनु भयो । शारिरीक कमजोरी बाहेक जेष्ठ नागरिकहरुमा विगतका अनेक अनुभव, ज्ञान र इतिहास रहने हुदा परिवार र समाजले जेष्ठ नागरिकहरुबाट ती विषयमा लाभ लिन सक्नु पर्ने बताउनु भयो । 

सम्मानित सदस्य बाबुराम न्यौपानेले भ्रमणको अनुभव सुनाउदै एकै बर्ष समूहका धेरै ब्यक्तिलाई भेटघाट, भ्रमण र सम्मानको अवसर जुराइदिएकोमा संस्थालाई धन्यवाद दिनु भयो ।

सोही कार्यक्रममा तिलोत्तमा नगरपालिका वडा नं. ६ स्थित मानव सेवा आश्रमलाई संस्थाको सामुदायिक विकासमा सहकार्य अन्तर्गत अक्षयकोषका लागि रु. २५ हजार हस्तान्तरण गरिएको थियो ।

संस्थाका सचिव देवानन्द पाण्डेयको सञ्चालनमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष एवं भ्रमण कार्यक्रम संयोजक चुरामणि पाण्डेयले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।

सबैको साकोस वि.सं. २०७७ चैत्रमा ११ वटा सहकारी संस्था एकीकृत भई सञ्चालनमा रहेको छ । यसै बर्ष सहकारी दिवसका अवसरमा सबैको साकोस लुम्बिनी प्रदेश कृषि, भूमिब्यवस्था र सहकारी मन्त्रालयबाट उत्कृष्ट सहकारीका रुपमा पुरस्कृत समेत भएको छ । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप