मकवानपुरमा सकारीहरुका लागि ‘फिट एण्ड प्रपर टेष्ट’ अभिमुखिकरण सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
मकवानपुरमा सकारीहरुका लागि ‘फिट एण्ड प्रपर टेष्ट’ अभिमुखिकरण सञ्चालन

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) मकवानपुर सदस्य सेवा कार्यालयको आयोजनामा सहकारीहरुका लागि एक दिवसीय ‘फिट एण्ड प्रपर टेष्ट’ अभिमुखिकरण सोमबार सञ्चालन गरिएको छ । सहकारीका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र उच्च व्यवस्थापन कर्मचारीहरुलाई लक्षित गरि आयोजना गरिएको ‘फिट एण्ड प्रपर टेष्ट’ अभिमुखिकरण कार्यक्रममा विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरुबाट गरि ३९ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्यहरु क्रमशः श्रमिक लामा, राजु गौतम र आशा कुमारी अधिकारीको उपस्थिति रहेको थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ तालिम अधिकृत कोमलराज अधिकारीले गर्नुभएको थियो । उहाँले ‘फिट एण्ड प्रपर टेष्ट’ भनेको के हो ? सहकारीमा ‘फिट एण्ड प्रपर टेष्ट’ किन आवश्यक छ ? साकोस सञ्चालनमा यसको प्रभावकारिता के छ ? भन्ने लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  

कार्यक्रममा नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य श्रमिक लामाले जसरी मानिस स्वस्थ छ छैन थाहा पाउन  होलबडी चेकअपको आवश्यकता हुन्छ, त्यस्तै नै सहकारी पनि पूर्ण रुपमा स्वस्थ छ छैन थाहा पाउन समग्र चेकजाँच आवश्यक हुने हुँदा फिट एण्ड प्रपर टेष्ट सहकारीको अनिवार्य टुल्स्को रुपमा विकास भएको बताउनुभयो ।

उहाँले सहकारी अभियान सशक्त अभियान हो, समुदायको जराबाट उब्जिएको अभियानलाई कमजोर अभियानको रुपमा कसैले लिन नहुने भन्दै सहकारी अभियानमा निराश हुनुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुुभयो, ‘सहकारी अभियानमा विकसित पछिल्ला घटनाक्रमहरुमा पनि नेफ्स्कूनले निरन्तर वहश पैरवी जारी राखेको र त्यसको सकारात्मक संम्बोधन हुने विश्वास अभियानले प्राप्त गरेको हुँदा सबै नै ढुक्कका साथ सहकारी कर्ममा लाग्न अनुरोध गर्नुभयो ।’ 

‘फिट एण्ड प्रपर टेष्ट’ को उद्देश्य सहकारीको सञ्चालक समितिमा योग्य, उच्च नैतिक एवम् सार्वजनिक छविसहित सामाजिक पुँजी आर्जन गरेका, सहकारी सञ्चालन पद्धतिबारे व्यावहारिक ज्ञान भएका र यसका विशिष्ट मूल्य, मान्यता र सिद्धान्तको परिपालनाप्रति प्रतिबद्ध र सुशासित, स्वयंसेवी भाव भएका एवम् समय व्यवस्थापन गर्न सक्ने व्यक्तिहरुलाई सञ्चालक समितिमा प्रतिनिधित्व गराउन अभिप्रेरित गर्ने हो । नेफ्स्कूनले साकोस अभियानमा ‘फिट एण्ड प्रपर टेष्ट’ लागु गराउन विविध कार्यक्रमहरु मार्फत जागरुक गराउने काम गरेको छ । 

योग्य र सही व्यक्ति सहकारीको सञ्चालक बन्दा संस्थागत वृद्धि तथा विकास हुने भएकोले पछिल्लो समय सहकारी अभियानमा असल अभ्यासको विधि र पद्धति स्वरुप ‘फिट एण्ड प्रपर टेष्ट’ स्थापित गर्न खोजिएको हो ।  

साकोस अभियानभित्र फिट एण्ड प्रपर टेष्टबारे जागरण फैलाउन नेफ्स्कूनको अगुवाईमा देशव्यापी विविध कार्यक्रमहरु समेत आयोजना भईरहेका छन् । कार्यक्रम सञ्चालन तथा व्यवस्थापन सहजीकरण नेफ्स्कून मकवानपुर सदस्य सेवा कार्यालयका कर्मचारीहरुले गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप