प्राधिकरणले 'साकोसको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल' विषयक प्रस्तुतिकरण गर्ने
वैशाख २५ मा सुनसरीमा कोशी प्रदेश स्तरीय साकोस गोष्ठी हुँदै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
वैशाख २५ मा सुनसरीमा कोशी प्रदेश स्तरीय साकोस गोष्ठी हुँदै

काठमाडौं । अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी लगातार तीनवटा प्रदेशमा सञ्चालन हुँदैछ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा कोशी प्रदेश अन्तर्गत सुनसरीमा वैशाख २५ गते हुन गईरहेको गोष्ठीमा फरक फरक प्रस्तोताबाट तीनवटा महत्वपूर्ण विषयवस्तुहरुमा प्रस्तुतीकरण रहने कार्यक्रम रहेको संघले जनाएको छ । 

'साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा' विषयक पहिलो प्रस्तुतीकरण नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को तर्फबाट रहनेछ । 

दोस्रो, 'सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका' का विषयमा चार्टर्ड एकाउण्टेन्ट्को प्रस्तुतीकरण रहनेछ । 

तेस्रो, 'बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल' विषयक प्रस्तुतीकरण राष्ट्रिय सहकारी नियमन प्राधिकरणको तर्फबाट रहनेछ । 

लगातार तीनवटा प्रदेशमा आयोजना गरिने गोष्ठी र समाविष्ट साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा, सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका र बचत ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल विषयक प्रस्तुतीकरणबाट सहकारीको पहिचान प्रवद्र्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुलाई सचेत गराउने ध्येयका साथै नेपालको सहकारी अभियानको विद्यमान कानुनका द्विविधा तथा छरिएर रहेको समस्या समाधानको रूपमा गोष्ठी कोशेढुंङ्गा बन्ने अपेक्षा संघको रहेको छ ।

विगत लामो समयदेखि प्रत्येक बर्ष केन्द्रीय स्तरमा राष्ट्रिय गोष्ठी सञ्चालन गर्दै आइरहेको नेफ्स्कूनले यसपटक भने प्रदेशस्तरीय गोष्ठी आयोजना गरेको हो । करिब दुई सय जनाभन्दा बढीको सहभागिता रहने हरेक गोष्ठीमा सहकारी संस्थाका लेखा सुपरिवेक्षण समिति, व्यवस्थापक तथा अन्य सरोकारवाला व्यक्तिहरुको सहभागिता रहनेछ । 

मधेश प्रदेश अन्तर्गत बर्दिबासमा २८ गते र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने गरि बाँकेको नेपालगन्जमा वैशाख ३१ गते गोष्ठी सञ्चालन हुने भएको छ । गोष्ठी सहभागिताका लागि वैशाख ४ गतेदेखि नै रजिष्ट्रेशन खुला गरिएको छ । उपलब्ध स्थान, स्रोत साधनको व्यवस्थापनलाई ध्यान दिँदै सिमित सिटमा मात्र सहभागिताका लागि फाराम खुला गरिएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न नेफ्स्कूनद्वारा आव्हान गरिएको छ ।  

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप