सदस्यमैत्री सेवा, साढे ९ हजार सदस्य, ८८ करोढ बढी सम्पत्ती 
हाम्रो जनकल्याण साकोसले मनायो २९औं स्थापना दिवस 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
हाम्रो जनकल्याण साकोसले मनायो २९औं स्थापना दिवस 

दोलखा । चरिकोटस्थित हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्था लि. ले विविध कार्यक्रम गरि २९ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसका अवसरका संस्थाका उत्कृष्ट उद्यमी सदस्य सम्मानबाट कल्पना बुढाथोकी, भगवती बस्नेत र भीम बहादुर बिकलाई तीन हजार नगद सहित सम्मान गरिएको छ । त्यसैगरी जेष्ठ नागरिक सम्मानबाट ९३ वर्षका बल बहादुर अधिकारी र ९२ वर्षका पदम कुमारी खडकालाई तीन हजार नगद सहित जेष्ठ नागरिक सम्मान गरिएको छ । साथै, हाम्रो जनकल्याण सञ्चारकर्मी फेलोशीप प्राप्त गर्ने पत्रकारहरुलाई प्रशंसा पत्र वितरण गरिएको छ । कार्यक्रममा सदस्यको उत्पादनलाई ब्रान्डिङ तथा प्याकेजिङ सम्बन्धि अन्तरक्रिया गरिएको थियो । 

सहकारीका सदस्यले उत्पादन गरेका वस्तुको बजारीकरणका लागि स्थानीय सरकार तथा व्यावसायिक निकायसँग साझेदारी गर्ने र सदस्यलाई समृद्ध बनाउने लक्ष्यका साथ हाम्रो जनकल्याणले उद्यमी सदस्यका लागि विभिन्न प्रोत्साहनमुलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । 

२९ औं स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य भरत बहादुर केसीले ग्रामीण नागरिकको जनजीविकासँग सहकारी प्रत्यक्ष जोडिएकाले बचतमात्र होइन उद्यमशीलताका लागि ऋण सुविधा लिने र ऋणको सही सदुपयोग गर्नुपर्ने बताउनुभयो । हाम्रो जनकल्याणले विगतदेखि नै सदस्यमैत्री गतिविधि सञ्चालन गर्दै आएको र स्थानीय तहसँग पनि साझेदारी गरी रचनात्मक गतिविधि सञ्चालन गरिरहेकाले त्यसको निरन्तरताका लागि बागमती प्रदेश सभा सदस्य केसीले आग्रह गर्नुभयो । त्यसैगरी बागमती प्रोस्कुनका बरिष्ठ उपाध्यक्ष जिवसराज खड्काले हाम्रो जनकल्याणको बचत तथा ऋणको मात्र नभई सदस्यहरुलाई उद्यमी बनाउने, सदस्यको उत्पादनलाई ब्रान्डिङ तथा प्याकेजिङ गर्ने र समृद्धिको यात्रामा सदस्यलाई जोड्ने योजना प्रशंसनीय भएकाले छाता संघहरुले त्यसमा आवश्यक सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा भीमेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख नारायण सेढाइ, जिल्ला सहकारी संघका अध्यक्ष देवी प्रसाद शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

संस्थाका अध्यक्ष राजन श्रेष्ठले संस्थाको गतिविधिहरु नियमसंगत रुपमा सञ्चालन गरिएको र सदैव सदस्य सम्बन्ध बलियो बनाउदै हाम्रो जनकल्याण अघि बढेको बताउनुभयो । कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत दिपक बस्नेतले उद्यमशीलता प्रबद्र्धन सम्बन्धी प्रस्तुती गर्दै संस्थाको आगामी लक्ष्य तथा रणनीतिका बारेमा जानकारी गराउनु भएको थियो । संस्थाका उपाध्यक्ष सहदेव खडकाले स्वागत मन्तव्य राख्दै संस्थाले सञ्चालन गरेका विभिन्न गतिविधिहरुका बारेमा जानकारी गराउनुभएको थियो ।

२०५४ साल बैशाख १७ गते स्थापना भएको हाम्रो जनकल्याण बचत तथा ऋण सहकारी संस्थामा हालसम्म ७ वटा विभिन्न सहकारी एकीकृत भएका छन् । ९ हजार ५ सय शेयर सदस्य रहेको संस्थाको कार्य क्षेत्र दोलखा जिल्ला भरी रहेको छ भने ८८ करोड ३७ लाख बराबरको सम्पत्ति तथा दायित्व रहेको छ । 

भर्खरै
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

७ दिन अगाडि

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२२ घण्टा अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

४ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

८ घण्टा अगाडि

पाठकबाट थप