सीसीयूएलबी सद्भाव भ्रमण टोलीलाई बाबियाखर्क साकोसको स्वागत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीसीयूएलबी सद्भाव भ्रमण टोलीलाई बाबियाखर्क साकोसको स्वागत 

काठमाडौं । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबीको २९औं नेपाल सद्भाव भ्रमण टोलीलाई आज साँझ बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.ले रिसेप्सन तथा स्वागत गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबी बीच विगत १९ बर्षदेखि सद्भाव भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आईरहेको छ । सोको निरन्तरता स्वरुप नेफ्स्कूनको निमन्त्रणामा आज साँझ नेपाल आईपुगेको २० सदस्यीय भ्रमण टोलीलाई बाबियाखर्क साकोसका अध्यक्ष तथा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले स्वागत तथा मायाको चिनो प्रदान गर्नुभएको छ ।

सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत कर्मचारीको उपस्थिति थियो । नेफ्स्कूनको तर्फबाट अध्यक्ष ढकालले भ्रमण टोलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 

स्वागत तथा परिचायत्मक कार्यक्रममा बाबियाखर्क साकोसको संस्थागत प्रस्तुतीकरण रहेको थियो भने नेफ्स्कूनका सिईओ सापकोटाले भ्रमणको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो । 

सद्भाव भ्रमण टोलीमा सीसीयूएलबीको तर्फबाट निर्देशक शेख शहिदुल इस्लाम, निर्देशक एमडी.सैफुदिन अहमद, वंगलादेश सहकारी विभागका एडिसनल रजिष्ट्रार असन कविर, डिभिजनल कोअपरेटिभ अफिसका जोइन्ट रजिष्ट्रार हर्वट सुकुमार पल्म, सीसीयूएलबीका सिनियर म्यानेजर, डिष्ट्रिक म्यानेजर, क्रेडिट युनियन कोअपरेटिभका अध्यक्ष, सचिव, सिईओ, लगायत २० सदस्यीय टोलिको सहभागिता रहेको छ । भ्रमण वैशाख २१ देखि २६ गते सम्मको रहेको छ । सो अवसरमा सीसीयूएलबी भ्रमण टोलिलाई सुन्दर पर्यटकीय नगरी पोखराको भ्रमण गराउनुको साथै पोखराका उत्कृष्ट सहकारीहरुको अध्ययन अवलोकन भ्रमण समेत गराईने कार्यक्रम रहेको छ । त्यसैगरि वैशाख २५ र २६ गते  सहकारी विभागसँगको साक्षात्कार साथै काठमाडौंका केही उदाहरणीय सहकारीहरुको समेत अवलोकन भ्रमण गराईने कार्यक्रम रहेको छ । सीसीयूएलबीको तर्फबाट नेपाल भ्रमण टोलीको नेतृत्व कोषाध्यक्ष नोरेश चन्द्र विश्वासले गर्नुहुनेछ भने उहाँहरूको नेपाल भ्रमण सहजताका लागि नेफ्स्कूनका प्रशासन अधिकृत शुभाष गौतम र बरिष्ठ सहायक मनोहर आचार्यले नेतृत्व गर्नुहुनेछ ।

नेपाल र बंगलादेश बीचका यस्ता सद्भाव भ्रमणले दुवै देशबीचको सहकारी प्रवर्द्धनमा थप टेवा पुग्ने र सिकाई अनुभवलाई एकआपसमा आदानप्रदान गर्ने अवसर प्राप्त हुँदै आएको छ ।  


भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

१० दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

११ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

१२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

१२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

२० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२९ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२८ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२७ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२९ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

१० दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

५९ दिन अगाडि

पाठकबाट थप