सीसीयूएलबी सद्भाव भ्रमण टोलीलाई बाबियाखर्क साकोसको स्वागत 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सीसीयूएलबी सद्भाव भ्रमण टोलीलाई बाबियाखर्क साकोसको स्वागत 

काठमाडौं । बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबीको २९औं नेपाल सद्भाव भ्रमण टोलीलाई आज साँझ बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लि.ले रिसेप्सन तथा स्वागत गरेको छ ।

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबी बीच विगत १९ बर्षदेखि सद्भाव भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आईरहेको छ । सोको निरन्तरता स्वरुप नेफ्स्कूनको निमन्त्रणामा आज साँझ नेपाल आईपुगेको २० सदस्यीय भ्रमण टोलीलाई बाबियाखर्क साकोसका अध्यक्ष तथा नेफ्स्कूनका पूर्व अध्यक्ष एवं सल्लाहकार ऋषिराज घिमिरेले स्वागत तथा मायाको चिनो प्रदान गर्नुभएको छ ।

सो अवसरमा आयोजित संक्षिप्त कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा लगायत कर्मचारीको उपस्थिति थियो । नेफ्स्कूनको तर्फबाट अध्यक्ष ढकालले भ्रमण टोलीलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । 

स्वागत तथा परिचायत्मक कार्यक्रममा बाबियाखर्क साकोसको संस्थागत प्रस्तुतीकरण रहेको थियो भने नेफ्स्कूनका सिईओ सापकोटाले भ्रमणको उद्देश्यबारे प्रष्ट पार्नुभएको थियो । 

सद्भाव भ्रमण टोलीमा सीसीयूएलबीको तर्फबाट निर्देशक शेख शहिदुल इस्लाम, निर्देशक एमडी.सैफुदिन अहमद, वंगलादेश सहकारी विभागका एडिसनल रजिष्ट्रार असन कविर, डिभिजनल कोअपरेटिभ अफिसका जोइन्ट रजिष्ट्रार हर्वट सुकुमार पल्म, सीसीयूएलबीका सिनियर म्यानेजर, डिष्ट्रिक म्यानेजर, क्रेडिट युनियन कोअपरेटिभका अध्यक्ष, सचिव, सिईओ, लगायत २० सदस्यीय टोलिको सहभागिता रहेको छ । भ्रमण वैशाख २१ देखि २६ गते सम्मको रहेको छ । सो अवसरमा सीसीयूएलबी भ्रमण टोलिलाई सुन्दर पर्यटकीय नगरी पोखराको भ्रमण गराउनुको साथै पोखराका उत्कृष्ट सहकारीहरुको अध्ययन अवलोकन भ्रमण समेत गराईने कार्यक्रम रहेको छ । त्यसैगरि वैशाख २५ र २६ गते  सहकारी विभागसँगको साक्षात्कार साथै काठमाडौंका केही उदाहरणीय सहकारीहरुको समेत अवलोकन भ्रमण गराईने कार्यक्रम रहेको छ । सीसीयूएलबीको तर्फबाट नेपाल भ्रमण टोलीको नेतृत्व कोषाध्यक्ष नोरेश चन्द्र विश्वासले गर्नुहुनेछ भने उहाँहरूको नेपाल भ्रमण सहजताका लागि नेफ्स्कूनका प्रशासन अधिकृत शुभाष गौतम र बरिष्ठ सहायक मनोहर आचार्यले नेतृत्व गर्नुहुनेछ ।

नेपाल र बंगलादेश बीचका यस्ता सद्भाव भ्रमणले दुवै देशबीचको सहकारी प्रवर्द्धनमा थप टेवा पुग्ने र सिकाई अनुभवलाई एकआपसमा आदानप्रदान गर्ने अवसर प्राप्त हुँदै आएको छ ।  

भर्खरै
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  

२० घण्टा अगाडि

कालिमाटि र पुरण्ठाँटी साकोसको संयुक्त आयोजनामा क्षमता विकास तालिम सम्पन्न
कालिमाटि र पुरण्ठाँटी साकोसको संयुक्त आयोजनामा क्षमता विकास तालिम सम्पन्न

२० घण्टा अगाडि

स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 
श्री दुध पोखरी साकोसमा नेफ्स्कूनको नियमित सुपरिवेक्षण 

२२ घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित मंगलपुर साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण 
सुशासन र जोखिम न्यूनीकरणमा केन्द्रित मंगलपुर साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण 

२२ घण्टा अगाडि

सहकारी सुशासन सुदृढीकरणका लागि पौरखी साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण
सहकारी सुशासन सुदृढीकरणका लागि पौरखी साकोसको नेफ्स्कूनद्धारा सुपरिवेक्षण

२३ घण्टा अगाडि

बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
बंगलामूखि साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२३ घण्टा अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न
स्क्यान कार्यक्रम अन्तर्गत दोस्रो स्थलगत सुपरिवेक्षण सम्पन्न

२० घण्टा अगाडि

दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
दाङ स्थित जनसेवा साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२२ घण्टा अगाडि

गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न
गौरिशंकर साकोसमा नेफ्स्कूनद्वारा स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 
अर्थभूमि साकोसमा नेफ्स्कूनद्धारा जोखिम विश्लेषण तथा अनुगमन 

३ दिन अगाडि

शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 
शंखधर साकोसको स्क्यान सुपरिवेक्षण सम्पन्नः सुशासन र जोखिम न्यूनीकरणमा जोड 

१० दिन अगाडि

स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  
स्क्यान कार्यक्रममा सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न  

२० घण्टा अगाडि

बालकुमारी साकोसको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न
बालकुमारी साकोसको आयोजनामा वित्तीय साक्षरता तालिम सम्पन्न

३ दिन अगाडि

प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 
प्रभात दिदीवहिनी साकोसको स्थलगत सुपरिवेक्षण 

६ दिन अगाडि

पाठकबाट थप