सहकारीको समसामयिक विषयकेन्द्रीत अन्तरक्रिया सहित भक्तपुर बचत संघको २१औं स्थापना दिवस सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीको समसामयिक विषयकेन्द्रीत अन्तरक्रिया सहित भक्तपुर बचत संघको २१औं स्थापना दिवस सम्पन्न 

भक्तपुर । जिल्ला बचत तथा ऋण सहकारी संघ लि. भक्तपुरले २१ औं स्थापना दिवसको अवसरमा वैशाख २१ गते “सहकारी विद्येयक, राष्ट्र बैंकद्वार जारी निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र” विषयक अन्तरक्रिया कार्यक्रम रोयल थाइ हस्पिटालिटी, राधेराधे भक्तपुरमा सम्पन्न गरेको छ । 

कार्यक्रमका प्रमुख अतिथि नेफस्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले शुभकामना मन्तव्य राख्दै सहकारी संस्थाको नियमन तथा अनुगमनका लागि ९४४ वटा निकाय हुँदा समेत नियमन नहुँदा सहकारीमा विकृती देखिएको भन्दै प्रभावकारी नियमन तथा अनुगमनको लागि दोस्रो तहको नियामक निकाय आवश्यक भएरै अभियानबाट माग भएको स्पष्ट पार्नु भयो । उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले निर्देशन तथा मापदण्ड जारी गरी हालको कानुनी अस्पष्टता तथा अन्यौलता हट्नेमा विश्वास व्यक्त गर्नुभयो । अभियानका सबैले आफ्नो कर्तव्य र भूमिका निभाउनुपर्नेमा जोड दिदै समस्याको समाधानमा लाग्नुपर्नेमा समस्या मात्र देखाएर बस्न नहुने उहाँको भनाइ थियो । सहकारीमा गलत गर्ने र सही गर्नेको पहिचान विना सहकारीको समस्या समाधान नहुने उहाँको भनाइ थियो ।

संघका अध्यक्ष कृष्ष्ण गोविन्द लाखाजूको सभापतित्वमा भएको सो कार्यक्रममा वहाँले सहकारी पिडितलाई बचत फिर्ताको सुनिश्चिता हुने गरी ऐन संशोधन हुन नसक्दा सहकारी ठगहरुलाई मलजल पुगेको बताउनुभयो । सहकारीमा बदमास गर्ने सहकारीलाई कार्वाही गर्न सक्ने कानुनको माग गरेकोमा माग गर्ने सहकारीलाई नै सिध्याउने ढंगबाट ऐन, निर्देशन र मापदण्ड जारी गर्नु गलत भएको उहाँको भनाइ थियो । वहाँले सहकारी अभियान एकजुट भई आन्तरिक रुपमा समुदाय तथा सदस्य केन्द्रीत सहकारी मैत्री कानुन संशोधनका लागि पहल भइरहेको जानकारी गराउनुभयो ।

बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले संघ संस्था स्तरीकरण कार्यक्रममा भाग लिई संघ संस्थाको स्तरीकरण गर्नुपर्ने बताउनुभयो । वागमती प्रोस्कूनले पहिलो चोटी संघहरुको स्तरीकरण कार्यक्रम संचालन गरी संघहरुको स्तरीकरणबाट प्रारम्भिक संस्थाहरुले गुणस्तरीय सेवा सुविधाको सुनिश्चितता हुने उहाँले बताउनुभयो । संघका संस्थापक अध्यक्ष राजेन्द्र दुमरुले संघ स्थापनाको चर्चा गर्दै सहकारीमा समयसँगै परिवर्तीत सहकारी नियम कानुन बमोजिम कार्य शैली परिवर्तन गर्नुको विकल्प नभएको बताउनुभयो । उहाँले सहकारीमा विकृतीहरुको निराकरणका लागि संघ स्थापनाकाल देखि नै सचेत गर्दै आएता पनि राज्यले ग्रहण नगर्दा सहकारीमा विषम समस्या सिर्जना भएको बताउनुभयो ।

संघका उपाध्यक्ष हरि बल्लले स्वागत मन्तव्य दिदैँ सहकारी पिडीतहरुको पक्ष भन्दा पनि सहकारी ठगहरुको संरक्षणमा ऐनकानुनले बढी प्रश्श्रय पाएको बताउनुभयो । वहाँले सहकारीमा कानुनी जटीलताहरु थप्दै सहकारी अभियानलाई कमजोर पार्ने कामहरु भइरहेकोमा दुख व्यक्त गर्दै समस्याको मुल जरासम्म पुगी सामाधानको उपायमा कामकार्वाही अगाडि बढाउनुपर्ने विचार राख्नुभयो । सदस्य संस्थाहरुसँग अन्तरक्रिया सहित सम्पन्न कार्यक्रमको सञ्चालन संघका सचिव जगनाथ प्रजापतिले गर्नु भएको थियो । 

बागमती प्रोस्कुनका प्रमुख कार्यकारी अधिकृत केशव प्रसाद दाहालले जारी सहकारी विद्येयक, निर्देशन तथा मापदण्ड, बचत तथा ऋण सहकारीको आगामी मार्गचित्र विषयमा कार्यपत्र प्रस्तुत गर्नु हुँदै हालको परिस्थितीमा ऐन नियम तथा कानुनको परिपालनाको लागि तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । संघ स्थापनाको पृष्ठभुमि, संघले खेलेको भुमिका, संघमा रहेका सदस्य संस्थाको आर्थिक, सुशासन, जोखिमका अवस्था र समुदायमा खेलेको भुमिका सहितको बृत्तचित्र प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा संघको सदस्य संस्थाहरुमध्ये सहकारी अभियानमा अनुकरणीय कार्य गर्ने उत्कृष्ट सहकारी व्यवसाय पुरस्कृत गर्ने उद्देश्यले संघको उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार कार्यविधि २०७८ बमोजिम जिल्लास्तरीय सहकारी व्यवसाय पुरस्कार श्री युवा बचत तथा ऋण सहकारी संस्था लि., चा.न.पा. ६, चाँगुनारायण नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार देवी महिला बचत तथा ऋण सहकारी संस्था लि.,चा.न.पा ९, भक्तपुर नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २ व्यासी, सूर्यविनायक नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार सुर्वर्णपुर बचत तथा ऋण सहकारी संस्था लि., सू.न.पा ५ र मध्यपुरथिमि नगरस्तरीय सहकारी व्यवसाय पुरस्कार श्री बालकुमारी बचत तथा ऋण सहकारी संस्था लि., मथिनपा ४ लाई पुरस्कृत गरियो । साथै ६८ औं राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा आयोजित भक्तपुर नगरस्तरीय प्रभातफेरी कार्यक्रममा उत्कृष्ट सहभागिताको पुरस्कार जित्न सफल भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि. भ.न.पा. ९,च्याम्हासिंह, बालाखु गणेश बचत तथा ऋण सहकारी संस्था लि.भ.न.पा २ र लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि., भ.न.पा. २, लाई पुरस्कार तथा सम्मान समेत वितरण गरेको थियो । सो कार्यक्रम संघका सदस्य संस्थाहरुबाट २०५ जनाको सहभागिता रहेको थियो । 

भर्खरै
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा महिला जागृती साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१७ घण्टा अगाडि

श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न
श्री त्रिशूल साकोसमा वार्षिक कार्ययोजना तथा चारवर्षीय रणनीतिक योजना तर्जुमा कार्यशाला सम्पन्न

१८ घण्टा अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण
नेफ्स्कूनद्वारा श्री हरियाली स्वावलम्बन साकोसको स्थलगत सुपरिवेक्षण

२ दिन अगाडि

रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
रुकुम (पश्चिम) स्थित श्री डिग्रे शाईकुमारी साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

लोकप्रिय
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 
स्क्यान कार्यक्रम कार्यान्वयनका लागि सम्झौता साथै स्थलगत सुपरीवेक्षण सम्पन्न 

१६ घण्टा अगाडि

विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 
विकू साकोसमा एक्सेस स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।
शिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी सूचना ।

२ दिन अगाडि

नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न
नालाछाप प्रगतिशील महिला साकोसमा नेफ्स्कूनको दोस्रो स्क्यान स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा श्री आकाशद्विप साकोसमा स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना
चन्द्रागिरि साकोसद्वारा ६२ विद्यार्थीलाई उच्च शिक्षा छात्रवृत्ति, साइबर सुरक्षाबारे सचेतना

६ दिन अगाडि

हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
हरपुर आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

९ दिन अगाडि

पाठकबाट थप