काठमाडौं । फिलिपिन्सको मनिलामा आयोजना हुन गईरहेको एशियाली क्रेडिट युनियन फोरम, २०२५ सहभागिताका लागि एशियाली ऋण महासंघ अकूद्वारा आव्हान गरिएको छ । फिलिपिन्सको राष्ट्रिय सहकारी महासंघ (NATCCO) र क्रेडिट सहकारी महासंघ (PFCCO) को संयुक्त आयोजनामा २०८२ भाद्र २३ देखि २८ गते (सेप्टेम्बर ८ देखि १३) सम्म फिलिपिन्सको क्राउन प्लाजा मनिला ग्यालेरियामा एसियाली क्रेडिट युनियन फोरम २०२५ हुँदैछ । अकूद्वारा प्रि फोरम र फोरमहरुमा सहभागिताका लागि विभिन्न देशबाट ईन्छुक सहकारी संघ संस्थाहरुलाई आव्हान गरिएको हो । अकूको सदस्य संघ नेफ्स्कूनले पनि अकूको प्रि फोरम, फोरम सहभागिताका लागि आबद्ध सदस्य संघ संस्थाहरुलाई पत्राचार मार्फत जानकारी समेत गराईसकेको छ ।
फोरममा सहभागी एशियाली मुलुकका सहकारीकर्मीहरुलाई ठूलो खुसी र उत्साहका साथ फिलिपिन्सको राष्ट्रिय सहकारी महासंघ र क्रेडिट सहकारी महासंघले स्वागत गर्ने तयारी गरेको अकुले जनाएको छ । अकूले भनेको छ, “यस बर्षको फोरम विशेष महत्वपूर्ण छ, किनकी “सहकारीहरूले राम्रो संसार निर्माण गर्छन्” भन्ने विषयलाई अगाडि सारेर अन्तर्राष्ट्रिय सहकारी बर्ष २०२५ मनाउँदैछौं । अकू फोरम २०२५ केबल सहकारीकर्मीहरुको भेला मात्र नभएर एशियाभरका सहकारी अभियानलाई सुदृढ पार्न समर्पित छ । फोरमले सहकारी मन, अनुभव र दृष्टिकोणहरूको अनुसरण गर्नेछ, सफलताका कथाहरु सेयर गर्नेछ र नवीन रणनीतिहरुको अन्वेषण गर्नेछ । फोरमले सहकारीहरूको रूपान्तरणकारी प्रभावलाई सुदृढ पार्ने, वित्तीय समावेशीकरण, सांस्कृतिक आदानप्रदान र सहकारी आन्दोलनप्रतिको सामूहिक ऐक्यबद्धतालाई जोडदिनेछ ।”
प्रि फोरम कार्यशाला सेप्टेम्बर ८–१०, २०२५ मा हुँदैछ । यसमा सदस्य राष्ट्रहरुका सिईओ तथा महाप्रवन्धकहरु, क्रेडिट युनियन कार्यकारी समाजका प्रतिनिधिहरु, सहकारीको महिला तथा युवा नेतृत्वहरुको सहभागिता रहनेछ । फोरममा विभिन्न समसामयिक विषयमा प्यानल छलफल तथा ब्रेकआउट सत्रहरु सञ्चालन हुनेछन् ।
विश्वभरका सहकारी गतिविधिहरुको छलफलको लागि यो एक प्लेटफर्म हो भने त्यो भन्दा बढी, यो कार्यक्रम उत्सव हो । एसियाली क्रेडिट युनियन फोरम २०२५ सहभागिताका लागि आवेदन दर्ता गर्नुहोस् । मे १५, २०२५ वा त्यसभन्दा अघि USD १०० दर्ता छुटको सुविधा सहित आफ्नो स्थान समयमै सुरक्षित गर्नुहोस् ।
७ घण्टा अगाडि
७ घण्टा अगाडि
८ घण्टा अगाडि
२२ घण्टा अगाडि
२३ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
८ घण्टा अगाडि
३ दिन अगाडि
७ घण्टा अगाडि
२२ घण्टा अगाडि
५७५ दिन अगाडि
६६४ दिन अगाडि
६८४ दिन अगाडि
६८५ दिन अगाडि