पाँच बुँदे साझा प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमती जनाउँदै कोशी प्रदेशस्तरीय साकोस गोष्ठी सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पाँच बुँदे साझा प्रतिबद्धता पत्र कार्यान्वयनमा सहमती जनाउँदै कोशी प्रदेशस्तरीय साकोस गोष्ठी सम्पन्न

इटहरी । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि (नेफस्कून) को आयोजनामा आज सुनसरीको इटहरीम सम्पन्न कोशी प्रदेश स्तरीय साकोस गोष्ठीले पाँच बँुदे सामुहिक साझा प्रतिबद्धता पत्र जाहेर गरेको छ । संघले कोशी प्रदेश भित्रका २०० जना सहकारी संघ/संस्थाहरुका सञ्चालक समिति एवम व्यवस्थापनको प्रतिनिधित्व सहित पाँच बुँदे साझा प्रतिबद्धता जारी गरेको हो । अन्तर्राष्ट्रिय सहकारी वर्ष २०२५ को बृहत लक्ष्य अनुरुप बचत तथा ऋण सहकारी संघ/संस्थामा सुशासन प्रवर्द्धन, नियामकीय सन्दर्भ र अभियानको आगामी मार्गचित्रका विषयमा विषयविज्ञहरुद्धारा प्रस्तुत कार्यपत्रहरु, विज्ञहरुबाट प्राप्त टिप्पणी र सहभागीहरु बीच साझा बुझाई निर्माण गरी संघ/संस्थामा लागू गर्ने र अभियानमा एकाकार हुने प्रतिबद्धता सहित पाँच बुँदे साझा प्रतिवद्धता जारी गरेको छ । 

१. हामी हाम्रो संघ/संस्थाले अभियान मार्फत मर्गदर्शन गरिएका चरणवद्ध रणनीतिहरुलाई प्राप्त उपलब्धीहरुका आधारमा आगामी दिनहरुमा पनि अनुशरण गर्दै अघिबढ्न प्रतिवद्ध छौं । 

२. हामी हाम्रो संघ/संस्थाहरु भित्र आन्तरिक नियन्त्रण प्रणालीलाई सशक्त बनाउन जोखिम सुपरिवेक्षण गराई लेखा सुपरिवेक्षण समितिको भूमिकालाई सुपरिवेक्षकको रुपमा, आन्तरिक नियन्त्रकको रुपमा, आन्तरिक लेखा परीक्षण गर्ने गराउने अङ्गको रुपमा एवम् संगठनको समग्र मार्गदर्शकको रुपमा खेलेको भूमिकालाई थप प्रभावकारी बनाई संस्थागत सुशासन कायम राख्न प्रतिवद्ध छौं ।

३. हामी संघ/संस्थामा नेपालको बचत तथा ऋण सहकारीको प्रवर्द्धन, विकास व्यावसायिकीकरण, गुणस्तर विकास र सञ्जाल व्यवस्थापनको हरेक चरणहरुमा सहभागिता जनाउने र संघ मार्फत स्थानीय तहदेखि संघीय तहसम्म साकोसमैत्री कानुन निर्माण तथा परिपालनाको पहलकदमीमा ऐक्यवद्ध छौं ।

४. हामी हाम्रो संघ/संस्थाहरुको वित्तीय, सदस्यता, आन्तरिक सञ्चालन र सिकाई एवम बृद्धिका विषयमा अभियानले विकास गरेका स्तरीकरण कार्यक्रमहरु मार्फत साझा सञ्जालमा आबद्ध भई अद्यावधिक गराउन प्रतिबद्ध छौं । 

५. हामी साकोस अभियन्ताहरु संशोधित सहकारी ऐन बमोजिम गठित राष्ट्रिय सहकारी नियमन प्राधिकरण, सहकारी विभाग, प्रदेश स्तरीय र स्थानीय तह अन्तर्गत रही सहकारी मुल्य, मान्यता र सहकारी सिद्धान्तहरु अंगिकार गर्दै समाज परिवर्तनमा भएका क्रियाकलापहरुको निरन्तरताका लागि संघ मार्फत आफ्नो भूमिका निर्वाह गर्न प्रतिबद्ध छौं । 

सदस्यहरु माझ एउटा दरिलो जनविश्वास र वित्तीय सुरक्षाको प्रत्याभूतिका लागि आर्थिक, सामाजिक र सांस्कृतिक उत्थानमा उल्लेखनीय योगदान पुर्याउने वचत तथा ऋण सहकारी संघ/संस्थाहरुको तर्फबाट हामी सम्पूर्ण सहभागीहरु माथि उल्लेखित बूँदाहरुलाई सामुहिक रुपमा लागु गर्न गराउन प्रतिबद्ध छौं । 

पाँच बुँदे साझा प्रतिबद्धता पत्र संघकी उपाध्यक्ष शान्ति अधिकारीले बाचन गरेपछि गोष्ठीका प्रतिनिधिहरुले सहमति जनाउँदै सामूहिक रुपमा लागु गर्न गराउन प्रतिबद्ध रहेको अभिव्यक्ति प्रकट गर्नुभएको थियो । 


 

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप