सहकारीमा विद्यमान चुनौति व्यवस्थापनका लागि सघन अनुगमन जरुरी छ : मन्त्री हाङगाम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारीमा विद्यमान चुनौति व्यवस्थापनका लागि सघन अनुगमन जरुरी छ : मन्त्री हाङगाम 

इटहरी । कोशी प्रदेश सरकारका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिं हाङगामले सहकारीमा भएको बचत अपचलनलाई व्यवस्थापन गर्न र गलत गतिविधिहरुलाई न्यूनीकरण गर्न सहकारी अनुगमनको पाटो सघन र तीब्र पार्नुपर्ने बताउनुभएको छ । 

आज नेफ्स्कूनको आयोजनामा आइतबारे, इटहरीमा भएको कोशी प्रदेशस्तरीय साकोस गोष्ठी उद्घाटनका क्रममा बोल्दै मन्त्री हाङगामले सहकारीका सदस्य र बचत कर्ताको विश्वासलाई कायम गर्न डाटावेस, सफ्टवेय अर्थात प्रविधिलाई विश्वसनीय र प्रभावकारी बनाउनुपर्ने र सहकारी अनुगमनमा विशेष जोड दिनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “सहकारीको उद्देश्य के हो ? सहकारीको मूल्य सिद्धान्त के हो ? सहकारीले बचत उठाउने ऋण लगानी गर्ने उद्देश्यले मात्रै यो स्थापना भएको होइन । बचत र ऋण कारोबार सही ढंगले नहुँदा सातै प्रदेशमा सहकारीमा चुनौति रहेको छ,  उहाँले भन्नुभयो ।” नेपाल सरकारको माथिल्लो ओहदामा पुग्ने व्यक्तिहरु समेत सहकारीका कारण जेलको कसट्डीमा उभिएको अवस्था छ, धरौटीमा छुटेको अवस्था छ, मुद्दा चलिरहेको छ । त्यसको असर समुदाय र आम नागरिकमा परेको उहाँले बताउनुभयो । अब हामीले सहकारीमा भएको बचत अपचलनलाई व्यवस्थापन गर्न, गलत गतिविधिहरुलाई न्यूनीकरण गरेर लान सबैले आ आफ्नो क्षेत्रबाट प्रभावकारी रुपमा काम गर्नुपर्छ । प्रदेशस्तरीय साकोस गोष्ठी जस्ता कार्यक्रहरुले पनि सहकारी सञ्चालनमा भएका अनियमितताहरुलाई चिर्न र सहकारीमा सुशासन कायम गर्न सहयोग पुग्छ, उहाँले भन्नुभयो । उहाँले सहकारीलाई उत्पादनशील क्षेत्रमा जोड्न सरकारको नीति र संरचनामा पनि उत्पादनशिलता प्रवर्द्धनलाई समेटेर जानुपर्ने बताउनुभयो ।  

नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित गोष्ठीमा राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश प्रसाद पोखरेल, नेफ्स्कून पदाधिकारी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकाल, प्रदेश सहकारी रजिष्ट्रार हरि बहादुर खत्री, विराटनगर महानगरपालिकाका सहकारी शाखा प्रमुख चाँदनी राई, स्थानीय जनप्रतिनिधिहरु, नेफ्स्कूनका सञ्चालक, लेखा समिति, प्रमुख कार्यकारी अधिकृत, जिल्ला बचत संघका प्रतिनिधि लगायत विभिन्न बचत तथा ऋण सहकारी संस्थाबाट गरि २०४  जनाको उपस्थिति रहेको छ । कार्यक्रमको उद्घाटन सत्र सञ्चालन संघका महासचिव घनश्याम अधिकारीले गर्नुभएको छ भने स्वागत मन्तव्य संघका सञ्चालक लक्ष्मी सापकोटाले गर्नुभएको छ ।  

संघका अध्यक्ष ढकालले समग्र सहकारी अभियानमा बचत ऋण सहकारी संस्थाहरु सुशासनको अभ्यासमा चल्नुपर्नेमा जोड दिनुभयो । उहाँले बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरुका लागि छुट्टै नियामकीय निकाय गठन भएको र नियामकीय निकायको भूमिका प्रभावकारी रहने विश्वास व्यक्त गर्नुभयो । 

राष्ट्रिय सहकारी महासंघका बरिष्ठ उपाध्यक्ष रमेश पोखरेले सहकारीहरु सुशासनको अभ्यासमा हिड्नुपर्नेमा जोड दिनुभएको थियो । सहकारीमा स-साना समस्याहरु सँधै नै आइरहने हुन्छ, त्यसलाई नीतिगत रुपमा संम्बोधन गर्ने काम भईरहेको उहाँले बताउनुभयो । बचत ऋण सहकारीहरुले ऋण लगानीको प्रक्रियामा उत्पादनलाई बढी जोनदिन पनि आग्रह गर्नुभएको थियो । नेफ्स्कूनले आयोजना गरेको गोष्ठी अत्यन्त समयसान्दर्भिक रहेको र यसले सबै प्रदेशमा रहेका सहकारी संस्थाहरुमा एउटा उर्जा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको थियो ।  

रोङ गाउँपालिकाका अध्यक्ष मणि कुमार सुवासले हामीहरुले सहकारीलाई उत्पादनसँग जोडेको बताउँदै, रोङ गाउँपालिका भित्र सञ्चालित सहकारीको उत्पादन विश्व परिवेशमा समेत पुगेको बताउनुभयो । उहाँले भएका स्थानीय उत्पादनलाई यहींका संस्थाहरुले उपभोग गर्नेहो भने पर्यात्त बजारपनि यहीं सृजना हुने विचार राख्नुभएको थियो । अध्यक्ष सुवासले नेफ्स्कूनसँगको साझेदारी कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढेको पनि बताउनुभएको थियो । 

प्रदेश संघका अध्यक्ष हरि सुवेदीले जिल्ला संघ साझेदारी अभ्यासलाई अगाडि बढाउनुपर्ने विचार राख्दै नेफ्स्कूनसँगको सहकार्य र गाइडलाईनमा चल्न आफूहरु तयार रहेको विचार व्यक्त गर्नुभएको थियो । उहाँले संघले संस्थाहरुलाई सबलीकरण र सुदृढीकरण गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभएको थियो । 

कार्यपत्र प्रस्तुतीकरण र कार्यपत्रमाथिको टिप्पणीका क्रममा पनि नियामकीय निकायका प्रतिनिधिहरुले आफ्ना विचारहरु राख्नुभएको थियो । त्यसैगरि कोशी प्रदेश, उद्योग कृषि तथा सहकारी मन्त्रालयका सहकारी महाशाखा प्रमुख पदम बहादुर ठकुराठीले समग्र सहकारी अभियान नीति सम्बत् रुपमा चल्नुपर्ने र सुशासन कायम गर्नुपर्नेमा जोड दिनुभयो । 

मोरङ जिल्ला बचत संघका अध्यक्ष प्रेम प्रसाद कोइरालाले नेफ्स्कूनले जुन नयाँ संस्करण शुरु गरेको छ, त्यसमा हामी हातेमालो गरेर अगाडि बढ्न र प्रवर्द्धित अभ्यासको अनुशरण गर्न तयार रहेको बताउनुभयो । 

संघकी उपाध्यक्ष शान्ति अधिकारीले सहकारी अभियान सुदृढीकरण र कोशी प्रदेशले गरेको अभ्यासमा निकट रहेको विचार राख्दै सुशासनमा चलेका संस्थाहरुमा कुनै समस्या नहुने र आत्तिनुपनि नपर्ने बताउनुभयो । 

संघका लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराजज्योति पौडेलले समुदायमा आधारित संस्थाहरु अहिले पनि सुशासनको अभ्यासमा रहेको र बाह्य कुराहरुबाट विचलन हुनुनपर्ने विचार व्यक्त गर्नुभयो ।  

एक दिवसीय गोष्ठीमा पहिलो सत्र, ‘साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा नेफ्स्कूनका सिईओ डा।शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

त्यसैगरी दोस्रो सत्रमा ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवर्द्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीको प्रस्तुती रहेको थियो भने ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालको कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । 


अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ को सन्दर्भमा नेफ्स्कूनले वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी लगातार तीनवटा प्रदेशमा सञ्चालन गर्न लागेको हो । मधेश प्रदेश अन्तर्गत बर्दिबासमा २८ गते र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सहभागिता रहने गरि बाँकेको नेपालगन्जमा वैशाख ३१ गते गोष्ठी सञ्चालन हुँदैछ । 


 

भर्खरै
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल
इटहरीमा प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे छलफल

२ दिन अगाडि

पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न
पुष्पाञ्जली साकोसको रणनीतिक व्यवसायिक योजना निर्माण कार्यशाला सम्पन्न

२ दिन अगाडि

बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड
बचत सहकारी बैंक गठन प्रक्रियालाई अघि बढाउने निष्कर्ष, वित्तीय कारोबारको एकीकरणमा जोड

३ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम सुलभ साकोसमा सम्पन्न

३ दिन अगाडि

जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
जनआकांक्षा महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन
तपेश्वरी साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन

४ दिन अगाडि

धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन
धादिङमा कृषि व्यवसाय तर्फ सदस्यलाई उन्मुख गराउन कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

७ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

६ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न
पूर्व नेतृत्व तथा नेतृत्व विकास सम्बन्धी एकदिने तालिम सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा नशिक साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१९ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

२९ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

२६ दिन अगाडि

पाठकबाट थप