पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पर्ल्स अनुगमन प्रणाली तालिम सम्पन्न

कञ्चनपुर । संघको कञ्चनपुर सदस्य सेवा कार्यालयको आयोजनामा सञ्चालित बचत तथा ऋण सहकारी संस्थाहरुलाई लक्षित गरी आयोजना गरिएको तिन दिवसीय पर्ल्स अनुगमन प्रणाली तालिम बैशाख २५ गते कञ्चनपुरमा सम्पन्न भएको छ । 

नेफस्कूनका सञ्चालक सदस्य दिप्ती शाहिको प्रमुख आतिथ्यतामा तालिमको समापन भएको थियो । उक्त सत्रमा कैलाली जिल्ला संघका लेखा सुपरिवेक्षण संयोजक मनमोहन विष्ट कञ्चनपुर को–अपरेटिभ म्यानेजर्स क्लबका अध्यक्ष गणेश दत्त भट्ट, कञ्चनपुर को–अपरेटिभ म्यानेजर्स क्लबका पदाधिकारीहरु लगायत विभिन्न सहकारीकर्मीहरुको  उपस्थिति रहेको थियो । 

स्वागत मतब्य कैलाली जिल्ला संघका लेखा सुपरिबेक्षण संयोजक मनमोहन विष्टले गनुभएको थियो ।

सञ्चालक दिप्ती शाहीले सहकारीमा वित्तीय संकट जुनसुकै समयमा आउने भएकोले पर्ल्सका सुचकलाई आधार मानेर वित्तिय जोखिम पहिचान गनुपर्नेमा जोड दिनुभयो । संस्थाहरुमा जोखिम न्यूनिकरण गरी सुशासन कायम गर्न तालिमका सहभागी प्रतिनिधिहरुलाई अनुरोध गर्नुभयो । 

तालिममा कञ्चनपुर र कैलाली जिल्लाका १६ वटा साकोसहरुबाट १७ जनाको सहभागिता रहेको थियो । तालिम सहजिकरण संघका बरिष्ठ अधिकृत कोमल राज अधिकारीले गर्नुभएको थियो । 


 

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

६ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

७ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

७ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

८ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

८ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप