भोलि बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस गोष्ठी हुँदै, सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहने 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
भोलि बर्दिबासमा मधेश प्रदेशस्तरीय साकोस गोष्ठी हुँदै, सहकारीकर्मीहरुको उत्साहजनक सहभागिता रहने 

बर्दिबास । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजनामा भोलि मधेश प्रदेश अन्तर्गत महोत्तरीको बर्दिबास स्थित गौतम होटलमा प्रदेशस्तरीय साकोस गोष्ठीको तयारी पुरा भएको छ । अन्तर्राष्ट्रिय सहकारी वर्ष, २०२५ को सन्दर्भमा वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि प्रदेशस्तरीय साकोस गोष्ठी आयोजना गरेको नेफ्स्कूनले विहिबार कोशी प्रदेशस्तरीय गोष्ठी भव्यरुपमा सम्पन्न गरेको छ ।

वैशाख २८, अर्थात भोलि आईतबार बर्दिबासमा आयोजित गोष्ठीको उद्घाटन मधेश प्रदेश सरकार, अर्थ मन्त्रालयका माननीय मन्त्री सुनिल कुमार यादवको प्रमुख आतिथ्यतामा हुनेछ । कार्यक्रममा मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव उमेश दाहाल, नेफ्स्कूनका अध्यक्ष चन्द्र प्रसाद ढकाल, संघका पदाधिकारीहरु, सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, प्रदेश रजिष्ट्रार डा.सरोज चौधरी, राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्त रविन ढकाल, बर्दिबास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राममणी अधिकारी, स्थानीय जनप्रतिनिधि, सरोकारवालाहरु सहित प्रदेश वचत संघका अध्यक्ष, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिरहा र सप्तरी जिल्ला बचत संघका अध्यक्षहरु, सिन्धुली जिल्ला बचत संघका अध्यक्ष, निजगढ नगरापालिकाका योजना अधिकृत, चन्द्रपुर नगरपालिकाका सहकारी शाखा प्रमुख, कमलामाई नगरपालिकाका सहकारी शाखा प्रमुख, राजगढ नगरपालिकाका प्रतिनिधि, सञ्चारकर्मीहरुको उपस्थिति कार्यक्रममा रहनेछ ।

गोष्ठीमा प्रदेशका विभिन्न बचत तथा ऋण सहकारी संघ संस्थाबाट गरि २ सय १० जनाको सहभागिता सुनिश्चित भएको छ । 

एक दिवसीय उक्त गोष्ठीको पहिलो सत्र, ‘साकोस अभियानको प्रवर्द्धन र हितका लागि आगामी कार्यदिशा’ विषयमा नेफ्स्कूनका सिईओ डा.शिवजी सापकोटाले कार्यपत्र प्रस्तुत गर्नुहुनेछ भने कार्यपत्रमाथि टिप्पणी मधेश प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. उमेश दाहालले गर्नुहुनेछ । सत्रको अध्यक्षता नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालले गर्नुहुनेछ । 

त्यसैगरी दोस्रो सत्रमा ‘सुशासन र आन्तरिक नियन्त्रण प्रणाली प्रवद्र्धनमा लेखा सुपरिवेक्षण समितिको भूमिका’का विषयमा चार्टर्ड एकाउण्टेन्ट् (सिए) राजन अधिकारीको प्रस्तुती रहनेछ भने कार्यपत्रमाथि टिप्पणी बर्दिबास नगरपालिका, महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत रामपणि अधिकारीले गर्नुहुनेछ । सत्रको अध्यक्षता नेफ्स्कूनको लेखा सुपरिवेक्षण समितिका संयोजक इन्द्रराज ज्योति पौडेलले गर्नुहुनेछ । 

तेस्रो सत्र ‘बचत तथा ऋण सहकारीको संस्थागत विकासमा सरकार र अभियानको साझा सवाल’ विषयमा राष्ट्रिय सहकारी नियमन प्राधिकरणका सचिव एवं प्रवक्ता रविन ढकालको कार्यपत्र प्रस्तुत हुनेछ । कार्यपत्रमाथि टिप्पणी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रदेश रजिष्ट्रार डा. सरोज चौधरीको रहेको । सत्रको अध्यक्षता नेफ्स्कूनकी सञ्चालक सदस्य शोभा कुमारी राउतले गर्नुहुनेछ ।  

वित्तीय सुशासन, जोखिम व्यवस्थापन र संस्थागत दिगोपनका लागि संघद्वारा आयोजित प्रदेशस्तरीय गोष्ठीले सहकारीको पहिचान प्रवद्र्धन, नेतृत्वलाई उत्प्रेरणा र दिगो विकास लक्ष्य प्राप्तीका लागि सहकारीहरुलाई सचेत गराउने लक्ष्य लिएको छ । साथै नेपालको सहकारी अभियानको विद्यमान कानुनका द्विविधा समस्या समाधानको रूपमा गोष्ठीले बाटो पहिल्याउने संघको अपेक्षा छ ।

भर्खरै
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२२ घण्टा अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

१ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस मधेश प्रदेश जनकपुरमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कर्णाली प्रदेश सुर्खेतमा सम्पन्न

२ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेश दाङमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस लुम्बिनी प्रदेश दाङमा सम्पन्न

२ दिन अगाडि

लोकप्रिय
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

२२ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

२ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२१ दिन अगाडि

सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध
सप्तकोशी साकोस नेफ्स्कूनको स्क्यान कार्यक्रममा आबद्ध

१० दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१२ दिन अगाडि

नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा प्रभात महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१३ दिन अगाडि

पाठकबाट थप