बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबी र सहकारी विभागबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबी र सहकारी विभागबीच अन्तरक्रिया 

काठमाडौं । नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागले बिहीबार बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबीको २९औं नेपाल सद्भाव भ्रमण टोलीलाई स्वागत गरेको छ । 

सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाको संयोजकत्वमा विभागका कर्मचारीहरु र  बंगलादेशको बचत तथा ऋण केन्द्रीय सहकारी संघको नेतृत्वमा नेपालको सफल सहकारीहरुको अध्ययन अवलोकन भ्रमणका लागि आएको टोलीसँग सहकारीका दुई देशबीचका असल सिकाई सम्बन्धी अन्तरक्रिया गरिएको हो । रजिष्ट्रार ढुंगानाले नेपालको सहकारी अभियान र विभागले गर्ने मुख्य सहकारीको नियमन, प्रवर्द्धन र तालिम तथा शिक्षाका कार्यक्रमहरु सम्बन्धमा विभागको संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । 

सीसीयूएलबीको प्रतिनिधित्व गर्दै निर्देशक शेख शहिदुल इस्लाम, निर्देशक एमडी.सैफुदिन अहमद, कोषाध्यक्ष नोरेश चन्द्र विश्वास र वंगलादेश सहकारी विभागका एडिसनल रजिष्ट्रार असन कविरले सीसीयूएलबीको बारेमा जानकारी गराउनुभएको थियो भने नेपालको सहकारी अभियान सम्बन्धी केही जिज्ञासाहरु समेत राख्नुभएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ–सीसीयूएलबी बीच विगत १९ बर्षदेखि सद्भाव भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आईरहेको छ । सोको निरन्तरता स्वरुप नेफ्स्कूनको निमन्त्रणामा २० सदस्यीय सीसीयूएलबी टोली वैशाख २१ गते नेपाल आएको थियो । बंगलादेशी सहकारीकर्मी टोलीले काठमाडौं र पोखराका केही सहकारीहरु भ्रमण गरि दुई देशबीचको असल सिकाई अभ्यास आदान प्रदान गरेका थिए । नेपाल र बंगलादेश बीचका यस्ता सद्भाव भ्रमणले दुवै देशबीचको सहकारी प्रवद्र्धनमा थप टेवा पुग्ने र सिकाई अनुभवलाई एकआपसमा आदानप्रदान गर्ने अवसर प्राप्त हुँदै आएको छ । 

भ्रमण टोलिले बिहिबार साँझ नै नेफ्स्कूनको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको अवलोकन भ्रमण समेत गरेका थिए । बंगलादेशी सहकारीकर्मीहरुको टोलि दुई देशबीचको सद्भाव भ्रमण सकेर आज, शुक्रबार दिउसो बंगलादेश फर्कनुभएको छ । बंगलादेश सहकारीकर्मीहरुको टोलीलाई नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवं व्यवसाय विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाई गर्नुभएको छ । 

सीसीयूएलबी भ्रमण टोलीको नेतृत्व सचिव नोरेश चन्द्र विश्वासले गर्नुभएको थियो भने उहाँहरूको नेपाल भ्रमण सहजताका लागि नेफ्स्कूनका प्रशासन अधिकृत शुभाष गौतम र बरिष्ठ सहायक मनोहर आचार्यले समन्वय गर्नुभएको थियो ।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

२ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

३ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

४ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

४ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१० दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

११ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२९ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१७ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२० दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२१ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२० दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

पाठकबाट थप