बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबी र सहकारी विभागबीच अन्तरक्रिया 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबी र सहकारी विभागबीच अन्तरक्रिया 

काठमाडौं । नेपाल सरकारको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभागले बिहीबार बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ-सीसीयूएलबीको २९औं नेपाल सद्भाव भ्रमण टोलीलाई स्वागत गरेको छ । 

सहकारी विभागका रजिष्ट्रार उमेश ढुंगानाको संयोजकत्वमा विभागका कर्मचारीहरु र  बंगलादेशको बचत तथा ऋण केन्द्रीय सहकारी संघको नेतृत्वमा नेपालको सफल सहकारीहरुको अध्ययन अवलोकन भ्रमणका लागि आएको टोलीसँग सहकारीका दुई देशबीचका असल सिकाई सम्बन्धी अन्तरक्रिया गरिएको हो । रजिष्ट्रार ढुंगानाले नेपालको सहकारी अभियान र विभागले गर्ने मुख्य सहकारीको नियमन, प्रवर्द्धन र तालिम तथा शिक्षाका कार्यक्रमहरु सम्बन्धमा विभागको संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । 

सीसीयूएलबीको प्रतिनिधित्व गर्दै निर्देशक शेख शहिदुल इस्लाम, निर्देशक एमडी.सैफुदिन अहमद, कोषाध्यक्ष नोरेश चन्द्र विश्वास र वंगलादेश सहकारी विभागका एडिसनल रजिष्ट्रार असन कविरले सीसीयूएलबीको बारेमा जानकारी गराउनुभएको थियो भने नेपालको सहकारी अभियान सम्बन्धी केही जिज्ञासाहरु समेत राख्नुभएको थियो । 

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. नेफ्स्कून र बंगलादेश बचत तथा ऋण केन्द्रीय सहकारी संघ–सीसीयूएलबी बीच विगत १९ बर्षदेखि सद्भाव भ्रमण कार्यक्रमले निरन्तरता पाउँदै आईरहेको छ । सोको निरन्तरता स्वरुप नेफ्स्कूनको निमन्त्रणामा २० सदस्यीय सीसीयूएलबी टोली वैशाख २१ गते नेपाल आएको थियो । बंगलादेशी सहकारीकर्मी टोलीले काठमाडौं र पोखराका केही सहकारीहरु भ्रमण गरि दुई देशबीचको असल सिकाई अभ्यास आदान प्रदान गरेका थिए । नेपाल र बंगलादेश बीचका यस्ता सद्भाव भ्रमणले दुवै देशबीचको सहकारी प्रवद्र्धनमा थप टेवा पुग्ने र सिकाई अनुभवलाई एकआपसमा आदानप्रदान गर्ने अवसर प्राप्त हुँदै आएको छ । 

भ्रमण टोलिले बिहिबार साँझ नै नेफ्स्कूनको नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयको अवलोकन भ्रमण समेत गरेका थिए । बंगलादेशी सहकारीकर्मीहरुको टोलि दुई देशबीचको सद्भाव भ्रमण सकेर आज, शुक्रबार दिउसो बंगलादेश फर्कनुभएको छ । बंगलादेश सहकारीकर्मीहरुको टोलीलाई नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत एवं व्यवसाय विभाग प्रमुख गणेश प्रसाद तिमिल्सिनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर विदाई गर्नुभएको छ । 

सीसीयूएलबी भ्रमण टोलीको नेतृत्व सचिव नोरेश चन्द्र विश्वासले गर्नुभएको थियो भने उहाँहरूको नेपाल भ्रमण सहजताका लागि नेफ्स्कूनका प्रशासन अधिकृत शुभाष गौतम र बरिष्ठ सहायक मनोहर आचार्यले समन्वय गर्नुभएको थियो ।

भर्खरै
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
तनहुँमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

४ घण्टा अगाडि

अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न
अर्घाखाँचीमा सहकारी सिद्धान्त अनुशिक्षण कार्यक्रम सम्पन्न

४ घण्टा अगाडि

इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न
इटहरीमा पुँजी पर्याप्तता विश्लेषण तालिम सम्पन्न

५ घण्टा अगाडि

शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न
शिवज्योति साकोसको स्थलगत सुपरिवेक्षण कार्यक्रम सम्पन्न

६ घण्टा अगाडि

जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न
जनकल्याण साकोसको स्क्यान अनुगमन कार्य सम्पन्न

६ घण्टा अगाडि

सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान  अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 
सहकारी सिद्धान्त अनुशिक्षण तथा स्क्यान अभिमुखीकरण कार्यक्रम  गुल्मिमा सम्पन्न 

१ दिन अगाडि

साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता
साकोस अनुगमनमा निरन्तरता, साथै स्क्यान कार्यक्रमको सम्झौता

१ दिन अगाडि

सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न
सहकारीमा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी तालिम सम्पन्न

१ दिन अगाडि

पाठकबाट थप