साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम - प्रोवेशन : कोशी प्रदेश स्तरीय कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
साकोस गुणस्तर सुनिश्चितता कार्यक्रम - प्रोवेशन : कोशी प्रदेश स्तरीय कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को आयोजनामा कोशी प्रदेश स्तरीय कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला आज मोरङको लेटाङस्थित कृषि विकास बैंकको प्रदेश तालिम केन्द्रमा सम्पन्न भएको छ ।  

कार्यक्रममा प्रोवेशनमा आबद्ध झापा जिल्लामा अवस्थित मेचीनगर साकोस, सामुदायिक साकोस, पूर्विद्धार साकोस, एभरेष्ट साकोस र मिलनसार साकोसको सहभागिता रहेको थियो भने मोरङबाट विरेन्द्रनगर साकोस, अष्टलक्ष्मी साकोस, नारीसंकल्प साकोस, जागृति साकोस, समशेवन साकोस र दौतर बलिया साकोसको सहभागिता थियो । त्यसैगरि उदयपुरबाट सहयोगी साकोस र सुनसरीबाट गोरखा साकोस सहभागी थिए । कार्यक्रममा १३ साकोसका प्रतिनिधि र नेफ्स्कून कर्मचारी गरि कुल ३७ जनाको सहभागिता रहेको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक शालिकराम ढकाल र कृषि विकास बैंकका तालिम केन्द्र प्रमुख विष्णुपल बोहोराको आतिथ्यता रहेको थियो । 

नेफ्स्कूनका सञ्चालक शालिकराम ढकालले गुणस्तर सुनिश्चिता कार्यक्रममा जोडिएका सहकारीहरु सुरक्षित र दिगो भएको बताउनुभयो । उहाँले संस्थागत सुशासनमा चलेका सहकारीहरु सुरक्षित छन्, हामी आफ्नो संस्था आफैं बलियो बनाउने हो, प्राधिकरणद्वारा जारी गरिको मापदण्डबाट कत्ति पनि विचलित हुनु नपर्ने उहाँको भनाई थियो । 

कार्यक्रम सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत भरत प्रसाद न्यौपानेले र व्यवस्थापन लेटाङ सेवा केन्द्र प्रमुख गणेश भण्डारीले गर्नुभएको थियो ।  

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

४ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

पाठकबाट थप