स्थिरीकरण कोषको तेस्रो स्थापना दिवस सम्पन्न, कोषको प्रभावकारिता वृद्धिमा जोड
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थिरीकरण कोषको तेस्रो स्थापना दिवस सम्पन्न, कोषको प्रभावकारिता वृद्धिमा जोड

काठमाडौं । बचत तथा ऋण सहकारी संस्थासम्बन्धी स्थिरीकरण कोषको तेस्रो स्थापना दिवस आज कोषको कार्यालय रहेको नेफ्स्कूनको सभाहलमा सम्पन्न भएको छ । कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहकारी महाशाखा प्रमुख मदन कोईराला रहनुभएको थियो । प्रमुख अतिथि कोईरालाले बचत तथा ऋण सहकारी अभियानलाई जोखिम मुक्त, सुदृढ र दिगो बनाउने दिशामा कोष कोशेढुंगा सावित हुने बताउनुभयो । कानुनी र नीतिगत व्यवस्थामा आवश्यक सुधार गर्दै समान सूचकका आधारमा कोषमा सहभागिता अभिवृद्धि गर्दै लानुपर्नेमा उहाँले जोड दिनुभयो । 

सोही सन्दर्भमा उहाँले भन्नुभयो, “सहकारी अभियान बलियो छ, गाउँ गाउँमा गएर हेर्ने हो भने सहकारीको योगदान अत्यन्त मजबुत रहेको पाईन्छ । समस्या थोरै सहकारीमा छ तर यसलाई के के न भयो जस्तो गरि ठूलो समस्याको रुपमा भाष्य सृजना गर्ने काम भयो, जुन गलत छ ।” सहकारी राज्यको तेस्रो पिलर हो, अभियानको लक्ष्य र राज्यको लक्ष्य एउटै हो, सहकारी मार्फत समृद्ध समाज निर्माणको समान लक्ष्य पुरा गर्न मन्त्रालय सहकारी अभियानसँगै सहकार्य गरेर अगाडि बढ्न तयार रहेको उहाँको भनाई थियो । त्यसैगरि उहाँले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले पनि छिट्टै पूर्णता पाउने, अवको एक हप्ताभित्र कर्जा असुली न्याधिकरण गठन गर्ने, कर्जा सूचना केन्द्र, बचत ऋण सुरक्षण कोष, सहकारी प्रवर्द्धन कोष लगायतका विषयहरुमा पूर्णत प्रदान गर्नको लागि मन्त्रालयले गृहकार्य गरिरहेको पनि उहाँले जानकारी गराउनभुयो । 

स्थिरीकरण कोषका संस्थापक अध्यक्ष एवं नेफ्स्कूनका पूर्व अध्यक्ष तथा सल्लाहकार डी.बी. बस्नेतले कोष स्थापनाकालका संघर्षहरु स्मरण गर्दै बचत तथा ऋण सहकारी संघ संस्थाका साथीहरु र मन्त्रालयको सहयोगमा आज कोष खडा भएर गर्व गर्ने स्थानमा पुगेकोमा खुसी व्यक्त गर्नुभयो । कोष स्थापना हुनुमा जति खुसी छौं, यसको प्रभावकारिता वृद्धि र स्थायित्वले पनि त्यतिकै महत्व राख्ने भएकोले यसका कानुनी जतिलताहरुलाई सहज गर्दै कोषमा बढी भन्दा बढी सहभागिता अभिबृद्धि गर्नु अपरिहार्य रहेको उहाँले बताउनुभयो । उहाँले सहकारी मन्त्रालय र सहकारी नियमन प्राधिकरण बचत तथा ऋण सहकारी अभियानको सहयोगी बनेर अगाडि बढ्न समेत अनुरोध गर्नुभयो ।  

कोष सञ्चालन समितिका अध्यक्ष एवम् नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोषको प्रभावकारिता बृद्धि गर्ने हेतुुले भर्खरै मात्र कोषको पञ्चवर्षीय रणनीतिक योजना निर्माणको काम सम्पन्न गरिएको जानकारी गराउनुभयो । उहाँले कोषमा धेरै भन्दा धेरै साकोसको सहभागिता अभिबृद्धि गरी कोषलाई अभियानले आत्मसाथ गरेर जानसक्नेगरि कोषको विकास गर्न सवैको साथ सहयोग जरुरी रहेको बताउनुभयो । सञ्चालन समितिमा संलग्न सबैको सहयोग, सद्भाव  र शुभेच्छाबाट नै कोष सञ्चालन प्रक्रियामा सहजता भएको र यसले स्थायित्व प्राप्त गर्दै अगाडि बढ्नेमा पूर्ण विश्वास व्यक्त गर्नुभयो । 

कोष सञ्चालन समितिकी सदस्य एवम् नेफ्स्कूनकी निवर्तमान सञ्चालक गोमा नेपालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्थिरीकरण कोष सञ्चालन समितिका सदस्य सचिव एवम् नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले कोषको पृष्ठभूमि, उद्देश्य र आवश्यकता, अन्तर्राष्ट्रिय अभ्यासहरु, कोषको उपयोग, कोष स्थापना कालका सञ्चालन समिति, कोषद्वारा सम्पन्न क्रियाकलापहरु सहितको विविध विषयहरु समेटिएको प्रस्तुतीकरण गर्नुभएको थियो ।

सञ्चालन समितिका सदस्यहरुले पनि कोषको प्रभावकारिताका माध्यमबाट साकोस अभियान दिगो र सुरक्षित हुने भएकाले यसको सफलताको कामना गर्नुभएको थियो ।

कार्यक्रममा स्थिरीकरण कोष सञ्चालन समितिका सदस्यहरु, नेफ्स्कूनका सञ्चालक खेमराज सुवेदी, संघका उच्च व्यवस्थापन र व्यवस्थापन तहका कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो । 

२३ करोड ५६ लाखभन्दा बढी योगदान जम्मा भएको कोषमा हालसम्म नेफ्स्कूनसहित ६ संघहरु तथा ३ सय १४ प्रारम्भिक संस्थाहरु गरी कूल ३ सय २० संघ संस्थाहरुबाट योगदान भएको छ ।

सहकारी ऐनको प्रावधान अनुरुप २०७९ साल जेठ २७ गतेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको निर्णयसँगै स्थिरीकरण कोष विधिवत् रुपमा पूर्ण सञ्चालनमा आएको हो । सहकारी संस्थामा उत्पन्न हुनसक्ने संकटमा वित्तीय सहयोग जुटाई सम्भावित जोखिमबाट जोगाउन सवल संस्थाहरु एकआपसमा मिली कोष स्थापना गर्ने सम्बन्धमा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ ले कानुनी व्यवस्था गरेको छ ।

कोष सञ्चालन समितिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) का अध्यक्ष र कार्यकारी प्रमुख क्रमशः समितिको अध्यक्ष र सदस्य-सचिव रहने कानूनी व्यवस्था छ भने सञ्चालन समितिको सदस्यहरुमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिका साथै कोषमा सहभागी सहकारी संस्थाका अध्यक्ष मध्येबाट कोष सञ्चालन समितिले मनोनयन गरेका कम्तीमा एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ ।  सोही बमोजिम नै कोष संचालनमा रहेको छ ।

भर्खरै
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

१५ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध
ब्राइट साकोस स्क्यान कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न
नेफ्स्कूनको ३९औँ स्थापना दिवस कोशी प्रदेशमा सम्पन्न

४ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न
नेफ्स्कूनको ३९औं स्थापना दिवस सुदुरपश्चिम प्रदेश धनगढीमा सम्पन्न

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

१४ घण्टा अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

२ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

२ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

३ दिन अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

५ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

४ दिन अगाडि

किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन
किसान साकोसमा तीन दिने कृषक व्यवसाय खेल तालिम सञ्चालन

७ दिन अगाडि

नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सिर्जनशिल महिला साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

१४ दिन अगाडि

पाठकबाट थप