“सदस्यसँग सिको कार्यक्रम” को निरन्तरता......
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
“सदस्यसँग सिको कार्यक्रम” को निरन्तरता......

बर्दिया-ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँ मुख्य कार्यालय रहेको सिको बचत तथा ऋण सहकारी संस्था लि.ले सदस्यहरुलाई सहकारी शिक्षाका कार्यक्रमहरुमा निरन्तर जोडिरहेको छ । 

सहकारीका मालिक सेयर सदस्य हुन्, जवसम्म सदस्यहरु सहकारी संस्थाको अवस्था, सञ्चालन प्रक्रिया र बचत सदुपयोगिताको बारेमा जानकार हुँदैनन्, तबसम्म सहकारी संस्था दिगो, सुशासित र मर्यादित बन्न सक्दैन । त्यसैले सिको साकोसले सदस्यमैत्रि शिक्षा र सदस्यमैत्रि सेवालाई निरन्तर जोड्दै अगाडि बढिरहेको छ ।

सदस्य केन्द्रीत सेवा साकोसको प्रमुख प्राथमिकता हो । साकोसले सदस्यहरुको जीवनस्तर उकास्न “उद्यमशिलता मार्फत जीवन परिवर्तन, आर्थिक सम्मुन्नतीको आधार बचत” भन्दै सदस्यहरुलाई आफ्नै कमाईबाट नियमति बचतका लागि अभिप्रेरित गर्दै आइरहेको छ भने सिको महिला जीवीकोपार्जन क्ल्वहरु निर्माण गरि सदस्यहरुलाई उद्यमी र व्यवसायिक बनाउन अहम भूमिका खेलेको छ । लुम्बिनी प्रदेश, बर्दिया जिल्ला कार्यक्षेत्र रहेको सिको साकोस समुदायमा आधारित साकोस हो । 

साकोसले “सदस्यसँग सिको कार्यक्रम“ को निरन्तरता दिँदै जेठ २७ गते मंगलबार पनि विस्तारित मञ्च तथा सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । सिर्जना सेवाकेन्द्र बर्गदामा आयोजित विस्तारित मञ्च तथा सहकारी शिक्षा कार्यक्रममा ७२ जना सदस्यहरु सहभागी थिए । कार्यक्रममा निम्न बमोजिमका विषयहरुमा छलफल गरिएको थियो । 

छलफलका विषयहरु :
 – २०८२ वैशाख मसान्तसम्मको संस्थाको वित्तीय अवस्था,
 – नियमित बचत र त्यसको महत्व,
 – बचत तथा ऋण सेवाका प्रकारहरू, तिनको महत्व र वर्तमान ब्याजदर अवस्था,
 – ऋण प्रयोग गर्नका लागि आवश्यक न्यूनतम योग्यता, आधारहरू, प्रक्रियाहरू र आवश्यक कागजातहरू सम्बन्धमा,
 – ऋण स्वीकृतिका क्षेत्र/अधिकार सम्बन्धमा,
 – संस्थाका अन्य विविध सेवा र संस्थाको सामाजिक उत्तरदायित्व सम्बन्धमा,
 – संस्थाप्रति असल सदस्यको कर्तव्य र सदस्यले पालना गर्नुपर्ने कुराहरु सम्बन्धमा ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

४ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

७ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

५ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

७ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

७ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

५ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

पाठकबाट थप