नव प्रभात महिला साकोसले मनायो १७औं स्थापना दिवस
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नव प्रभात महिला साकोसले मनायो १७औं स्थापना दिवस

रुपन्देही । देवदह नगरपालिका-७, सितलनगरमा रहेको नव प्रभात महिला बचत तथा ऋण सहकारी संस्था लि. ले जेठ २९ गते  १७औं स्थापना दिवस मनाएको छ । संस्थाले स्थापना दिवसको अवसरमा विविध कार्यक्रम सहित वृहत सदस्य केन्द्रित दन्त शिविर कार्यक्रम गरेको छ । 

साकोसकी अध्यक्ष निर्मला अधिकारीको अध्यक्षतामा आयोजित कार्यक्रमका प्रमुख अतिथिमा नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्याल, विशिष्ट लगायत अन्य अतिथिहरुमा लुम्बिनी प्रोस्कूनका बरिष्ठ उपाध्यक्ष ऋषिराम सापकोटा, साकोसका पूर्व अध्यक्ष पुष्पा पौडेल, स्थानिय साकोस प्रतिनिधि एवं बिषयगत सहकारी संघ संस्थाका प्रतिनिधिहरु रहनुभएको थियो । 

प्रमुख अतिथि नेफ्स्कूनकी सञ्चालक ज्ञानु पौड्यालले सहकारी नियमन प्राधिकरण र प्राधिकरणद्वारा जारी मापदण्डका विषयमा जानकारी गराउनुभएको थियो । उहाँले स्वस्थ र सुरक्षित साकोस निर्माणमा जोड दिनुपर्ने बताउँदै संस्थागत सबलताका लागि एकीकरणको अपरिहार्यतामाथि समेत प्रकाश पार्नुभएको थियो । 

कार्यक्रममा संस्थाकी अध्यक्ष अधिकारीले संस्था स्थापना भएदेखि हालसम्मका गतिविधि, विद्यमान प्रगती विवरण साथै संस्थाले सामना गरेका आरोह अवरोहहरुका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने संस्थाका सचिव भगवती शर्माले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा संस्थाका उपाध्यक्ष सिर्जना मरासिनीले स्वागत गर्नु भएको थियो ।

सितल डेन्टल केयरको प्राबिधिक सहयोगमा संचालित शिविरमा ५८ जना सदस्यहरुले दन्त परिक्षण गराउनुभएको थियो । सोही अवसरमा संस्थाले सदस्यहरुलाई विविध विधामा सम्मान तथा प्रशंसापत्र प्रदान गरेको छ । 

साकोसले आर्थिक वर्ष २०८१/०८२ मा व्यक्तिगत प्रयोजनतर्फ उत्कृष्ट ऋणि १ जना र  व्यापारिक प्रयोजनतर्फ उत्कृष्ट ऋणि १ जनालाई पुरस्कृत तथा सम्मान गरेको थियो । त्यसैगरि उत्कृष्ट बालबचतकर्ता २ जना, नियमित बचतकर्ता सदस्य १ जना, ऐच्छिक बचतकर्ता सदस्य १ जना, उत्कृट शेयरकर्ता १ जना, जेष्ठ नागरिक १ जना र कक्षा १२ उर्तीण उत्कृष्ट विद्यार्थी २ जनालाई सम्मान तथा प्रशंसापत्र प्रदान गरेको थियो ।  

कुल वासलात ८ करोड १६ लाख रुपैंया पुगेको नव प्रभात महिला साकोसमा ८ सय ३० जना सेयर सदस्य, ३ सय ३० जना बालबचतकर्ताहरु रहेका छन् । साकोसको कुल बचत रु. ६ करोड ३४ लाख ३१ हजार रहेको छ भने ऋण लगानी रु. ५ करोड ९० लाख ६५ हजार रहेको साकोसकी व्यवस्थापक अञ्जली काफ्लेले साकोस आवाजलाई जानकारी गराउनुभयो ।

कार्यक्रममा संस्थापक अध्यक्ष, सल्लाहकार, सञ्चालक समिति, लेखा सुपरीवेक्षण समिति, विभिन्न उपसमिति तथा सम्मानीत सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रमका अन्य अतिथिहरुले संस्थागत सफलताको शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो  । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप