स्थिरीकरण कोष अभियानको जगेडा कोष
'स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष मार्फत मात्रै सुरक्षित र दिगो साकोस निर्माण सम्भव छ'  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
'स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष मार्फत मात्रै सुरक्षित र दिगो साकोस निर्माण सम्भव छ'  

मोरङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) का महासचिव घनश्याम अधिकारीले स्तरीकरण कार्यक्रममा अभ्यासरत र स्थिरीकरण कोषमा सहभागी संस्थाहरु सुरक्षित र दिगो रहने विश्वास व्यक्त गर्नुभएको छ । स्तरीकृत कार्यक्रम मार्फत साकोसलाई दिगो, वित्तीय रुपमा सक्षम र सुरक्षित बनाउने दिशामा नेफ्स्कूनले नियमित काम गरिहेको उहाँले बताउनुभयो । बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोष साकोस अभियानको एक जगेडा कोषको रुपमा रहेकोले र कोष मार्फत संस्थालाई परेका अप्ठ्यारा परिस्थितिहरुमा सहजीकरण गर्न, तरलता अभाव भएको अवस्थामा तरलता सापटी प्रदान गर्न सहयोग पुगेको उहाँको भनाई थियो । 

सुन्दरहरैचा-४, मोरङमा विहिबार सम्पन्न कोषको वार्षिक जोखिम व्यवस्थापन कार्यशाला उद्घाटन सत्र सम्बोधनका क्रममा बोल्दै महासचिव अधिकारीले पछिल्लो समय जति पनि बचत तथा ऋण सहकारी संस्थाहरुमा समस्या आयो, ती संघद्वारा प्रवर्द्धित स्तरीकृत कार्यक्रममा अभ्यासरत नभएका र कोषमा योगदान नगरेका संस्थाहरुमा समस्या आएको बताउनुभयो । 'वित्तीय रुपमा सक्षम र दिगो साकोस निर्माणका लागि स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष सहभागिताको विकल्प छैन । संघमा सदस्यता लिएर मात्रै हुँदैन, सहकारी संस्थालाई सुशासनमा चलाउने, वित्तीय रुपमा सबल र दिगो बनाउने हो भने स्तरीकृत कार्यक्रममा अनिवार्य रुपमा जोडिनुपर्छ, हामीले गर्वका साथ भन्नुपर्छ, आज स्तरीकृत कार्यक्रममा अभ्यासरत एउटा पनि सहकारी समस्यामा छैनन्, उहाँले भन्नुभयो ।'

कार्यक्रममा नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले स्थिरीकरण कोषको अवधारणा, बचत तथा ऋण सहकारीहरुमा विद्यमान जोखिम र सोको व्यवस्थापन विधिहरु सम्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो । साथै कार्यक्रममा स्थिरीकरण कोषमा योगदानका विधि, प्रक्रिया र ढाँचाहरु सम्बन्धमा छलफल भएको थियो भने कोषको आगामी बर्षको बार्षिक योजना, नीति, कार्यक्रमहरुका सम्बन्धहरुमा छलफल तथा सुझाबहरु संकलन गरिएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक शालिकराम ढकाल, काेशी प्रदेश बचत संघका अध्यक्ष हरिप्रसाद सुवेदी, कोष सञ्चालन समितिकी सदस्य गोमा नेपाल, सुनसरी जिल्ला बचत संघकी अध्यक्ष योगमाया सुवेदी र कोषमा योगदान गर्ने सदस्य संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 

स्थिरीकरण कोष बचत तथा ऋण विषयगत केन्द्रीय संघमा रहने व्यवस्था सहकारी ऐन, २०७४ को दफा १०३ को उपदफा ३ ले गरेको छ । कोषको औपचारिक शुरुवात २०७९ साल जेठ २७ गतेबाट भएको थियो ।

कोषमा हालसम्म नेफ्स्कूनसहित ६ संघहरु तथा ३ सय १४ प्रारम्भिक संस्थाहरु गरी कूल ३ सय २० संघ संस्थाहरुबाट रु.२३ करोड ५६ लाख ७३ हजार योगदान रकम जम्मा भएको छ । 

कोष सञ्चालन समितिमा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफस्कून) का अध्यक्ष र कार्यकारी प्रमुख क्रमशः समितिको अध्यक्ष र सदस्य–सचिव रहने कानूनी व्यवस्था छ भने सञ्चालन समितिको सदस्यहरुमा भूमि व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालय, अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, सहकारी विभाग, राष्ट्रिय सहकारी नियमन प्राधिकरण, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधिका साथै कोषमा सहभागी सहकारी संस्थाका अध्यक्ष मध्येबाट कोष सञ्चालन समितिले मनोनयन गरेका कम्तीमा एक महिला सहित दुई जना सदस्य रहने व्यवस्था छ ।  सोही बमोजिम नै कोष संचालनमा रहेको छ ।

भर्खरै
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण
सहकारी व्यवस्थापक कोर्षका विद्यार्थीलाई डिजिटल सुरक्षा सम्बन्धी अभिमुखीकरण

४ घण्टा अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२२ घण्टा अगाडि

श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न
श्री जनकल्याण साकोसमा दुईदिने बचत खेल तालिम सम्पन्न

२३ घण्टा अगाडि

‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता
नेफ्स्कून र DSIK German बीच पाँच साकोसमा क्षमता विकास कार्यक्रम सञ्चालन सम्बन्धी सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

लोकप्रिय
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता
‘स्क्यान’ कार्यक्रम कार्यान्वयनका लागि अलकापुर साकोससँंग सम्झौता

२ दिन अगाडि

नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न
नेफ्स्कूनद्वारा सजिलो साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न

३ दिन अगाडि

सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध
सनराईज साकोस नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रममा आबद्ध

३ दिन अगाडि

नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता
नेफ्स्कून र आकृति महिला साकोसबीच स्क्यान कार्यक्रम सम्बन्धी सम्झौता

४ दिन अगाडि

तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न
तरकारी फलफूल साकोसको स्क्यान तथा एक्सेस कार्यक्रम अन्तर्गत अनुगमन सम्पन्न

२२ घण्टा अगाडि

सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न
सञ्चालकहरुको क्षमता विकास तालिम सम्पन्न

६ दिन अगाडि

नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा
नेफ्स्कूनको ३९औं स्थापना दिवस वागमती प्रदेश चितवनमा

५ दिन अगाडि

उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण
उद्यम–उद्यमी मेट्रिक्स नक्साङ्कन सम्बन्धी अभिमुखीकरण

२४ दिन अगाडि

पाठकबाट थप