धादिङमा सदस्यहरुबीच सहकारीका समसामयिक विषयमा अन्तरक्रिया  
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
धादिङमा सदस्यहरुबीच सहकारीका समसामयिक विषयमा अन्तरक्रिया  

धादिङ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) धादिङ सदस्य सेवा कार्यालयको समन्वयमा जिल्लामा सञ्चालित साकोसका अध्यक्ष र व्यवस्थापन प्रमुखहरुसँग बुधबार सहकारीका समसामयिक विषय साथै व्यवसाय प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया गरिएको छ । संघका अध्यक्ष चन्द्र प्रसाद ढकालको अध्यक्षतामा आयोजित अन्तरक्रिया कार्यक्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटा, सहकायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकाल, प्रदेश वचत संघका सञ्चालक नवराज शर्मा, नेफ्स्कूनकी पूर्व उपाध्यक्ष एवं सहारा साकोसकी अध्यक्ष पार्वती राई खाँड, नेफ्स्कून धादिङ सदस्य सेवा कार्यालय व्यवस्थापन उपसमिति सदस्य नवराज शर्मा, रुद्र बहादुर खत्री लगायत एघार वटा बचत तथा ऋण सहकारी संस्थाबाट अध्यक्ष तथा व्यवस्थापन प्रमुखहरु सहित २२ जनाको उपस्थिति रहेको थियो । 

कार्यक्रममा सहकारीका समसामयिक पछिल्ला घटनाक्रमहरु, सहकारीका नीतिगत सबालहरु, व्यवसाय विस्तार, साकोस अभियानको आगामी मार्गचित्र लगायतका विषयमा अन्तरक्रियात्मक छलफल भएको थियो । 

संघका अध्यक्ष ढकालले राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्वारा जारी मापदण्डको विषयले समेटेका सहकारी सञ्चालन सम्बन्धी असहज व्यवस्था र संघहरुको तरलता गणनाको विषयलाई लिएर अभियानको तर्फबाट भईरहेको वहश पैरवी लगायतका विषयहरु बारे प्रष्ट पार्नुभएको थियो । 

सहकारीका समसामयिक नियामकीय वातावरण, यसको प्रभाव र आगामी रणनीति सम्बन्धी प्राविधिक विषयहरु बारे संघका प्रमुख कार्यकारी अधिकृत सापटकोटाले जानकारी गराउनुभएको थियो ।

अन्तरक्रियाका क्रममा सहभागीहरुले सहकारी क्षेत्रका विद्यमान नीतगत अन्यौलतालाई चिर्दै समस्याको समाधानका लागि पहल गर्न नेफ्स्कून अगाडि बढ्नुपर्ने र त्यसमा साथ सहयोग र ऐक्यवद्धता अभियानको तर्फबाट निरन्तर रहने  प्रतिबद्धता व्यक्त गरेका थिए ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप