सुरक्षित सहकारी अभियान निर्माणको गतिमा नेफ्स्कून निरन्तर लागिरहेको छ : अध्यक्ष ढकाल 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सुरक्षित सहकारी अभियान निर्माणको गतिमा नेफ्स्कून निरन्तर लागिरहेको छ : अध्यक्ष ढकाल 

चितवन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) साथै स्थिरीकरण कोष सञ्चालन समितिका अध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋण सहकारी अभियान सुरक्षित बनाउने जिम्मेवारी हाम्रो हो, त्यसमा संघ निरन्तर लागिरहेको र सबै नै अभियान सुरक्षित बनाउने दिशामा ऐक्यवद्धताका साथ लाग्नुपर्नेमा जोड दिनुभएको छ । आज बचत तथा ऋण सहकारी संस्था सम्बन्धी स्थिरीकरण कोषको आयोजनामा भरतपुरमा सञ्चालित वार्षिक जोखिम व्यवस्थापन कार्यशाला को सम्बोधनका क्रममा अध्यक्ष ढकालले अभियानलाई सुरक्षित, बलियो बनाउने दिशामा र करेक्सन गरेर जानुपर्ने विषयमा कुनै 'कम्परमाईज' नगरी संघले काम गरिरहेको प्रष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘अभियान बलियो बनाउन माथिबाट तल र तलबाट माथि भन्दा पनि अभियानको सामुहिक एकताले नै निश्चित गति प्राप्त गर्न सकिन्छ भन्नेमा विश्वस्त रहौं ।’ सहकारीमा राम्रो गर्नेको संख्या ठूलो छ, संघले स्तरीकरण कार्यक्रम र स्थिरीकरण कोष मार्फत सुरक्षित र सुशासनयुक्त सहकारी अभियान निर्माणको पहल गरिरहेको छ, उहाँले जोड्नुभयो, यसमा हातेमालो गरेर र अभियान एक ढिक्का भएर मात्र निश्चित गन्तव्य पार गर्न सकिन्छ, संघ पूर्ण विश्वासका साथ अभियान बलियो बनाउने दिशामा केन्द्रीकृत भएर अगाडि बढेको छ । 

स्वागत साथै कार्यक्रमको उद्देश्यमाथी प्रकाश पार्दै संघका प्रमुख कार्यकारी अधिकृत एवं कोषका सदस्य सचिव डा. शिवजी सापकोटाले स्थिरीकरण कोष संस्थालाई जीवन्त राख्न सहयोग गर्ने कोषको रुपमा रहेको बताउनुभयो । उहाँले ऐनमा स्थिरीकरण कोषको परिभाषा तथा नामको मात्र परिकल्पना गरिएको परिस्थितीबाट आज कस्ता कस्ता संस्थाले कति योगदान गर्ने र योगदान गर्ने संस्थाले के के लाभ प्राप्त गर्न सक्छन भन्ने विषयबाट कोष अगाडि बढिसकेको बताउनुभयो ।

सिईओ सापकोटाले स्थिरीकरण कोष, स्थापनाको उद्देश्य, कोषका विशेषता तथा फाईदाहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । 

कार्यक्रममा संघका सहायक कार्यकारी अधिकृत दुर्गा प्रसाद ढकालले विश्वव्यापी रुपमा रहेका ७ वटा जोखिमहरुका विषयवस्तु प्रस्तुतीकरण सहित कार्याशालाको सहजीकरण गर्नुभएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका लेखा सुपरिवेक्षण समितिका संयोजक ईन्द्रराज ज्योति पौडेल, सञ्चालक गोपाल प्रसाद गौतम, कोषमा योगदान गर्ने साकोसका अध्यक्ष, प्रमुख कार्यकारी अधिकृत एवं व्यवस्थापकहरु सहित विभिन्न ३२ वटा बचत तथा ऋण सहकारी संस्थाबाट ५१ जनाको उपस्थिति रहेको थियो । 

कार्यशाला सहजीकरणका क्रममा सिईओ सापकोटाले भन्नुभयो, ‘सहकारी ऐनमा मुख्यत तीन वटा व्यवस्था रहेको छ, एउटा स्थिरीकरण कोष, दोस्रो समस्याग्रस्त सहकारी व्यवस्थापन समिति र अर्को निक्षेप तथा कर्जा सुरक्षण कोष । यी तिनवटा कोष हेर्दा उस्तै उस्तै लागेपनि स्थिरीकरण कोषले संस्था जीवन्त राख्न सहयोग गर्छ, समस्याग्रस्तले विरामी भइसकेर अव उपचार नलागेको अवस्थामा यसको छिनोफानो गरिदिनुपर्यो भन्ने अवस्थामा काम गर्छ र निक्षेप तथा कर्जा सुरक्षण कोषले संस्था मरिसकेपछि अब यसको जति ऐनले तोकेको छ, त्यति व्यक्तिगत बचत फिर्ता दिनका लागि भनेर गठन हुन्छ । यसरी हेर्दा संस्थालाई जीवन्त राख्ने कुरा सबैभन्दा ठूलो हुन्छ, स्थिरीकरण कोष संस्थालाई जीवन्त राख्ने कोष हो, संस्थालाई जीवन्त राख्न नियमित अनुगमन तथा सुपरिवेक्षण जरुरी हुन्छ, त्यो काम पनि स्थिरीकरण कोष मार्फत नै गरिन्छ ।’  

त्यसैगरि कोषले पहिलो कुरा त, तत्काल तरलता अभाव पर्यो, तरलताको लागि सापटी लिनुपर्यो भने सहयोग गर्छ । दोस्रो, नियमित सुपरिवेक्षण गर्न तथा जोखिमको निरोधात्मक क्रियाकलाप गर्न भन्ने व्यवस्था छ भने अर्को संस्था चल्नै नसक्ने अवस्थामा त्यसको व्यवस्थापन चलाईदिएर ह्याण्डओभर गर्ने अर्थात् व्यवस्थापन गर्ने सम्मको काम गर्न सक्ने व्यवस्था कार्यविधिमा उल्लेख रहेको उहाँले जानकारी गराउनुभयो । 

२०६७ सालमा कोषको कार्यविधि संशोधन भएको थियो । २०७९ साल जेठमा रु १० करोड रुपैंया कोषमा जम्मा भएपछि मात्र कोषले आफ्नो काम गर्न सुरु गरेको हो । हाल कोषमा १ सय ९१ वटा नियमित सदस्य छन् । ती बाहेक अन्य १३० भन्दा बढी साकोसको योगदान कोषमा रहेको छ । कोषमा योगदान गरेका साकोसहरु जोखिम सुपरिवेक्षण कार्यक्रममा सहभागी हुने व्यवस्था छ ।

ऐनको व्यवस्था अनुरुप नेफ्स्कूनको कार्यालयमा कोषको कार्यालय छ । कोषमा ४ जना कर्मचारी कार्यरत छन्, जोखिम सुपरिवेक्षणको काममा नेफ्स्कून मातहत २६ जना कर्मचारीले जोखिम सुरपरिवेक्षणको काम गरिरहेको अवस्था छ । जोखिम सुपरिवेक्षण प्रमाणिकरणका कार्यक्रममा गएका संस्थाहरुको मासिक रुपमा तरलताको अवस्था कस्तो छ ? ती संस्थाहरुमा तरलता तोकिएको मापदण्डभन्दा घटि भएमा स्थिरीकरण कोषले तुरुन्तै तरलता सापटी दिने व्यवस्था कोषले गरेको छ । हाल कोषमा २५ करोड ५६ लाख ७३ हजार योगदान रकम पुगेको छ भने कोष निरन्तर ठूलो हुने क्रममा छ ।

संस्थाले कोषमा योगदान गरेर र नियमित जोखिम सुपरिवेक्षणमा बसेर आफ्नो संस्थालाई जीवन्तता प्रदान गर्नको लागि सम्पूर्ण साकोसहरुलाई सिईओ सापकोटाले सबैमा आव्हान गर्नुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप