‘सहकारी क्षेत्रलाई सबल र दिगो बनाउन पत्रकारको भूमिका महत्वपूर्ण छ’ 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
‘सहकारी क्षेत्रलाई सबल र दिगो बनाउन पत्रकारको भूमिका महत्वपूर्ण छ’ 

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) को आयोजना तथा नेपाल सहकारी पत्रकार समाज (सीजेएन) को समन्वयमा दुई दिवसीय "COOPLENS : Aerial View into Cooperatives" सम्बन्धी तालिम काभ्रेको धुलिखेलमा सम्पन्न भएको छ । असार १३ र १४ गते सञ्चालित तालिममा सहकारीमा सुशासनको विधिशास्त्र : तथ्यपरक सूचना सम्प्रेषण, सहकारी संस्थाको वित्त व्यवस्थापन, सहकारीको परिवर्तित वातावरण र सहकारी पत्रकारिताको लेखन सीपको विकास लगायतका विषयहरुमा प्रस्तुतिकरण सहितको अन्तरक्रिया भएको थियो ।  

तालिम कार्यक्रमको औपचारिक शुभारम्भका क्रममा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सहकारीलाई बलियो बनाउन र कमजोर बनाउनमा सञ्चार क्षेत्रको महत्वपूर्ण भूमिका रहने भन्दै पत्रकारले सहकारीले गरेको काममा सही दृष्टि दिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “सहकारी अभियानले सुधार गर्नुपर्ने कुरामा कुनै कम्परमाईज गर्दैन, सुधारका प्रयास निरन्तर अगाडि बढिरहेका छन्, त्यसका लागि सञ्चार क्षेत्रको साथ, सहकार्य र सकारात्मक दृष्टिको अझै बढी आवश्यकता महसुश भएको छ ।”

पछिल्लो समय सहकारी क्षेत्रले अपेक्षा गरेको भन्दा फरक विषयले चर्चा पाएको भन्दै उहाँले सहकारी ऐनसँग जोडिएका केहि विषयहरु बढी विवादस्पद बनेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘सहकारीमा अध्यादेश मार्फत् ऐन ल्याउने परिपाटीको सुरुवात भयो, अध्यादेश स्वीकृत नभएपछि प्रतिस्थापन विधेयक मार्फत् सहकारी ऐन आयो । यसले समस्या सृजना गर्यो । सहकारी क्षेत्र संवेदनशील छ । यसलाई सहज रुपमा अभियानले स्वीकार गर्दैन, सुुधार गर्ने परिस्थिति बन्छ भन्ने प्रमाणित भएको छ । सहकारीभित्र सम्भावनाको खोजी भइरहेको अवस्था हो, सहकारीहरु लयमा फर्कन थालेका छन् । संघले संस्थागत सुशासन कायम गर्दै दिगो र सुरक्षित अभियान निर्माणका लागि निरन्तर काम गरिरहेको छ ।’ 

३७ वर्षदेखि बचत तथा ऋणको कारोबार गर्दै आईरहेको संघको वित्तीय कारोबारलाई प्राधिकरणले जारी गरेको नियमाकीय मापदण्डले प्रश्न उठाएको अवस्था छ, त्यो कदापी हुन सक्दैन, सहकारी ऐनलाई टेकेर नियामक निकायबाट स्वीकृत लिएर नै संघको वित्तीय कारोबार निरन्तर अगाडि बढ्ने उहाँले उल्लेख गर्नुभयो । 

सहकारी तथा आर्थिक क्षेत्रसँग सम्बन्धित सञ्चारकर्मीहरूको सहभागिता रहेको कार्यक्रममा सीजेएनका अध्यक्ष काजी श्रेष्ठले स्वागत मन्तव्य राख्दै नेफ्स्कूनसँगको सहकार्यमा तालिम आयोजना गरिएको र यसले पत्रकारको क्षमता अभिवद्धिमा टेवा पुग्ने उल्लेख गर्नुभयो । कार्यक्रमको सञ्चालन संघका प्राचार्य बल्लभ तिमल्सिनाले गर्नुभएको थियो । 

तालिम कार्यक्रमको उद्देश्य र औचित्यताका विषयमा संघका प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले प्रकाश पार्नुभएको थियो ।

तालिमको पहिलो दिन पहिलो सत्रको सहजीकरण सिए राजन अधिकारीले गर्नुभएको थियो । सिए अधिकारीले वित्तीय विवरणको तथ्य र तथ्यांक विश्लेषण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । तालिममा आर्थिक क्षेत्र र सहकारी क्षेत्रलाई प्रमुख विधा बनाएर पत्रकारिता गर्ने विभिन्न सञ्चार माध्यमका २२ जना पत्रकारहरुको उपस्थिति रहेको थियो । 

त्यसैगरि शनिबार तालिमको पहिलो सेसन अन्तर्गत विजमाण्डु डटकमका सम्पादक विज्ञान अधिकारीले सहकारी पत्रकारिताको अवस्था, सहकारी क्षेत्रको विकास र प्रवर्द्धनमा पत्रकारको भूमिका, सहकारीका विद्यमान चुनौती र अवसरका विषयमा प्रशिक्षण दिँदै आफ्ना अनुभवहरू सुनाउनुभएको थियो । 

दोस्रो सेसन अन्तर्गत नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) का प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले आ.व.२०८१/०८२ को मिडिया ओपरेशन कार्यक्रम अन्तर्गत सीजेएन सँगको सहकार्यमा सहकारी क्षेत्रमा सञ्चार क्षेत्रको दृष्टिकोण सम्बन्धी तालिम आयोजना गरिएको बताउनुभयो । उहाँले सहकारीलाई माइक्रो लेवलबाट भन्दा माथि उठेर हेर्नुपर्ने भन्दै सहकारीको दिगोपनाको लागि सोच्ने बेला आएको बताउनुभयो । वित्तीय सहकारीमा जोखिम हुन्छ नै, त्यसका लागि आन्तरिक सुशासन, सदस्यसँगको सम्बन्ध, वित्तीय संरचना, आन्तरिक सञ्चालन पद्धति र सञ्चालकको दृष्टिकोण महत्वपूर्ण हुने उहाँले बताउनुभयो । वित्तीय सहकारी संस्था सञ्चालनमा सहजता ल्याउन ध्यानदिनुपर्ने विषय र संस्था सञ्चालनका जिम्मेवार व्यक्तिहरु सँधै सजग र सचेत रहनुपर्ने विषयमा उहाँले जोड दिनुभएको थियो । पत्रकारको कलमले सहकारीको 'एरियल भ्यू' बाट Fastest, Widest, Acute, Relevant  समाचार बाहिर ल्याउनुपर्ने विषयमा सिईओ सापकोटाले प्रकाश पार्नुभएको थियो ।   

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप