किसान साकोस ३१औं वर्षमा प्रवेश, स्थापना दिवसका अवसरमा सप्ताहव्यापी विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
किसान साकोस ३१औं वर्षमा प्रवेश, स्थापना दिवसका अवसरमा सप्ताहव्यापी विविध सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन

नवलपरासी । गैंडाकोट–८, नवलपरासीमा मुख्य कार्यालय रहेको किसान बचत तथा ऋण सहकारी संस्था लि. ३० वर्ष पुरा गरी ३१औं वर्षमा प्रवेश गरेको छ । २०५२ असार १५ गते स्थानीय २५ जनाको सक्रियतामा स्थापित संस्थाले आज असार १५ गते आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । 

नाफा भन्दा सदस्य र समुदाय केन्द्रित सेवामा जोड दिँदै आएको किसान साकोसले २५ वटा सहकारी संस्थाहरुसँग एकीकरण गरि सदस्यहरुमाझ प्रभावकारी वित्तीय तथा गैरवित्तीय सेवाहरु प्रदान गर्न सफल भएको छ । 

साकोसका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा आयोजित स्थापना दिवस कार्यक्रमका प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी एवं विशिष्ट अतिथिमा उपमेयर शान्ति कोईराला रहनुभएको  थियो । 

साकोसले स्थापना दिवसको अवसरमा १३ गते कावासोती स्थित ज्ञानोदय मा.वि.र गैंडाकोट स्थित जनक नमुना मा.वि.मा अध्ययनरत विद्यार्थीहरुका लागि ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय, नवलपुरको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा विद्यालय शिक्षक र साकोसका प्रतिनिधिका साथै ट्राफिक प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । ट्राफिक सचेतना सँगै जनक नमुना मा.वि. परिसर आसपासका सडकमा जेब्राक्रस समेत बनाएको साकोसले जनाएको छ ।  

त्यसैगरि असार १४ गते साकोसका सञ्चालक समिति, कर्मचारी, उपसमिति र स्थानीयबासी सदस्यहरुको उपस्थितिमा साकोसको सेवा केन्द्र रहेका विभिन्न दुई दर्जन स्थानका विभिन्न सार्वजनिक स्थलहरुको सरसफाई गरेको प्रमुख कार्यकारी अधिकृत सन्जय राज तिमिल्सीनाले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “सप्ताहव्यापी स्थापना दिवस कार्यक्रम अन्तर्गत कार्यक्षेत्र भित्रका सबै सेवाकेन्द्रहरुबाट बिहान ७ः३० बजे एकै साथ सरसफाई कार्यक्रम शुरु गरि विभिन्न २१ वटा सार्वजनिक स्थलहरुको सरसफाईको काम सम्पन्न गरिएको साथै यसबाट सरसफाईमा सामाजिक सचेतना वृद्धि हुने विश्वास लिईएको छ ।”

साकासले सरसफाई अभियान अन्तर्गत तनहुँ जिल्ला अन्तर्गत देवघाट गाउँपालिका, देवघाट स्थित देउपुर पार्क, चितवन जिल्ला अन्तर्गत नारायणघाट, पुल्चोकको हरिहर मन्दिर, भरतपुर स्थित दुर्गा मन्दिर, समृद्धि सेवा केन्द्र क्षेत्रमा रहेको विश्राम स्थल र चौतारी, रत्ननगर नगरपालिका, टाँडी क्षेत्रको सिद्धेश्वर जलदेवी मन्दिर रहेका छन् । त्यसैगरी नवलपुर जिल्ला अन्तर्गत दुम्कीबास क्षेत्रको कालिका मन्दिर, सर्दिको शिवालय मन्दिर, अरुणखोलाको गणेश मन्दिर र शिव मन्दिर, अमरापुरी क्षेत्रको शमशान घाट, हर्कपुर क्षेत्रको दुर्गा मन्दिर, मुकुन्दपुर क्षेत्रको बसुन्धरा मन्दिर, देवचुली क्षेत्रको घुमाउने सामुदायिक वनको पार्क र विहार, दलदले क्षेत्रको गणेश मन्दिर, रजहर क्षेत्रको शिवालय मन्दिर, चोरमारा क्षेत्रको दुर्गा मन्दिर, गोछाडा क्षेत्रको कुमारवर्ती स्वास्थ्य चौकी, गैंडाकोट पुल्चोक क्षेत्रको एसियन राजमार्ग, शिलान्यास पार्क र शिलान्यास चोक, गैंडाकोट क्षेत्रकै रानीताल चण्डीका मन्दिर र कावासोती, विष्णुनगर क्षेत्रको राम मन्दिर रहेका छन् ।

स्थापना दिवसको दिन असार १५मा राष्ट्रिय धान दिवसमा पञ्चवटि सेवाकेन्द्र क्षेत्रका कृषकका १० कठ्ठा धानखेतमा सामुहिक धान रोपाईं कार्यक्रम समेत सम्पन्न गरिएको छ ।

साथै ५१ जना जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो । प्रमुख अतिथि गैंडाकोट नगरपालिकाका मेयर मदन भक्त अधिकारी र विशिष्ठ अतिथि उपमेयर शान्ति कोईरालाले विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि मेयरले किसान साकोस ढुक्क संग कारोबार गर्न सकिने र गैंडाकोटलाई सहकारीमा चिनाउने संस्थाको रुपमा रहेको भन्दै प्रशंसा गर्नु भएको थियो ।

उपमेयर कोइरालाले सहकारी संस्थाले महिलालाई आत्म निर्भर र महिलाको नेतृत्व क्षमता वृद्धिमा थप काम गर्नु पर्ने जनाउनु भयो । उहाँले किसान साकोसले २५ हजार भन्दा बढी महिलाहरुलाई गोलबद्ध गर्न सफल भएको भन्दै खुसी व्यक्त गर्नुभयो ।

विभिन्न २५ वटा संस्था जोडिएर बनेको किसान साकोसले संस्थाको स्थापनाकाल देखि एकीकरण पूर्वका सम्पूर्ण नेतृत्वहरुसँग साक्षात्कार गर्दै मार्गदर्शन प्राप्त गरेको छ । सदस्य सेवा नै हाम्रो मुख्य उद्देश्य हो” संस्थाका अध्यक्ष भोजराज पौडेलले भन्नुभयो, संस्थाले संस्था स्थापनाकालदेखि हालसम्मको अवस्था र परिवेशका साथै अनुभव आदान–प्रदानबाट संस्थाको साझा स्वामित्व सदस्यतहमा अनुभूति गराउने प्रयास गरेको हो । संस्था ठुलो हुँदै गर्दा सदस्य र नेतृत्वका बिचमा सामिप्यता कमजोर हुन नदिन निरन्तर नेतृत्व विकासका साथै पूर्व नेतृत्वकर्ताको अनुभव ग्रहण गर्दै अगाडि बढ्नेमा संस्थाले जोड दिएको छ । 

किसान साकोसले आफनो गौरवमय ३० वर्ष सफलतापूर्वक पुरा गरि ३१औं वर्ष प्रवेश गर्न गईरहेको यस गौरवमय ईतिहास सहितको दर्विलो वर्तमान र उज्जवल भविष्यका लागि “समृद्ध सदस्य, दिगो साकोस“ भन्ने परिकल्पना सहित ४ अर्बको कुल सम्पत्ति, राष्ट्रिय–अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको संस्थाले सहकारी क्षेत्रमा उदाहरणीय कार्य गर्दै आएको छ ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप