नेतृत्व तहमा महिला सहभागिता अभिबृद्धि गर्न सशक्तिकरण तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेतृत्व तहमा महिला सहभागिता अभिबृद्धि गर्न सशक्तिकरण तालिम 

भक्तपुर । सहकारीमा महिला नेतृत्व विकासका लागि तालिम तथा शिक्षाका कार्यक्रममा जोड दिइएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.को महिला सशक्तिकरण उपसमितिको आयोजना र नेफ्स्कूनको साझेदारीमा असार १४ गते, एक दिने “महिला नेतृत्व विकास तालिम सञ्चालन भएको हो । सहकारीमा महिला सदस्यकोे बहुमत भएतापनि नेतृत्व तहमा न्यून संख्या रहेको तथ्यांकले देखाउने भन्दै नेतृत्व तहमा महिलाको सहभागिता बढाउन सशक्तिकरणमा जोड दिनुपर्ने कार्यक्रममा उपस्थित सहभागी वक्ताहरुको भनाई रहेको थियो । 

सहकारीमा नेतृत्व गर्नलाई सहकारी मूल्य, मान्यता बुझ्नुको साथै सहकारी सम्बन्धी ऐन, नियमावली, मापदण्ड, संस्थाको विनियम, नीति, कार्यविधि सम्बन्धी जानकार हुनुपर्ने हुँदा तालिम आवश्यक रहेको र महिलाहरुले तालिम सँगसँगै अध्ययन र विश्लेषण पनि एकसाथ अगाडि बढाउनुपर्ने आवश्यकता औल्याईएको थियो । आफूमा स्वयम्सेवी भावनाको विकास साथै नेतृत्व क्षमता अभिवृद्धि गर्न सके नेतृत्व तहमा महिलाको संख्यात्मक सँगै गुणात्मक बृद्धि सम्भव रहेको विषय तालिममा प्रष्ट पारिएको थियो ।

तालिमको सहजीकरण नेफ्स्कूनकी तालिम अधिकृत रिता सुवेदीले गर्नुभएको थियो । कार्यक्रममा सभापति एवम् संघका संचालक सदस्य कृष्णश्वरी मचामसीले महिला नेतृत्व विकास तालिम, तालिम लिनका लागि मात्र नभई सहकारीको अध्यक्ष एक दिन बन्नेछु भन्ने बिचार लिएर जानुहुन सहभागीहरुलाई अनुरोध गर्नुभयो । साथै सहकारीमा नेतृत्व गर्ने सोचले नै उत्प्रेरित भएर नै तालिममा उत्साहजनक सहभागिता रहेको र सहकारी सम्बन्धी नीति, नियम, संस्थाकै विनियम, नीतिहरु अध्ययन गर्नुपर्ने अनिमात्र सहकारीको नेतृत्व सक्षम हुने विचार राख्नुभयो ।  

कार्यक्रममा महिला सशक्तिकरण उपसमितिका सदस्य निर्जना ढुंगेल दाहालले पनि तालिममा सिकेका कुराहरु संस्थामा गएर कार्यान्वयन गर्नुहुन अनुरोध गर्नुहुँदै अवसरकै कमीले गर्दा पनि महिला नेतृत्वमा कमी भएको विचार राख्ख्नुभयो । तालिममा सहभागीहरुमध्येबाट शुभेच्छा बचत तथा ऋण सहकारी संस्थाका मनशोभा सुवाल र अमरज्योति बचत तथा ऋण सहकारी संस्था लि.का सविता घिमिरेले पनि मन्तव्य राख्नुभएको थियो । 

तालिमको समापन संघका अध्यक्ष कृष्णगोविन्द लाखाजूले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका अधिकृत कृष्णश्वरी ह्यौंमिखाले गर्नुभएको थियो । सो तालिममा संघमा आवद्ध सदस्यसंस्थाहरुबाट ४८ जनाको उपस्थिति रहेको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप