नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्वारा प्राधिकरणका नवनियुक्त अध्यक्ष शर्मालाई बधाई तथा शुभकामना

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कून) ले राष्ट्रिय सहकारी नियमन प्राधिकरणका नवनियुक्त अध्यक्ष डा. खगराज शर्मालाई आज एक कार्यक्रमबीच शुभकामना तथा बधाई ज्ञापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा सहकारी विज्ञ डा. शर्मालाई नियुक्त गरेको हो । 

शुभकामना तथा बधाई ज्ञापन कार्यक्रमका अवसरमा संघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थाहरुको नियमन तथा प्रवर्द्र्धन गर्ने उद्देश्यले गठित प्राधिकरणको गरिमाय अध्यक्षमा सहकारीको एक विज्ञ व्यक्ति आउनुले सहकारीको नियमन प्रणालीले प्रभावकारिता पाउने अपेक्षा रहेको बताउनुभयो । बचत तथा ऋण सहकारी भित्र समस्या विविध छन्, तिनको व्यवस्थापन गर्ने नीति र संस्थागत संरक्षणको विधि निर्माण गरेर डे वान देखि नै प्राधिकरणले प्रष्ट रुपमा नेतृत्व प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गर्नुभयो । 

डा. शर्माले आफ्ना केही विचारहरु व्यक्त गर्दै, बचत तथा ऋणको कारोबार गर्ने सहकारी संस्थालाई सुदृढ बनाउने लक्ष्य प्राधिकरणको हो, प्राधिकरण निरन्तर त्यही लाइनमा सन्तुलित, सहकार्य र समन्वयात्मक सम्बन्ध निर्माण गर्दै अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “स्वभाविक रुपमा वित्तीय सहकारीको नियमनसँग जोडिएर प्राधिकरणको जन्म भएको हो । सहकारी क्षेत्रलाई सुदृढ, सुरक्षित र सबल बनाउन सबैको सामुहिक प्रयास आवश्यक छ, हामी जुन क्षेत्र सुधारको लक्ष्य लिएर अगाडि बढेका छौ, त्यहि क्षेत्र र समूहसँग सहकार्य र समन्वय गर्दै लक्ष्य प्राप्तिको प्रयासमा लाग्ने छौ ।” 

प्राधिकरणप्रति सबैको ठूलो अपेक्षा छ, संस्थागत संरचना व्यवस्थापनले अझै पूर्णता प्राप्त गर्न सकेको अवस्था छैन, एकसाथ सबै काम गर्न सम्भव नहोला, पहिले विधि र मापदण्ड निर्माण गर्नेतर्फ प्राधिकरण लाग्नेछ । बचत तथा ऋणको केन्द्रीय संघ नेफस्कूनले गरेको प्रणाली विकासलाई पनि आत्मसाथ गरेर जानुपर्छ । सर्वप्रथम  प्राधिकरणको संरचना बलियो बनाउने र वित्तीय कारोबार गर्ने संस्थाहरुलाई मजवुत बनाउने तर्फ प्राधिकरणको ध्यान रहनेछ ।

बधाई तथा शुभकामना कार्यक्रममा संघका महासचिव घनश्याम अधिकारी र प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाको उपस्थिति रहेको थियो । सो अवसरमा प्राधिकरणका सदस्य सचिव रविन ढकालले प्राधिकरणद्वारा सम्पन्न भएका हालसम्मका कार्यगतिविधिहरुबारे जानकारी गराउनुभएको थियो । 

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप