आधाशिला कार्यक्रम मार्फत नेफ्स्कूनको सहकारी सुधार अभियान
आधारशिला कार्यक्रम मार्फत दूर दराजमा रहेका सहकारीका सदस्यहरुको पहुँच अभिवृद्धि गर्दै नेफ्स्कून
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
आधारशिला कार्यक्रम मार्फत दूर दराजमा रहेका सहकारीका सदस्यहरुको पहुँच अभिवृद्धि गर्दै नेफ्स्कून

नविनराज दाहाल, ताप्लेजुङ । गाउँ–गाउँमा सहकारीलाई सहकारिताको तिर्थाटनको रुपमा अनुकरणीय अभ्यासमार्फत सदस्यहरुलाई स्वरोजगारी र उद्यमी वनाउने यात्रामा “आधारशिलामा साझेदारी, वित्तीय पहुँच र स्व–रोजगारी” को मूल मर्मका साथ नेफ्स्कूनले आफुले सिकेका सीप, ज्ञान, विद्धता, अनुभवलाई देशका कुना कुनासम्म पुर्याउँदै आइरहेको छ ।  

स्थानीय तहसँग साझेदारी गरी सहकारी क्षेत्र सुधार तथा सुदृढीकरणका लागि आधारशिला कार्यक्रमको अपनत्व सहित मैवाखोला गाउँपालिका, ताप्लेजुङमा पालिका अध्यक्ष विजय प्रकाश वानेम र संघका बरिष्ठ अधिकृत नविन राज दाहालको रोहवरमा आर्थिक बर्ष २०८२।०८३ मा आधारशिला कार्यक्रम कार्यान्वयनका लागि श्रावण २३ गते दुईपक्षिय सम्झौता भएको छ ।

संघले यस पालिकामा सहकारी संस्थाको घरदैलोमा गई सहकारिताको अभ्यासको अनुशिक्षण दिने, सकृय रहेका सहकारीको सुदृढीकरणको लागि प्राविधिक सहयोग निरन्तर गर्ने, भएका सहकारीको एक वडा एक सहकारीको अवधारणा अनुरुप एकीकरणमा सहजीकरण गर्ने, सहकारीमा भएका सदस्यहरुलाई उद्यमी देखि उद्योगी सम्मको श्रृँखलामा प्राविधिक सहजीकरण गर्ने र सहकारीलाई कानूनी परिपालनामा अन्तरनिहित महसुशीकरण गराउने काम निरन्तर गर्दै आइरहेको छ । यस कार्यक्रमले तालिम, गोष्ठी तथा अन्य भेलामा भन्दा स्थलगत रुपमा सहकारीको घरदैलो र गुन्द्रीमा वसेर सहकारीलाई सहकारीको सिद्धान्त र सहकारिताको संस्कार वसाल्न कोचिङ र मेन्टोरिङ गर्ने काम गरेको छ । 

गाउँपालिका का अध्यक्ष विजय प्रकाश वानेमले नेफ्स्कूनसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी लागेको र अझ कार्यक्रममा जोडिन ढिला भएको विचार अभिव्यक्त गर्नुभएको थियो । सहकारीलाई रोजगार र उत्पादनसँग जोड्न संघको प्राविधिक सहयोग निरन्तर रहने विश्वास अध्यक्ष वानेमले व्यक्त गर्नुभएको थियो । कार्यक्रमका अवसरमा पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी माया गोम्देनले आधारशिला कार्यक्रमको सम्झौता र यसको मर्मले सहकारिताको अनुकरणीय अभ्यासमा नयाँ आयाम कोर्ने र सहकारी कानूनी परिपालनामा योग्य हुने विश्वास पालिकाले लिएको बताउनुभएको थियो । यस कार्यक्रममा स्थलगत रुपमा गई पालिकाको लक्ष्य र संघको मर्मलाई आत्मासाथ गर्ने कुरा पालिकाका सहकारी शाखाका प्रमुख  सुरेन्द्र राई र संघका बरिष्ठ अनुगमन सहजकर्ता सोमनाथ दाहालले प्रतिवद्धता जनाउनुभएको थियो ।   

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

२१ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप