दश वर्षे सहकारी नीति तथा योजना तर्जुमा बनाउन सुझाब संकलन गर्दै
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
दश वर्षे सहकारी नीति तथा योजना तर्जुमा बनाउन सुझाब संकलन गर्दै

सिन्धुली । कमलामाई नगरपालिका, सिन्धुलीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) को प्राविधिक सहयोगमा पालिकाको १० वर्षे सहकारी नीति तथा योजना निर्माणको अन्तिम सुझाव संकलन कार्यक्रम कमलामाई नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । 

का.वा. नगर प्रमुख पुर्ण बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्षले सहकारी क्षेत्र मार्फत समग्र नगरपालिकाको आर्थिक तथा सामाजिक रूपान्तरण गर्न सकिने, गरिबी तथा सिमान्तकृत वर्गको अन्त्यका लागि सहकारी क्षेत्रनै प्रमुख अंगको रुपमा भुमिका निभाउन सक्ने विषय राख्दै यसमा हामी सवै संम्बेदनशिल रहेको वताउनु भएको थियो । यसै क्रममा पालिकाका नि.प्रमुख प्रशासकीय अधिकृत नबराज बरालले नेफ्स्कूनको प्राविधिक सहजीकरणमा दश वर्षको सहकारी नीति तथा योजना तर्जुमा आफैमा नेपालमा पहिलो अभ्यास भएको वताउनु भएको थियो । यसले पालिकालाई दश वर्षमा सहकारी क्षेत्रमार्फत गरिने रूपान्तरणको झल्को अहिलेनै यस दस वर्षे सहकारी नीती तथा योजना तर्जुमा,मसौदा नीति तथा योजनामा पस्कनु भएको थियो । यो देशकै लागि पहिलो अभ्यास भएकाले सबै स्थानिय तहहरुका लागि यो मोडल र नमुना हुने बताउनु भएको थियो । यसमा अझै थप गरिनु पर्ने विषयहरू छन् । सवै सहकारी अभियन्ताका विचार समावेश गरिनु पर्ने विषय समेत राख्नु भएको थियो यसै क्रममा आर्थिक समितिका संयोजक रामवहादुर थिङले यस नीति तथा योजना आफैमा नतिजामूखी तथा उत्पादन, वजारीकरण र व्यावसायिकीकरणमा जोड दिएकोमा पालिका यसको पूर्ण पालनामा अग्रसर हुने विचार राख्नु भएको थियो । यस नीति तथा योजनालाई अझ धनिभूत छलफल गरी सभावाट पास गरी यथा शीघ्र कार्यान्वयनमा ल्याइने विचार राख्नु भएको थियो । दश वर्षे सहकारी नीती तथा योजना तर्जुमा यो कायक्रममा नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहालले प्राविधिक सहजीकरण गरिरहनु भएको छ । 

पालिकाको सहकारी क्षेत्रको १० वर्षे नीति तथा योजना तर्जुमाको अन्तिम रूपका लागि पालिकामा भएका क्षेत्रगत प्रकृतिका सबै सहकारी संस्थाका प्रतिनिधि, विज्ञ र सहकारी अभियान्ताहरूको सहभागिता भएको र वहाँहरूसँग संघका प्रतिनिधिहरुले सुझाव संङ्कलन गर्नु भएको थियो । 
सामाजिक एकीकरण, गरिबी न्यूनीकरण, उत्पादनशील रोजगारीको सिर्जना, मर्यादित एवं सकारात्मक श्रम सम्बन्ध, वातावरण संरक्षण, समतामूलक समावेशी समाजको निर्माण, उद्यमशीलताको विकास, स्वच्छ र प्रतिस्पर्धी व्यावसायिक वातावरणको सिर्जना, उत्पादनमा बृद्धि जस्ता उपलब्धि हासिल गरी पालिकाको सामाजिक तथा आर्थिक विकासमा सहकारी क्षेत्रबाट योगदान पु¥याउन आजको उद्यमी दश वर्षको उद्योगी वनाउनेमा सहकारीको व्यवहारिक प्रयोगका लागि पालिकाले यो दश वर्षे सहकारी नीती तथा योजना तर्जुमा  आबाश्यकता महशूस गरिएको हो । 
विगत आर्थिक बर्ष देखि नेफ्स्कूनले सञ्चालन गरेको आधारशिला कार्यक्रम यस आ.व.२०८२/०८३ मा निरन्तरताको सन्दर्भमा पालिकाका सहकारी शाखा प्रमुख मुकेश तामाङले नेफ्स्कूनले विगत देखि यस पालिकामा सहकारी क्षेत्रको समग्र विकासमा नीति निर्माण लगाएत सहकारीको घरदैलोमा गई सहकारीमा भोगेका भोगाईलाई आधारशिला कार्यक्रममार्फत सामाधान दिने कार्यको शुरुवात यस आ.व.मा नेफ्स्कूनले सहकारीको एकीकरण तथा कानूनी परिपालनाको विषयमा विषेश केन्द्रित हुने विषय राख्नु भएको कार्यक्रममा पालिकाको कार्यवाहक अध्यक्ष, आर्थिक समितिको संयोजक नि. प्रमुख प्रशासकीय अधिकृत लगाएत सहकारी संघ संस्थाबाट ३५ जनाको सहभागीता रहेको उक्त कार्यक्रमकोे सहजीकरण नेफ्स्कूनका बरिष्ठ अधिकृत नविन राज दाहाल, अधिकृत राधा पौडेल र पालिकाका भुमी व्यवस्था तथा सहकारी ईकाइ प्रमुख मुकेश तामाङले गर्नु भएको थियो ।

भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१९ घण्टा अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

१ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

५ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप