सहकारी व्यवस्थापक कोर्षको सातौँ व्याच कक्षा सञ्चालन
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सहकारी व्यवस्थापक कोर्षको सातौँ व्याच कक्षा सञ्चालन

काठमाडौं । सहकारी क्षेत्रमा आवश्यक दक्ष जनशक्ति व्यवस्थापन गर्ने उद्देश्यका साथ नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून) द्वारा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) सँगको सम्बन्धनमा सञ्चालन गरिएको सहकारी व्यवस्थापक कोर्षको सातौँ व्याचको कक्षा यहि मिति भाद्र १५ गते बाट सञ्चालन गरेको छ । 

अभौतिक रुपमा शुरु गरिएको कार्यक्रमलाई सम्वोधन गर्दै संघका प्रमुख कार्यकारी अधिकृत डा.शिवजी सापकोटाले सहकारी अभियानमा दक्ष जनशक्तिको अभाव हुन नदिन म्यानेर्जस कोर्षले सहकारीहरुलाई व्यावसायिक र सुरक्षित बनाउन सहयोग गर्ने बताउनुभयो । सातौं व्याचको कोर्ष शुरुवात भएको सन्दर्भमा उहाँले सबै सहभागिलाई निरन्तर सिकाई र अनुशासनमा रहेर क्षमता विकास गर्नका लागि सुझाव दिनुभयो । 


कोर्ष सञ्चालन सम्बन्धि समग्र विषयमाथि प्रकाश पार्दै तालिम केन्द्रका प्राचार्य बल्लभ तिमल्सिनाले सहभागी सबैलाई कोर्षलाई निरन्तरता दिन र धैर्यताका साथ सम्पन्न गर्न सुझाव दिनुभयो ।  


सहकारी व्यवस्थापक कोर्ष दक्षतामा आधारित ज्ञान, सीप र क्षमतायुक्त जनशक्ति तयार गर्ने उद्देश्यले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) बाट तयार गरिएको छोटो अवधिको कोर्ष हो । जम्मा ६०० घण्टाको कोर्षलाई अभौतिक, भौतिक र परियोजना कार्य मार्फत सम्पन्न गरिने तालिम केन्द्रले जनाएको छ । हालसम्म यस कोर्षबाट ८२ जनाले प्रमाणपत्र प्राप्त गरिसकेका छन् । 


कोर्षमा प्रशिक्षार्थीहरुले तालिममा व्यवस्थापकले संस्था सञ्चालनको क्रममा सम्पादन गर्नुपर्ने प्रत्येक सीपहरुको व्यवहारिक र सैद्धान्तिक अभ्यास गर्नेछन् । यी सीपहरुमा दक्षता हासिल गरिसकेपछि प्रशिक्षार्थीहरुले कुनै पनि सहकारी सस्था कुशलतापूर्वक व्यवस्थापन गर्न सक्दछन् । यस कोर्ष ६०० घण्टाको हुनेछ जसमा ८० प्रतिशत व्यवहारिक र २० प्रतिशत सैद्धान्तिक कक्षाहरु सञ्चालन हुनेछ जसमा मुख्यतया सहकारी सञ्चालनमा व्यवस्थापकको जिम्मेवारी र भूमीका, योजना निर्माण तथा जिम्मेवारी बाँडफाँड, संस्था सञ्चालनका क्रममा आवश्यक हुने नीति, रणनीतिको विकास, समिक्षा र अद्यावधिक, संस्थाका आवधिक प्रतिवेदनहरुको तयार र विश्लेषण, नगद र सम्पतिको सुरक्षा सम्बन्धी मापदण्ड, सरोकारवाला पक्षहरुसँग समन्वय र सम्बन्ध विस्तार, नविनतम् सूचना प्रविधिको छनौट, प्रयोग र विश्लेषण, मानव संशासधन योजना र जिम्मेवारी बाँडफाँड, अभिलेख व्यवस्थापन र सुरक्षणका उपाय, सदस्यहरुको आवश्यकतामा आधारित बस्तु तथा सेवाको पहिचान र विकास, बस्तु तथा सेवाको प्रवद्र्धन गर्ने माध्यम छनौंट र विकास एवम् संस्थामा आउने जोखिम व्यवस्थापन र सुरक्षा व्यवस्थाका विषयहरु समावेश हुनेछ । 

जुम मार्फत हुने यो कोर्षका सहभागीहरुलाई ३ दिनको आवशीय तालिम  सञ्चालन हुनेछ ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप