सिकाइको भारि बोकाउँदै बचत खेल तालिम 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
सिकाइको भारि बोकाउँदै बचत खेल तालिम 

नबलपरासी  । किसान बचत तथा ऋण सहकारी संस्था लि.गैडाकोट ८,बिजयनगर नबलपरासीको आयोजना र जर्मन स्पार्कसेन्स्टिफ्टुङ्ग -German Sparkassenstiftung_ तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कून) को प्राविधिक सहजीकरणमा दुई दिवसीय बचत खेल तालिम सम्पन्न भएको छ । 

साकोसका अध्यक्ष भोजराज पौडेलको अध्यक्षतामा सञ्चालन भएको उक्त तालिममा अध्यक्ष पौडेलले  कर्मचारीहरुलाई संस्थाको नीति, नियमको पालना गर्दै अघि बढनुपर्ने कुरा राख्नुभयो । संस्थाको खम्बा भनेको कर्मचारी रहेको र कर्मचारीको क्षमता विकास गर्न संस्था निरन्तर अघि बढिरहेकोले यस्ता कार्यक्रमहरु निरन्तर सञ्चालन भइहरने कुरा बताउदै यहाँ सिकेका कुराहरु सदस्यहरुमार्फत पुर्याउनको लागि आग्रह गर्नु भएको थियो । 
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सचिव सरस्वती कंडेलले सम्पुर्ण सहभागि कर्मचारीहरुलाई यस तालिम महत्वपुर्ण रहेकाले ध्यान दिएर सहभागि हुन र सिकेका कुराहरुलाई समुदाय स्तरमा पुर्याउनको लागि सुझाव दिनुभयो ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत सञ्जयराज तिमिल्सिनाले सहभागि कर्मचारीहरुलाई उत्प्रेरणात्मक भनाई राख्दै यस तालिम मार्फत संस्थाका कर्मचारीहरुको क्षमता विकास गरी संस्थाको दुतको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । समुह परिचालक कर्मचारीहरु सिङ्गो संस्थाको पिल्लर भएकाले आफ्नो क्षमता तथा संस्थागत संस्कारको विकास गर्दै जानुपर्ने, यसैगरी समुह परिचालक भनेको संस्थाको जरा हो, जरामा पानी हाल्यो भने मात्र रुख हरियो हुने भएकाले पनि तपाइहरुको क्षमता विकासको लागि यस खाले तालिमको आयोजना गरिएको र यस्ता कार्यक्रमहरु निरन्तर भइरहने कुरा राख्नुभयो । यहाँ सिकेका विषयवस्तुहरु  तपाइहरुले आफुले सहजिकरण गर्ने समुह मार्फत सम्पुर्ण सदस्यहरुमा पुर्याउनुपर्ने कुरा सहभागी सदस्यहरुमा पस्कनु भएको थियो । 

सहभागिहरुले यस तालिम फरक तथा व्यवहारिक रहेकोले सजिलो तरिकाले सिक्ने अवसर प्राप्त भएकोमा खुसि व्यक्त गर्नुभएको थियो । यस अघिका तालिमले केही कार्य जिम्मेवारीको भारी बोकाउने गरेकोमा यस तालिमले थप सिकाइको भारि बोकाएको छ, जसले हाम्रो आफ्नो परिवार र सदस्यहरुमा वित्तीय साक्षरता बृद्धि गराउन थप सहयोग पुग्ने भएकाले हामि यसलाई आफ्नो व्यवहारिक जिवनमा प्रयोग गर्दे सदस्यहरुलाई पनि सिकाउने कुरामा प्रतिवद्ध रहेको कुरा राख्नुभएको थियो ।

भाद्र १३ र १४ दुई दिनसम्म सञ्चालित बचत खेल तालिममा ३३ जना सहभागिहरुको सहभागिता रहेको थियो तालिमको प्राविधिक सहजीकरण नेफ्स्कूनका वरिष्ठ कार्यक्रम अधिकृत कोमलराज अधिकारी र अधिकृत श्याम राजा तिमल्सिनाले गर्नुभएको थियो  ।
 
भर्खरै
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

६ दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

६ दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

७ दिन अगाडि

सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न
सहकारी बैंक गठन सम्बन्धी राष्ट्रिय गोष्ठी चितवनमा सम्पन्न

१० दिन अगाडि

सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

११ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

११ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

लोकप्रिय
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

४ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१५ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१३ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

पाठकबाट थप