गुणस्तर सुनिश्चितता निर्देशिका अद्यावधिक २ दिने कार्यशाला सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
गुणस्तर सुनिश्चितता निर्देशिका अद्यावधिक २ दिने कार्यशाला  सम्पन्न

भक्तपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लिमिटेड (नेफ्स्कून) र नेपाल सरकार सहकारी विभागको सयुक्त छलफलबाट बचत तथा ऋण सहकारी अभियानमा सुशासनको प्रत्याभुति र सुनिश्चितता गर्न संघले विगत वर्षदेखि सञ्चालन गरिरहेको गुणस्तर सुनिश्चितताको अभ्यासलाई नीतिगत रुपमा छलफल गरी उक्त निर्देशिका अद्यावधिक  कार्यशाला होटल हेरिटेज सुर्यबिनायक,भक्तपुरमा सम्पन्न भएको छ ।  

यस नतिजामुखी कार्यको घनिभुत छलफल तथा मनथनमा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सहकारी विभागका रजिष्टार उमेश ढुङ्गानाले दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गर्दै नियामक निकायहरुले जारी गरेको मापदण्ड र नियमका विषयहरुमा केन्द्रित हुने र सहकारी सुशासनको अभ्यासमा सञ्चालित हुनुपर्छ भन्ने विचार र निर्देशन गर्नुभएको थियो । संघले विगतदेखि बचत तथा ऋण सहकारी संस्थाहरुमा गरिरहेको गुणस्तर सुनिश्चितताको अभ्यास आफैमा पनि अतुलनीय कार्य हो यसमा हामी नियामकीय निकायहरुबाट पनि यस अभ्यासमा निरन्तर सहकार्य हुने विषय राख्नु भएको थियो ।

गोष्ठिमा विचार प्रस्तुतीका क्रममा संघका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाबाट बचत तथा ऋण सहकारी संस्थाहरुलाई जवाफदेही र उत्तरदायी वनाउन विभिन्न सुशासन परिक्षण तथा उत्प्रेरणाका औजारहरु निर्माण गरी बचत ऋण अभियानलाई उत्कृष्ट वनाउन निरन्तर क्रियाशिल हुने विचार पस्कनु भएको थियो । 

गोष्ठीलाई समापन गर्दै संघका अध्यक्षबाट बचत तथा ऋण सहकारी अभियानको सुदृढीकरण तथा सवलीकरणमा नीतिगत वहस पैरवीमा नेतृत्व निरन्तर छ । अभियानलाई संघ प्रतिको अपनत्व अझ मसिनो रुपमा ग्रहण गर्दै संघका सेवाहरु साकोसको घरदैलोमा पुर्याउने अभ्यासमा सुशासनका कार्यक्रमहरु सञ्चालन गरिएको छ । यस कार्यक्रममा आवद्ध भई अभियानको सुशासित अभ्यासमा सदैव संघ अन्तरनिहित रुपमा सहयोगीको भुमिकामा रहने विषय राखी गोष्ठिको समापन गर्नुभएको थियो ।

गोष्ठीले साकोसमा सुशासन परिक्षण, गुणस्तरीय सञ्चालन, जवाफदेहिता र उत्तरदायित्वको प्रत्याभुति सदस्यले गर्ने गरी प्रोवेशनका सूचकहरुमा परिमार्जन गरिएको छ । यस परिमार्जनको अभ्यासमा नेपाल सरकारका प्रतिनिधिहरुको पनि नीतिगत रुपमा साथ सहयोग रहेको छ ।  सहकारी ऐन २०७४ को दफा ९९ अनुरुप संघले सदस्य संस्थाको अनुगमन गरि बिभागमा रिपोर्ट बुझाउने संघमा आबद्ध रहेका साकोसहरुको जोखिमस्तर निर्धारण गर्न SCAN कार्यक्रम संचालनमा ल्याएको हो । सरकारले डोर्याएको सहकारिताको मार्गमा संस्था आफैमा सुशासित र गुणस्तरीय हुने संघका सवैबाट साथ, विश्वास र सहयोग रहने छ । 


उप रजिष्ट्रार शशि कुमार लम्साल, शाखा अधिकृत नमराज सापकोटा र राधिका गिरी,संघको उच्च व्यवस्थापन लगायत अधिकृत स्तरका कर्मचारीहरुको सहभागिता थियो । यस गोष्ठीको प्राविधिक सहजीकरण संघका विभागीय प्रमुख दुर्गा प्रसाद ढकालबाट भएको थियो भने सञ्चालन बरिष्ठ अधिकृत प्रेमनाथ वाग्लेले गर्नुभएको थियो ।

लोकप्रिय
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

४ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

६ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

४ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

पाठकबाट थप