स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न 
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न 

सिन्धु बचत तथा ऋण सहकारी संस्था लिमिटेड कमलामाई नगरपालिका ६ सिन्धुलीले १७औं स्थापना दिवसको अवसरमा भाद्र २७ गते रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समुन्नत भविष्यको लागि सयुक्त अभियान, सिन्धुमा निरन्तर बचत हाम्रो दरिलो पहिचान भन्ने मुल नाराका साथ संस्थाले सम्पन्न गरेको सामाजिक उत्तरदायित्व अन्तरगत पर्ने  उक्त काम हरेक वर्ष गर्दै आईरहेको  संस्थाका अध्यक्ष जंगवहादुर राईले  बताउनु भयो ।

देशको विसम परिस्थितिका बाबजुद पनि साकोसले समाजमा रगत अभावका कारण कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले यो कार्यक्रम आयोजना गरेको थियो । सहकारी संस्था केवल आर्थिक होइन, सामाजिक क्रियाकलापमा पनि अगाडि छ भन्ने सन्देश दिएको छ ।  

रगत दिनु भनेको जीवन दिनु हो । सहकारी संस्थाले रक्तदानजस्ता जीवनदायी कार्यहरूमा अग्रसर हुँदा समाजमा ठूलो परिवर्तन ल्याउन सक्छ । सामाजिक एकता, सद्भाव र मानवताको शन्देस झनै प्रगाढ बनाउँछ । रगत जीवन जीउनका लागि अत्यन्त महत्वपूर्ण चिज हो ।  कुनै पनि गम्भीर चोटपटक, शल्यक्रिया, दुर्घटना, डायलाइसिस, प्रसूति, वा अन्य रोगहरूको उपचारमा रगतको आवश्यकता पर्छ । यस्तो अवस्थामा समयमै रगत नपाउँदा अनगिन्ती व्यक्तिको ज्यान जान सक्छ । यस्ता संकटपूर्ण घडीमा सहकारीले रक्तदान कार्यक्रम गरि रगत जम्मा गर्न सके त्यो रगतले कसैको जीवन बचाएर अमूल्य सहयोग गर्न सक्छ । त्यसैले रक्तदान कार्यक्रम उत्कृष्ठ र मानवियताका हिसाबले  जीवन दान हो । 

नेपाल रेडक्रस सोसाइटी सिन्धुलीको प्राविधिक सहयोगमा  सम्पन्न उक्त कार्यक्रममा सहकारी संस्था प्रति आस्था बिश्वाश राख्ने  २५ जनाले रक्तदान गर्नु भएको थियो । रक्तदान जीवन दान भन्नि वाक्यंशलाई हृदयङ्गन गर्दै हेर्दा समान्य लागे पनि यो रक्तदान कार्यक्रमले धेरै महत्वपुर्ण र ओझपुर्ण अर्थ राख्ने गर्दछ । रक्तदानबाट जम्मा भएको रगतले भोलि कसैलाई मृत्यु शैयाबाट बचाउन सक्छ भन्दै  रक्तदान गर्ने सबैलाई सम्मान पत्र प्रदान गरी अध्यक्ष जंगवहादुर राईले हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो  । कार्यक्रममा संस्थाका संचालक समिति लेखा समिति,कर्मचारी, शेयर सदस्य र सहकारी अभियन्ताहरूको उपस्थिति रहेको थियो ।

भर्खरै
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड
नेपालका दुई साकोसले पाए एशियास्तरको एक्सेस ब्रान्ड

७ घण्टा अगाडि

नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण
नेफ्स्कूनद्वारा निजगढ नगरपालिकालाई कार्यालय सामग्री हस्तान्तरण

२२ घण्टा अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन
सम्भाव्य उद्यमीलाई तीनदिने लघु व्यवसाय खेल तालिम सञ्चालन

२ दिन अगाडि

बचाउने हो भने पहिले विश्वास बचाऔँ     
बचाउने हो भने पहिले विश्वास बचाऔँ     

२ दिन अगाडि

बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ
बाढीपीडित सहकारीहरूको पुनःस्थापनामा नेफ्स्कूनको पूर्ण साथ

३ दिन अगाडि

धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 
धादिङ स्थित स्वस्तिक साकोसका कृषक सदस्यहरुका लागि कृषक व्यवसाय खेल तालिम सञ्चालन 

४ दिन अगाडि

नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा ज्ञानज्योति महिला उत्थान साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

५ दिन अगाडि

निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
निलकण्ठ महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल
बचत–ऋण कारोबार बन्द गर्नुअघि संघलाई आत्मनिर्भर बनाउने बाटो दिनुपर्छ : ढकाल

७ दिन अगाडि

कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न
कृषक व्यवसाय खेल तालिम कञ्चनपुरको मोहना लालझाडी क्षेत्र साकोसमा सम्पन्न

८ दिन अगाडि

सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 
सहकारीका उद्यमी सदस्यहरुलाई व्यवसाय विकास र उद्यम–उद्यमी म्याट्रिक्स अनुशिक्षण 

१५ दिन अगाडि

सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न
सृजना साकोस चाँदनी–दोधारामा तीनदिने कृषक व्यवसाय खेल तालिम सम्पन्न

२ दिन अगाडि

शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
शिवज्योति महिला साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१३ दिन अगाडि

स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 
स्वस्तिक साकोसमा नेफ्स्कूनद्धारा स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप