नेफ्स्कूनद्धारा विजयादशमी को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनद्धारा विजयादशमी को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कून)को आयोजनामा नेपालीहरुको महान चाड विजयादशमी, शुभदिपावली तथा छठ पर्व २०८२ को पावन अवसरमा शुभकामना आदान–प्रदान तथा समसामयीक विषयमा छलफल कार्यक्रम संघको आफ्नै सभाहल नयाँ बानेश्वरमा असोज ९ गते संघका अध्यक्ष चन्द्रप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न भएको छ ।

संघका प्रमुख कार्यकारी अधिकृत डा. शिबजी सापकोटाले स्वदेश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपालीहरुमा नजिकिदै गरेको विजया दशमी शुभदिपावली तथा छट पर्वको सुखद अवसरमा सुस्वास्थ्य, दिर्घायु तथा उत्तरोउत्तर प्रगतिको हार्दिक मंगलम शुभकामना व्यक्त गर्दै नेफ्स्कुनले हालसम्म नेपालको सहकारी अभियानमा भए गरेका कार्यक्रमहरुको चर्चा गर्नुभएको थियो । नेफ्स्कून केन्द्रीय संघ भएकाले आवद्ध सदस्य संस्थाको वारेमा पनि जानकारी राख्दै ती संस्थाहरुलाई दिगो र चिर स्थायी बनाएर लैजाने जिम्मेवारी रहेको र संघमा आवद्ध सबै संस्था क्रमशः स्क्यान कार्यक्रममा आवद्ध हुनपर्ने नेफ्स्कूनको सदस्य रहने संस्था नियमित सुपरिवेक्षणमा रहन्छन । त्यसैले संघमा सबै बचत तथा ऋणको कारोबार गर्ने संस्थाहरु आवद्ध भएपछि यो गुणस्तरिय सेवा दिन नेफ्स्कूनले कार्यक्रम तय गरेको र त्यसका लागि ६८ जना कर्मचारी व्यवस्थापन गरी फिल्डमा खटाउँदै एक्सेस, प्रोवशन र कब्र्स कार्यक्रममा आवद्ध भएका सबै सहकारी संस्था पनि स्क्यानमा आवद्ध हुनुपर्ने  र सहकारी विभागबाट यो कार्यक्रमको स्वीकृत लिइएको जानकारी दिनुभएको थियो  । 

नेफ्स्कुनको वित्तिय अबस्थाको बारेमा हालसम्म शेयरपुँजी १ अर्ब ४६ करोड,बचत १८ अर्ब ९९ करोड,ऋण लगानी ७ अर्ब,गैर बैकिङ्ग सम्पत्ति २ अर्ब ३० करोड, जगेडा तथा अन्य कोष ७० करोड ८० लाख, भाखा नाघेको ऋण १ अर्ब ७ करोड र ऋण जोखिम व्यवस्थापनमा १ अर्ब ८ करोड रहेको छ । नेफ्स्कूनले अव वहस पैरवी, अन्तर लगानी,सदस्य अनुगमन, साझा प्रविधि र असल अभ्यास आन्तरिकीकरणको क्षेत्रमा मात्र काम गर्ने प्रमुख कार्यकारी अधिकृत सापकोटाले प्रष्ट पार्नु भएको थियो ।

त्यसै गरी कार्यक्रममा नेफ्स्कूनका अध्यक्ष चन्द्रप्रसाद ढकालले सहभागी पत्रकारहरुले राखेका जिज्ञासा र उठेका प्रश्नहरुको जबाफ दिदै नेफ्स्कूनमा आबद्ध भएका संस्थाहरु प्राय सबै शुसाननमा रहेकाले बचत तथा ऋणको कारोबार गर्ने सबै देशका सहकारीहरुलाई नेफ्स्कुनमा अनिवार्य आबद्ध गराएर नियमित रुपमा निरिक्षण तथा अनुगमन गरी जोखिमको स्तर निर्धारण, जोखिम व्यवस्थापन र गुणस्तर सुनिश्चितता गर्न ढिला गर्नु नहुने कुरा बताउदै नेफ्स्कूनले एक्सेस,प्रोबेसन,कब्र्स कार्यक्रम जस्ता सहकारी उपयोगी कार्यक्रमहरु संचालन गरिरहेको र उक्त कार्यक्रमहरु सञ्चालन गरि सबै सहकारीहरु भित्र रहेका अप्ठ्यारा र समस्यहरुलाई समाधान गर्न सहज हुने कुराहरु बताउनु भएको थियो । 

कार्यक्रममा नेफ्स्कूनका सञ्चालक समिति लेखा समिति उच्च पदस्थ कर्मचारीहरु आर्थिक तथा सहकारी पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रममा नेफ्स्कूनका कोषाध्यक्ष दिपक थापाले स्वागत मन्तव्य राख्नु भएको थियो । कार्यक्रम नेफ्स्कूनका सहायक कार्यकारी अधिकृत गणेश प्रसाद तिमलसिनाले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सम्पूर्णले विजयादशमी शुभदिपावली र छट पर्वले सबैमा सुख शान्ति र समृद्धि प्राप्त होस् भन्ने शुभकामना राख्नु भएको थियो ।
 
भर्खरै
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल
सहकारी बैंक गठनसम्बन्धी राष्ट्रिय भेलाका विषयमा छलफल

१ दिन अगाडि

 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा
 जर्मन केन्द्रीय बचत बैंकका प्रतिनिधिहरूको मिशन भ्रमण नेफ्स्कूनमा

२ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

३ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

५ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

६ दिन अगाडि

लोकप्रिय

नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१४ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

५ दिन अगाडि

कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान
कृषक व्यवसाय खेलमार्फत कृषि उद्यम व्यवस्थापनसम्बन्धी व्यवहारिक ज्ञान

३ दिन अगाडि

नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा संगम आयआर्जन साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१२ दिन अगाडि

पाठकबाट थप