नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रम प्रभावकारी बन्दै, सहकारीहरूको सहभागिता बढ्दो
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
नेफ्स्कूनको ‘स्क्यान’ कार्यक्रम प्रभावकारी बन्दै, सहकारीहरूको सहभागिता बढ्दो

मकवानपुर । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड  (नेफ्स्कून) द्वारा हालै सुरु गरिएको नियमित निरीक्षण तथा अनुगमन कार्यक्रम (स्क्यान) छोटो समयमा नै प्रभावकारी बन्दै गएको छ। सहकारी ऐन २०७४ को दफा २५, ९९ र १०३ बमोजिम सञ्चालनमा आएको यस कार्यक्रमले सहकारीहरूको आन्तरिक व्यवस्थापन सुदृढीकरण, नियमन तथा मूल्यांकनमा सहयोग पुर्‍याइरहेको छ।

नेफ्स्कूनको ३८औं स्थापना दिवसको अवसरमा सार्वजनिक गरिएको स्क्यान कार्यक्रममा सहकारी संस्थाहरूको उल्लेख्य सहभागिता देखिएको छ । कार्यक्रमले सहकारीको जोखिम पहिचान, जोखिम व्यवस्थापन, र गुणस्तर सुनिश्चिततामा आधारित अनुगमनमार्फत संस्थागत सुधारमा सहयोग पुर्‍याउँदै आएको छ। हेटौंडा उपमहानगरपालिका–१४, कालोपानीमा रहेको भुटनदेबी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड स्क्यान कार्यक्रममा  आबद्ध भएको छ। सम्झौता कार्यक्रममा सहकारीका अध्यक्ष चमेली माया सिञ्जाली मगर, उपाध्यक्ष शोभा न्यौपाने, सदस्य कल्पना राना, लेखा समिति सदस्य बिमला घलान, व्यवस्थापक दिल माया रुम्बा तथा नेफ्स्कूनको तर्फबाट मकवानपुर सदस्य सेवा कार्यालय इन्चार्ज ज्योति महत र चितवन कार्यालयका सुरेन्द्र श्रेष्ठको उपस्थिति रहेको थियो  ।

यसैगरी हेटौंडा–५, पिप्लेमा रहेको सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था पनि स्क्यानमा आबद्ध भएको छ ।सम्झौतामा सहकारीका अध्यक्ष जानकी चौधरी, सचिव विनोद कुमार पुडासैनी, व्यवस्थापक प्रकाश बहादुर खनाल तथा नेफ्स्कून प्रतिनिधि ज्योति महत, सुरेन्द्र श्रेष्ठ र अमन विडारीको उपस्थिति रहेको थियो  ।

कार्यक्रममा आबद्ध भएका सहकारीहरूका अध्यक्ष र व्यवस्थापकहरूले कार्यक्रम प्रभावकारी रहेको बताउँदै बाँकी सहकारीलाई पनि आबद्ध हुन आग्रह गर्नुभएको छ । उहाँहरुका अनुसार स्क्यानमा सहभागी भएपछि सहकारीहरूको धेरै समस्याहरू सजिलै पहिचान र समाधान गर्न सहज हज हुँने बताउँनु भएको छ । 


नेफ्स्कूनले विगतमा सञ्चालन गरेका एक्सेस, प्रोबेसन र कब्र्स कार्यक्रमहरूको सिकाइका आधारमा स्क्यान कार्यक्रम विकास गरेको हो। यसको उद्देश्य सहकारीहरूको जोखिम न्यूनिकरण गर्दै दिगो, सुरक्षित र पारदर्शी सहकारी प्रणाली निर्माण गर्नु हो।

भर्खरै
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल
नेफ्स्कूनमा शुभकामना आदानप्रदान, सहकारी अभियानका समसामयिक विषयमा छलफल

६ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

७ दिन अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

८ दिन अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

९ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

९ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

१५ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१७ दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३४ दिन अगाडि

नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान
नेफ्स्कूनद्वारा हवाई टिकट तथा स्थानीय यातायात सेवाका लागि दरभाउपत्र आह्वान

७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२३ दिन अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

२६ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

२६ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

२६ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

२४ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

३२ दिन अगाडि

पाठकबाट थप