पोखरा । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड सदस्य सेवा कार्यालय पोखराको आयोजनामा एक दिवसिय पुँजी पर्याप्तता विश्लेषण तालिम होटेल दिपसागर पोखरामा भाद्र ९ (आज) सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक कमलादेवी गिरिले गर्नुभएको थियो । उँहाले कार्यक्रमको उद्धेश्य प्रकाश पार्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्धारा जारी गरेको निर्देशन परिच्छेद ६ बमोजिमको कार्यक्रम अनुरुप संस्थाहरुमा वित्तिय विश्लेषण गर्ने क्रममा संस्थागत स्थायित्वको लागि पुँजीको व्यवस्थापन विधि आवश्यक भएकाले विषम परिस्थितिमा प्रत्येक सहकारी संस्थाले आफ्ना पुँजी तथा जोखिम भारित सम्पत्तिको व्यवस्थापन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । साथै समय सापेक्ष तालिमहरू नेफ्स्कूनले सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।
नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले कार्यक्रम सहजीकरण गर्दै कार्यक्रममा सहकारी संस्थाहरुले पुँजी पर्याप्तता गणना किन गर्नु पर्ने रैछ भन्ने जानकारी दिन बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित,पारदर्शी र प्रभावकारी बनाउन नियामकिय मापदण्ड,२०८२ राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्युनतम कति प्रतिशत प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्नेछ र गणना गर्दा केके गर्नुपर्नेछ, कहिँलेसम्म गरिसक्नुपर्नेछ जस्ता विविध पक्षको जानकारी समेत दिनुभएको थियो ।
३५ जना भन्दा वेसी उपस्थित रहेको कार्यक्रमको सञ्चालन पोखरा सदस्य सेवा कार्यालय व्यवसाय प्रमुख सुरज चालिसेले गर्नुभएको थियो ।
९ घण्टा अगाडि
९ घण्टा अगाडि
१० घण्टा अगाडि
११ घण्टा अगाडि
११ घण्टा अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
१ दिन अगाडि
३ दिन अगाडि
९ घण्टा अगाडि
९ घण्टा अगाडि
११ घण्टा अगाडि
१० घण्टा अगाडि
११ घण्टा अगाडि
३८ दिन अगाडि
३८ दिन अगाडि