पुँजी  पर्याप्तता विश्लेषण तालिम पोखरामा सम्पन्न
साकोसआवाज प्रतिनिधि
- साकोसआवाज प्रतिनिधि
पुँजी  पर्याप्तता विश्लेषण तालिम पोखरामा सम्पन्न

पोखरा ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड सदस्य सेवा कार्यालय पोखराको  आयोजनामा एक दिवसिय पुँजी पर्याप्तता विश्लेषण तालिम होटेल दिपसागर पोखरामा भाद्र ९ (आज) सम्पन्न भएको छ । 

कार्यक्रमको अध्यक्षता नेफ्स्कून सञ्चालक कमलादेवी गिरिले गर्नुभएको थियो । उँहाले कार्यक्रमको उद्धेश्य प्रकाश पार्दै राष्ट्रिय सहकारी नियमन प्राधिकरणद्धारा जारी गरेको निर्देशन परिच्छेद ६ बमोजिमको कार्यक्रम अनुरुप संस्थाहरुमा वित्तिय विश्लेषण गर्ने क्रममा संस्थागत स्थायित्वको लागि पुँजीको व्यवस्थापन विधि आवश्यक भएकाले विषम परिस्थितिमा प्रत्येक सहकारी संस्थाले आफ्ना पुँजी तथा जोखिम भारित सम्पत्तिको व्यवस्थापन गर्न आवश्यक रहेकोमा जोड दिनुभयो । साथै समय सापेक्ष तालिमहरू नेफ्स्कूनले सञ्चालन गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

नेफ्स्कूनका प्राचार्य बल्लभ तिमल्सिनाले कार्यक्रम सहजीकरण गर्दै कार्यक्रममा सहकारी संस्थाहरुले पुँजी पर्याप्तता गणना किन गर्नु पर्ने रैछ भन्ने जानकारी दिन बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको कारोबारलाई व्यवस्थित,पारदर्शी र प्रभावकारी बनाउन नियामकिय मापदण्ड,२०८२ राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको निर्देशनअनुसार संस्थाले कुल जोखिम भारित सम्पत्तिको न्युनतम कति प्रतिशत प्राथमिक पुँजी अनुपात कायम गर्नुपर्नेछ र गणना गर्दा केके गर्नुपर्नेछ, कहिँलेसम्म गरिसक्नुपर्नेछ जस्ता विविध पक्षको जानकारी समेत दिनुभएको थियो । 
३५ जना भन्दा वेसी उपस्थित रहेको कार्यक्रमको सञ्चालन पोखरा सदस्य सेवा कार्यालय व्यवसाय प्रमुख सुरज चालिसेले गर्नुभएको थियो । 

भर्खरै
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

स्थिरीकरण कोषको ३०औँ सञ्चालन  समिति बैठक सम्पन्न
स्थिरीकरण कोषको ३०औँ सञ्चालन समिति बैठक सम्पन्न

२४ घण्टा अगाडि

नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक
नेफ्स्कूनका १२ जना अधिकृत फार्मर्स बिजनेस सिमुलेशनका प्रमाणित प्रशिक्षक

२ दिन अगाडि

प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न
प्यासिफिक साकोसद्वारा पूर्व नेतृत्व विकास तालिम सम्पन्न

२ दिन अगाडि

कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना
कार्यालय सामाग्रीहरु लिलाम विक्री सम्बन्धी शिलबन्दी बोलपत्र बारेको सूचना

८ दिन अगाडि

सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न
सुर्योदय साकोसको २०औँ वार्षिक साधारण सभा सम्पन्न

१० दिन अगाडि

सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व
सहकारीमा फिट एण्ड प्रपरः योग्यतासँगै सक्षम नेतृत्व

१० दिन अगाडि

जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न
जनकल्याण साकोसका सञ्चालक तथा कर्मचारीको क्षमता विकास तालिम सम्पन्न

१० दिन अगाडि

लोकप्रिय
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा महिला सशक्तिकरण साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२७ दिन अगाडि

अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
अविच्छिन्न साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

१६ दिन अगाडि

सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत
सहकारी वित्त: चुनौतीपूर्ण विश्वमा स्थिरताको संकेत

६० मिनेट अगाडि

प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल
प्रस्तावित बचत सहकारी बैंक स्थापनाबारे बेलबारीमा छलफल

१८ दिन अगाडि

झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न
झापामा प्रस्तावित बचत सहकारी बैंक स्थापनासम्बन्धी अन्तरक्रिया सम्पन्न

१९ दिन अगाडि

 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न
 मनकामना साकोसको CUDCC तालिम लेटाङमा सम्पन्न

१७ दिन अगाडि

कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 
कदर साकोसमा एक दिवसिय भावी नेतृत्व अभिमुखिकरण तालिम सम्पन्न 

१९ दिन अगाडि

नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 
नेफ्स्कूनद्धारा रामकोट साकोसको स्थलगत सुपरिवेक्षण सम्पन्न 

२५ दिन अगाडि

पाठकबाट थप